SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०८०/४/१३ गते
    ५०० &#२३४६;&#२३३५;&#२३२५;

    काठमाडौं, ।

    पूर्वगृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले सुन बोकेर मालिकसम्म जान लागेको ट्याक्सी र भरियालाई सुनको मालिकसम्म पुग्न नदिई समातेकोप्रति आपत्ति जनाएका छन् ।

    रास्वपा भक्तपुरको भेलालाई आज शनिबार भक्तपुरमा सम्बोधन गर्दै उनले मालिक जोगाउन खोजिएको हो कि भन्ने आशंका उठेकाले आफूहरुले संसदमा प्रश्न समेत उठाएको बताएका हुन् ।

    ट्याक्सीको पछि लागेको भए सुनको मालिकसम्म पुग्न सकिने भए पनि त्यसो नगरिएको उनको भनाइ छ । अहिले तस्करी भएको सुनको परिमाण हेर्दा त्यसको मालिक ठूलै व्यक्ति हुने आशंका रहेको पनि उनले बताएका छन् ।

    भरियालाई पछ्याएर सुनका मालिकसम्म पुग्न सकिने भए पनि सरकारले सूचनाको स्रोतलाई नै समातेर मुख्य दोषी उम्काएको आरोप उनको छ ।

    ठूलो परिमाणमा सुन आएको घटनाबारे आफुहरुले सरकारको जवाफ कुरिरजेको बताउँदै उनले चित्त बुझ्दो जवाफ नआए उपयुक्त प्रतिकारमा उत्रिने चेतावनी पनि सभापति लामिछानेले दिएका छन् । सरकारले एउटा विषयलाई टुंगोमा नपुर्‍याइकन अरु फाइल खोलेर गिजोलिरहेको टिप्पणी पनि उनले गरेका छन् ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    खुसीको खबर, झण्डै २ सातादेखि सम्पर्कविहीन पर्वतका युवा अमन सकुशल फेला

    बैकुण्ठ गिरी, अमेरिका । अमेरिकाको न्युयोर्क देखि बाल्टिमोर जादै गर्दा झण्डै २ सातादेखि बेपत्ता पर्वत...

    आगामी मे १९ तारिख न्यूयोर्कमा हुने नेपाल डे परेड सम्पन्न गर्न दोस्रो टाउनहल बैठक

    न्युयोर्क । आगामी मे १९ तारिखका दिन न्यूयोर्कको म्यान्हटनमा आयोजित नेपाल परेड सम्पन्न गर्नका लागि...

    खुसीको खबर, झण्डै २ सातादेखि सम्पर्कविहीन पर्वतका युवा अमन सकुशल फेला

    बैकुण्ठ गिरी, अमेरिका । अमेरिकाको न्युयोर्क देखि बाल्टिमोर जादै गर्दा झण्डै २ सातादेखि बेपत्ता पर्वत...

    जलजला गाउँपालिकाले वडा वडामा पुगेर जनताको गुनासो सुन्दै

    पर्वत । जिल्लाको जलजला गाउँपालिकाले वडा वडामा पुगेर जनताको गुनासो सुन्ने गरी सञ्चालन गरेको सार्वजनिक...

    विहादी गाउँपालिकाको सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधारमा सक्रियता

    पर्वत । सामुदायिक विद्यालयको गुणस्तर खस्किदै गएको छ । विद्यार्थीहरु दिन प्रतिदिन सामुदायिक विद्यालय छाडेर...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं