SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०८०/४/१० गते
    ६७७ &#२३४६;&#२३३५;&#२३२५;

    काठमाडौं, ।

    नेकपा (माओवादी केन्द्र) निकट युवा संगठन योङ्ग कम्युनिष्ट लिग (वाईसिएल) का ईन्चार्ज रामप्रसाद सापकोटा ‘दीपशीखा’ ले एमालेले माग्दैमा गृहमन्त्री नारायणकाजी श्रेष्ठको राजीनामा नआउने बताएका छन् ।

    सरकारले एमाले संलग्न रहेको गिरी बन्धु टी स्टेट र बाइड बडीको फाईल खोल्दै छ भन्ने थाहा पाएर एमाले आत्तिएर गृहमन्त्रीको राजीनामा मागेको उनको दाबी छ ।

    ‘नेपालमा गृहमन्त्रालयले भन्सार हेर्दैन । गृहमन्त्री भन्सारसँग नैतिकरुपमा समेत जिम्मेवार हुँदैनन् । समातेको पनि प्रधानमन्त्री कार्यालय अन्तर्गत राजस्व विभागले हो ।

    अनि गृहमन्त्रीको राजिनामा किन माग्दैछ एमाले ? कुरा प्रष्ट छ, एमाले ‘गिरी बन्धु टि–स्टेट’ र ‘बाइड बडी’ को खुल्दै गरेको फाइल रोक्न खोज्दैछ । गृहमन्त्री ओलि संलग्न टि–स्टेटको फाइल खोल्नबाट पछाडी हटुन भन्ने चाहन्छ ।

    स्मरण रहोस्, कानुनै संशोधन गरेर ओलीले प्रधानमन्त्री छोड्नुभन्दा ५ दिन अगाढी टि–स्टेटको जग्गा सटही गर्नसक्ने प्रावधान ल्याएका थिए । संसदमा जति उफ्रे पनि न गृहमन्त्रीको राजीनामा आउँछ न फाइल खोल्न रोकिन्छ,’– उनले सामाजिक सञ्जालमा भनेका छन् ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    खुसीको खबर, झण्डै २ सातादेखि सम्पर्कविहीन पर्वतका युवा अमन सकुशल फेला

    बैकुण्ठ गिरी, अमेरिका । अमेरिकाको न्युयोर्क देखि बाल्टिमोर जादै गर्दा झण्डै २ सातादेखि बेपत्ता पर्वत...

    आगामी मे १९ तारिख न्यूयोर्कमा हुने नेपाल डे परेड सम्पन्न गर्न दोस्रो टाउनहल बैठक

    न्युयोर्क । आगामी मे १९ तारिखका दिन न्यूयोर्कको म्यान्हटनमा आयोजित नेपाल परेड सम्पन्न गर्नका लागि...

    खुसीको खबर, झण्डै २ सातादेखि सम्पर्कविहीन पर्वतका युवा अमन सकुशल फेला

    बैकुण्ठ गिरी, अमेरिका । अमेरिकाको न्युयोर्क देखि बाल्टिमोर जादै गर्दा झण्डै २ सातादेखि बेपत्ता पर्वत...

    जलजला गाउँपालिकाले वडा वडामा पुगेर जनताको गुनासो सुन्दै

    पर्वत । जिल्लाको जलजला गाउँपालिकाले वडा वडामा पुगेर जनताको गुनासो सुन्ने गरी सञ्चालन गरेको सार्वजनिक...

    विहादी गाउँपालिकाको सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधारमा सक्रियता

    पर्वत । सामुदायिक विद्यालयको गुणस्तर खस्किदै गएको छ । विद्यार्थीहरु दिन प्रतिदिन सामुदायिक विद्यालय छाडेर...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं