SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०८०/२/३२ गते
    ४२४ &#२३४६;&#२३३५;&#२३२५;

    काठमाडौं, ।

    नेकपा (एकीकृत समाजवादी) का उपमहासचिव एवं प्रवक्ता जगन्नाथ खतिवडाले समाजवादी मोर्चा निर्माणको तयारी अन्तिम चरणमा पुगेको र केही दिनभित्रै घोषणा हुने बताएका छन् ।

    ‘नेकपा (माओवादी केन्द्र), जनता समाजवादी पार्टी र हामी समाजवादी मोर्चा निर्माणका लागि लामो समयदेखि लागिरहेका छौं । एक चरणमा धेरै अगाडि बढिसकेको थियो । अरु पनि थपिन्छन् भनेर रोकिएको हो । बीचमा सरकारको नीति तथा कार्यक्रम, बजेट आदिले अल्झाएको थियो । अब केही दिनभित्रमा घोषणा होला । यसलाई रोक्न कोही आउँदैन, लागेको कुरा हो ।

    बनिहाल्छ । त्यत्रो भनिहाल्नु पर्दैन । कोही रोक्न आउँदैन,’ नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग उनले भने ।

    प्रवक्ता खतिवडाले राष्ट्रिय हितमा एउटै आवाज उठाउन सक्ने गरी मोर्चा बनाउन लागेको पनि बताए । शेरबहादुर देउवा, पुष्पकमल दाहाल, माधवकुमार नेपाल र उपेन्द्र यादवबीच सरकारलाई बलियो बनाउने छलफल चलिरहँदा सरकार ढाल्ने कुरा किन गर्नुभयो भन्ने पत्रकार धमलाको प्रश्नमा उनले भने, ‘हो, नेताहरुले गठबन्धनलाई बलियो बनाउने कुरा गर्नुभएको हो ।

    तर त्यो बलियो भनेपछि सरकार छोड्न सकिन्छ, राजीनामा दिन सकिन्छ, सरकार ढाल्न सकिन्छ । यो सरकार ढालेर अर्को सरकार बनाउन सकिन्छ । सरकार ढाल्छु भन्न पनि नपाउने हुन्छ र ? सरकारबाट धेरैले समर्थन फिर्ता लिइरहेका छन् । त्यो पनि लिन सकिन्छ ।’

    कहिलेसम्म सरकार ढाल्नुहुन्छ भन्ने अर्को प्रश्नमा खतिवडाले थपे, ‘हामी नभएको भए यो सरकार नै बन्ने थिएन । यसमा बेलैमा सचेत भइएन भने बजेट पारित नहुने सरकार ढल्ने दुवै हुन सक्छ । तर कहिले ढल्छ भन्ने कुरा आजको आजै भन्नुपर्ने के छ र ?’

    प्रतिकृया दिनुहोस्

    Loading...

    खुसीको खबर, झण्डै २ सातादेखि सम्पर्कविहीन पर्वतका युवा अमन सकुशल फेला

    बैकुण्ठ गिरी, अमेरिका । अमेरिकाको न्युयोर्क देखि बाल्टिमोर जादै गर्दा झण्डै २ सातादेखि बेपत्ता पर्वत...

    आगामी मे १९ तारिख न्यूयोर्कमा हुने नेपाल डे परेड सम्पन्न गर्न दोस्रो टाउनहल बैठक

    न्युयोर्क । आगामी मे १९ तारिखका दिन न्यूयोर्कको म्यान्हटनमा आयोजित नेपाल परेड सम्पन्न गर्नका लागि...

    खुसीको खबर, झण्डै २ सातादेखि सम्पर्कविहीन पर्वतका युवा अमन सकुशल फेला

    बैकुण्ठ गिरी, अमेरिका । अमेरिकाको न्युयोर्क देखि बाल्टिमोर जादै गर्दा झण्डै २ सातादेखि बेपत्ता पर्वत...

    जलजला गाउँपालिकाले वडा वडामा पुगेर जनताको गुनासो सुन्दै

    पर्वत । जिल्लाको जलजला गाउँपालिकाले वडा वडामा पुगेर जनताको गुनासो सुन्ने गरी सञ्चालन गरेको सार्वजनिक...

    विहादी गाउँपालिकाको सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधारमा सक्रियता

    पर्वत । सामुदायिक विद्यालयको गुणस्तर खस्किदै गएको छ । विद्यार्थीहरु दिन प्रतिदिन सामुदायिक विद्यालय छाडेर...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं