SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०८०/१२/२४ गते
    १३१ &#२३४६;&#२३३५;&#२३२५;

    पर्वत । नयाँ बर्षको आगमन सँगै बिहादी गाउँपालिकाले बिशेषज्ञ सहितको निःशुल्क स्वास्थ्य शिविर आयोजना गरेको छ । बिहादी–३ रानीपानीको नेपाल तारा माध्यमिक विद्यालयमा यहि चैत्र २७ गते निःशुल्क शिविरको आयोजना गरिएको हो । बिहान ८ बजेवाट शुरु हुने शिविर बेलुका ५ बजेसम्म संचालन हुने छ ।

    गरिव, विपन्न तथा आर्थिक रुपले पछि परेका समुदायका लक्षित गरि शिविर आयोजना गरिएको गाउँपालिकाका अध्यक्ष परविन गुरुङले जानकारी दिए । शिविरमा दुई हजार पाँच सय जनाको निःशुल्क स्वास्थ्य परिक्षण गरिने लक्ष्य लिईएको छ । शिविरबाट कोही पनि बञ्चित नहुन भनेर गाउँपालिकाले जेष्ठ नागरिक, अशक्त र अपाङ्गता भएका व्यक्तिहरुका लागि यातयातको व्यवस्था गरेको छ । शिविरमा जटिल रोगका बिरामीलाई निःशुल्क अप्रेशनको व्यवस्था गरिएको गाउँपालिकाका अध्यक्ष गुरुङले बताए ।

    शिविरमा गाउँपालिका भित्रका मात्र नभई अन्य पालिका र छिमेकी जिल्लाका नागरिकले पनि सेवा लिने विश्वास गरिएको छ । शिविरमा १५ प्रकारका रोगको निःशुल्क उपचार गर्ने व्यवस्था मिलाईएको छ । जसमध्ये जनरल मेडिकल, स्त्री रोग, बाल रोग, शल्यक्रिया सर्जरी, मानसीक तथा नशा, छाला तथा यौन रोग, नाक, कान, घाँटी, आँखा रोग, दन्त रोग, ई.सी.जी, भिडियो एक्सरे, ल्याव टेस्ट सेवा र मुटु रोगको विज्ञ चिकित्सक तथा प्राविधिकहरुद्वारा निःशुल्क स्वास्थ्य परिक्षण गरिने छ ।

    शिविर बिहादी गाउँपालिकाको आर्थिक सहयोग, अध्यक्ष गुरुङको समन्वय र काठमाडौँ मेडिकल कलेज पब्लिक लिमिटेड सिनामंगल काठमाडौँको प्राविधिक सहयोग आयोजना गरिएको हो । गाउँपालिकाले विगतदेखी नै निःशुल्क स्वास्थ्य शिविर संचालन गदै आएको छ । यहाँका जनतालाई गुणस्तरिय स्वास्थ्य सेवा पु¥याउने उद्देश्यले शिविर आयोजना गरेको गाउँपालिकाका अध्यक्ष बताए । उनले भने,‘स्वास्थ्य नै जीवनको प्रमुख आधार भएकाले स्वास्थ्यमा विशेष ध्यान दिएका छौँ, यहाँका जनताको स्वास्थ्यप्रति हामी संवेदनशील छौँ ।’,

    प्रतिकृया दिनुहोस्

    Loading...

    वान टेकमा चर्चित सर्जक तथा गायक विमलराजको यर्थातपरक गीत ‘बैंक भरी धन’

    काठमाडौँ । बैंक भरी धन भरेर अस्पतालमा भर्ना हुनु भन्दा त लखर लखर हिँडेकै आनन्द,...

    युरोपेली देश क्रोएसियामा पर्वत समाज गठन, अध्यक्षमा सापकोटा

    क्रोएसिया । युरोपेली देश क्रोएसियामा रोजगारीको लागि आएका युवाहरुले पर्वत समाज क्रोएसिया गठन गरेका छन्...

    अर्थको अडान लिएका माओवादी नेता साहले स्वीकारे वन मन्त्रालय

    जनकपुरधाम । मधेश सरकारमा गत वैशाख ६ गते बिना विभागीय मन्त्रीको रुपमा शपथ लिएका माओवादी...

    यहि मे ५ मा सन्नि सगरमाथा समाजको भब्य पिकनिक, आयोजकको सबैलाई चुलेनिम्ता

    बैकुण्ठ गिरी, क्यालिफोर्निया । हरेक बर्षहरुमा जस्तै यसबर्ष पनि हजारौंको संख्यामा नेपालीहरु सहभागी हुने सन्नि...

    पोखरा स्पोर्ट्स अवार्डको तयारीमा तीव्रता, सहयोग आउनेक्रम जारी

    पोखरा । आठौं संस्करणको ‘पोखरा स्पोर्ट्स अवार्ड २०८०’ को मिति नजिकिदै गर्दा तयारीमा तीव्रता दिन...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं