SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०८०/१२/२४ गते
    ११२ &#२३४६;&#२३३५;&#२३२५;

    पर्वत । नेपाल पत्रकार महासङ्घ पर्वत शाखाको आयोजना तथा सामाजिक विकास कार्यालयको सहयोगमा भएको कार्यक्रममा कार्यालयले चालु आर्थिक वर्षमा कार्यालयले सम्पादन गरेका कामहरू सार्वजनिक गरेको छ ।

    कार्यालयले हालसम्मको प्रगति ३७ प्रतिशत रहेको जानकारी दिँदै विभिन्न समस्याका कारण सोचेजस्तो कार्य प्रगति हुन नसकेको कार्यक्रममा बोल्दै कार्यालय प्रमुख टङ्कनाथ ढकालले कार्यालयको बताए । कार्यालयमा चार करोड आठ लाख ९५ हजार रुपैयाँ कुल बजेट प्राप्त भएको भए पनि चैतसम्मको अवस्था सबै बजेट कार्यान्वयन हुन नसकेको बताए । विभिन्न योजनाका लागि आएका बजेट कार्यान्वयनको लागि उपभोक्ता समिति निर्माण हुन नसक्दा समस्या देखिएको उनको भनाई छ ।

    राजनीतिक दलहरूबिच हुने खिचातानी र योजनाको अपनत्व आफूले लिने नाउँमा विवाद देखिँदा समितिहरू निर्माण हुन नसकेका ढकालले जानकारी दिए । कार्यालयमा आवश्यकता अनुसारको जनशक्ति नहुने लगायतका समस्याका कारण पनि तत्काल नै कार्य प्रगति देखाउन नसकिएको पनि कार्यालय प्रमुख ढकालले उल्लेख गरे । कार्यालयले एकल महिला, अपाङ्गता भएका व्यक्तिहरू, दलित, लगायत राज्यको मूल धारमा समाहित हुने नसकेको समूहका लागि लक्षित कार्यक्रमहरू सञ्चालन गरिरहेको उनको भनाई छ ।

    कार्यक्रममा बोल्दै पर्वतका प्रमुख जिल्ला अधिकारी प्रेम प्रसाद आचार्यले सरकार एक्लैले शासन गर्न नसक्ने भएकाले नै राज्यका हरेक अङ्गहरूको प्रयोग गरेर मुलुकलाई समृद्ध बनाउन सकिने बताए । सेवा प्रदायकमा रूपमा रहने कार्यालयहरूले आफूले सम्पादन गरेका कामहरू सार्वजनिक गरेर जनताका माझमा लैजानुपर्ने उनको भनाई छ । कार्यालयमा आएका योजनाहरूको बारेमा जानकारी नपाउँदा योजनाको पर्खाइमा बसेकाहरू बेखबर हुने र योजनाहरू कार्यालयबाट फिर्ता हुने अवस्था आउन नदिनका लागि प्रगति सार्वजनिक गर्ने अभ्यास गरिनुपर्ने प्रमुख जिल्ला अधिकारी आचार्यले बताए ।

    कार्यक्रममा बोल्दै शिक्षा विकास तथा समन्वय इकाई पर्वतका प्रमुख उद्धीमराज पौडेलले पत्रकारिताका माध्यमबाट सेवा प्रदायकहरूलाई खबरदारी गर्ने काम भइरहेकोमा खुसी व्यक्त गरे । कार्य सम्पादनका क्रममा कहिलेकाहीँ नजानेरै तलमाथि भएका विषयलाई सुधार गर्ने अवसर खबरदारीले दिने उनको भनाइ छ ।

    नेपाल पत्रकार महासङ्घ पर्वत शाखाका अध्यक्ष सन्तोष थापाले जिल्लामा क्रियाशील सञ्चारकर्मीहरूले सेवा प्रदायकले प्रदान गरिरहेका सेवाहरूको बारेमा खबरदारी गर्दै बाहिर ल्याउने काम गरिरहेको बताए । जिल्लामा रहेका सरकारी कार्यालयहरूसँगको सहकार्यमा जनतालाई सुसूचित बनाउने कर्ममा आफूहरू थप सक्रियताका साथ लाग्ने उनको भनाई छ ।

    हार्नेस जीपलाईनको रिसोर्ट साउनेबगरमा भएको कार्यक्रममा जिल्लामा क्रियाशील सञ्चारकर्मीहरू सहित सामाजिक विकास कार्यालयका कर्मचारीहरू सहित यसका सरोकारवालाहरूको सहभागिता रहेको थियो । नेपाल पत्रकार महासङ्घ पर्वतका शाखाका अध्यक्ष सन्तोष थापाको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सचिव राजबाबु पि.सी.ले गरेका थिए ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    वान टेकमा चर्चित सर्जक तथा गायक विमलराजको यर्थातपरक गीत ‘बैंक भरी धन’

    काठमाडौँ । बैंक भरी धन भरेर अस्पतालमा भर्ना हुनु भन्दा त लखर लखर हिँडेकै आनन्द,...

    युरोपेली देश क्रोएसियामा पर्वत समाज गठन, अध्यक्षमा सापकोटा

    क्रोएसिया । युरोपेली देश क्रोएसियामा रोजगारीको लागि आएका युवाहरुले पर्वत समाज क्रोएसिया गठन गरेका छन्...

    अर्थको अडान लिएका माओवादी नेता साहले स्वीकारे वन मन्त्रालय

    जनकपुरधाम । मधेश सरकारमा गत वैशाख ६ गते बिना विभागीय मन्त्रीको रुपमा शपथ लिएका माओवादी...

    यहि मे ५ मा सन्नि सगरमाथा समाजको भब्य पिकनिक, आयोजकको सबैलाई चुलेनिम्ता

    बैकुण्ठ गिरी, क्यालिफोर्निया । हरेक बर्षहरुमा जस्तै यसबर्ष पनि हजारौंको संख्यामा नेपालीहरु सहभागी हुने सन्नि...

    पोखरा स्पोर्ट्स अवार्डको तयारीमा तीव्रता, सहयोग आउनेक्रम जारी

    पोखरा । आठौं संस्करणको ‘पोखरा स्पोर्ट्स अवार्ड २०८०’ को मिति नजिकिदै गर्दा तयारीमा तीव्रता दिन...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं