SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०८०/२/३२ गते
    ४०५ &#२३४६;&#२३३५;&#२३२५;

    गोरखा ।

    नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले आफू र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डविरुद्ध सर्वोच्चमा परेको रिटलाई गम्भीरतापूर्वक नलिएको बताएका छन् । बुधबार गृहजिल्ला गोरखामा पत्रकारहरुसँग कुरा गर्दै पुरानो घाउ कोट्याएर देशलाई फेरि द्वन्द्वतिर फर्काउने चलखेल भएको जिकिर गरे ।

    ‘प्रचण्ड र मलाई मुद्धा हालेको बिषय यो एक प्रकारको पुरानो घाउलाई कोट्याएर देशलाई फेरि द्वन्द्वतिर फर्काउने केही शक्तिहरुको चलखेल छ, त्यसमै केही पात्रहरुलाई उभ्याएको मात्र हो,’ उनले भने, ‘यसलाई म गम्भीरतापूर्वक लिन चाहन्न ।’

    पूर्वबालसैनिक लेनिन विष्टले आफूलाई बालसैनिक बनाएर प्रचण्ड र बाबुरामले युद्ध अपराध गरेको भन्दै सर्वोच्च अदालतमा रिट दायर गरेका थिए । उक्त रिटमा सर्वोच्च अदालतले मंगलबार प्रचण्ड र बाबुरामसँग लिखित जवाफ मागेको छ ।

    भट्टराईले बृहत शान्ति सम्झौताले यस्ता विषय हल गरिसकेको बताउँदै शान्त् िप्रक्रियाका सबै काम सत्य निरुपण तथा मेलमिलाप आयोग र वेपत्ता छानबिन आयोगमार्फत हुने बताए ।

    ‘पुराना कुरालाई कोट्याएर सबैलाई मुद्धा मामिलातिर हामी गयौं भने यसको अर्थ देशलाई फेरि द्वन्द्वमा लाने भन्ने हुन्छ, त्यो मानेमा यो गैरजिम्मेवारपूर्ण कुरा हो’, उनले भने, ‘बरु छिटो आयोग गठन गरेर त्यसलाई टुंग्याउन उपयुक्त हुन्छ, यसरी एउटा एउटा मुद्धा लगाइने हो भने देश दुर्घटना तिर जान सक्छ ।’

    प्रतिकृया दिनुहोस्

    Loading...

    खुसीको खबर, झण्डै २ सातादेखि सम्पर्कविहीन पर्वतका युवा अमन सकुशल फेला

    बैकुण्ठ गिरी, अमेरिका । अमेरिकाको न्युयोर्क देखि बाल्टिमोर जादै गर्दा झण्डै २ सातादेखि बेपत्ता पर्वत...

    आगामी मे १९ तारिख न्यूयोर्कमा हुने नेपाल डे परेड सम्पन्न गर्न दोस्रो टाउनहल बैठक

    न्युयोर्क । आगामी मे १९ तारिखका दिन न्यूयोर्कको म्यान्हटनमा आयोजित नेपाल परेड सम्पन्न गर्नका लागि...

    खुसीको खबर, झण्डै २ सातादेखि सम्पर्कविहीन पर्वतका युवा अमन सकुशल फेला

    बैकुण्ठ गिरी, अमेरिका । अमेरिकाको न्युयोर्क देखि बाल्टिमोर जादै गर्दा झण्डै २ सातादेखि बेपत्ता पर्वत...

    जलजला गाउँपालिकाले वडा वडामा पुगेर जनताको गुनासो सुन्दै

    पर्वत । जिल्लाको जलजला गाउँपालिकाले वडा वडामा पुगेर जनताको गुनासो सुन्ने गरी सञ्चालन गरेको सार्वजनिक...

    विहादी गाउँपालिकाको सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधारमा सक्रियता

    पर्वत । सामुदायिक विद्यालयको गुणस्तर खस्किदै गएको छ । विद्यार्थीहरु दिन प्रतिदिन सामुदायिक विद्यालय छाडेर...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं