SuchanaKendra

  • Radio Kushum


    सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७९/८/१४ गते
    २८६ &#२३४६;&#२३३५;&#२३२५;

    काठमाडौं । निर्वाचन आयोगले स्याङ्जा क्षेत्र नम्बर २ र बाजुरामा पुनः मतदान नगर्ने निर्णय गरेको छ । मंसिर ४ गते भएको निर्वाचनको मतगणना थाल्न आयोगले निर्देशनसमेत दिएको छ । आयोगको आज बसेको बैठकले पुनः मतदानको सट्टा मतगणना गर्ने निर्णय गरेको छ ।

    निर्वाचन आयोगका आयुक्त ईश्वरीप्रसाद पौडेलले भने, ‘ बाजुरा र स्याङ्जा २ मा मतगणना गर्ने भनेर सर्वसम्मत निर्णय भएको छ।’ नेकपा एमालेले स्याङ्जा २ र बाजुरामा धाँधली भएको दाबी गर्दै पुनः मतदानको माग गरेपछि मतगणना हुन सकेको छैन । नेकपा एमालेले स्याङ्जा २ का केही मतदान केन्द्रमा धाँधली भएको भन्दै पुनः मतदानको माग गर्दै मतगणना सुरु गर्न दिएको थिएन । तर नेपाली कांग्रेसले गुरुङ मतगणना सुरु गर्न माग गर्दै निर्वाचन अधिकृतको कार्यालय वालिङमा धर्ना दिएको थियो । स्याङ्जा–२ को मतगणना सुरु गर्न माग गर्दै कांग्रेसका उम्मेदवारसमेत रहेका पार्टी उपसभापति धनराज गुरुङ, नेताहरु रामचन्द्र पौडेल र प्रदीप पौडेल निर्वाचन आयोग पुगेर अबिलम्ब मत गणना सुरु गर्न माग गरेका थिए ।

    यो क्षेत्रमा कांग्रेस उपसभापति गुरुङ र एमालेकी सचिव पद्‍मा अर्याल प्रतिस्पर्धामा छन् ।

    बाजुराका पनि केही मतदान केन्द्रमा विवाद भएपछि मतगणना हुन सकेको थिएन । बुढीनन्दा नगरपालिकाका केही केन्द्रमा पुनः मतदान भइसक्दा पनि अन्य केन्द्रका विषयमा दलहरुबीच विवाद हुँदा मतगणना सुरु हुन सकेको थिएन । बाजुरामा नेकपा एमालेका उम्‍मेदवार कर्ण थापा र नेपाली कांग्रेसका उम्‍मेदवार बद्री पाण्डे प्रतिस्पर्धामा छन् ।

    मतदानमा भएको स्याङ्जा–२, बाजुरा र दोलखामा विवादका कारण मतगणना प्रक्रिया अवरुद्ध थियो । यी ठाउँमा अध्ययन गर्न आयोगले सहसचिवहरु तुलसीप्रसाद श्रेष्ठ, फणिन्द्र गौतम र यज्ञप्रसाद भट्टराईको नेतृत्वमा छुट्टाछुट्टै टोली पठाएको थियो ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    पोखरा महानगरस्तरिय अन्तर विद्यालय टी–ट्वान्टी छात्रा क्रिकेट प्रतियोगिता शनिबारदेखि

    पोखरा ।महानगरपालिका खेलकुद विकास समितिको आयोजना तथा पोखरा महानगर क्रिकेट संघको संयोजनमा यहि बैशाख १५...

    जीवन ज्योति सेवा केन्द्रको उद्घोषण तालिम

    पोखरा । मानवीय सेवा र उद्धारमा समर्पित जीवन ज्योति सेवा केन्द्रले अतिरिक्त कृयाकलाप अन्तर्गत व्यक्तित्व...

    पोखरा स्पोर्ट्स अवार्डलाई केसी ग्रुपको सहयोग

    पोखरा । आठौं संस्करणको ‘पोखरा स्पोर्ट्स अवार्ड २०८०’ लाई केसी ग्रुपले सघाउने भएको छ ।...

    टोपबहादुर रायमाझीलाई धरौटीमा छाड्न सर्वोच्च अदालतको अस्विकार

    काठमाडौं। नक्कली भुटानी शरणार्थी प्रकरणमा सर्वोच्च अदालतले एमालेका नेता टोपबहादुर रायमाझीलाई धरौटीमा छाड्न अस्वीकार गरेको...

    उपनिर्वाचनः मौन अवधि आज रातिदेखि, यी कार्य गरे हुन्छ कारबाही

    काठमाडौँ । यही वैशाख १५ गते हुने इलामको प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नं २ र...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं