SuchanaKendra

  • Radio Kushum


    सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७८/४/१२ गते
    ४७० &#२३४६;&#२३३५;&#२३२५;

    काठमाडौं । नेपाली कांग्रेसमा चार लाखभन्दा बढी नयाँ क्रियाशील सदस्य थपिएका छन् । १४ औं महाधिवेशनका लागि देशभरबाट आठ लाख ५२ हजार ७११ जनालाई कांग्रेसको क्रियाशील सदस्यता प्रदान गरिएकोमा चार लाख नौ हजार ३३ जना नयाँ क्रियाशील सदस्य थपिएका हुन् ।

    क्रियाशील सदस्यता छानविन समितिले मंगलबार सभापति शेरबहादुर देउवालाई बुझाएको प्रतिवेदनमा ४ लाख ४३ हजार ६७८ जनाले नवीकरण गरेका छन् । १३ औं महाधिवेशनमा ४ लाख ७० हजार क्रियाशील सदस्य थिए । कांग्रेसले यसपटक क्रियाशील सदस्यको संख्या शतप्रतिशत बढाएको हो । समितिले बुझाएको प्रतिवेदनमा ६ लाख ५३ हजार ४३८ पुरुष क्रियाशील सदस्य रहेका छन् भने महिला सदस्यता १ लाख ९९ हजार ९७ जना मात्रै छन् ।a अन्यमा १७६ क्रियाशील सदस्य रहेका छन् ।

    उमेर समूह अनुसार क्रियाशील

    कांग्रेसमा ४० वर्षमुनिका क्रियाशील सदस्यको संख्या झण्डै तीन लाख पुगेको छ । १८ देखि २५ वर्षसम्मका क्रियाशील सदस्यको संख्या ४० हजार ४२७ रहेको छ भने २६ देखि ४० वर्षका २ लाख ४९ हजार ७७४ क्रियाशील सदस्य रहेको प्रतिवेदनमा उल्लेख छ ।

    यस्तै ४१–६० वर्षका ३ लाख २८ हजार २३४ छन् भने ६१–७५ उमेर समूहका क्रियाशील सदस्यको संख्या ८३ हजार १० रहेको छ । ७६ वर्षमाथिका क्रियाशील सदस्य ११ हजार ७८२ जना रहेका छन् ।

    समावेशी समूह क्रियाशील सदस्य

    कांग्रेसमा क्रियाशील सदस्यता संख्या सबैभन्दा बढी खस–आर्य समुदायको छ । खस–आर्यतर्फ तीन लाख ६७ हजार ६११ क्रियाशील सदस्य रहेका छन् भने आदिवासी जनजातितर्फ २ लाख ८ हजार १५९ जनाले क्रियाशील सदस्यता पाएका छन् । अल्पसंख्यक ६ हजार ८२९, मधेसी ९५ हजार १४१, मुस्लिम १६ हजार ९७०, थारु २७ हजार ६१५ र पिछडिएको क्षेत्रका १४ हजार ९१४ जनालाई क्रियाशील सदस्यता प्रदान गरिएको छ । अपांगता भएका क्रियाशील सदस्यता जम्मा २०१ जना रहेको प्रतिवेदनमा उल्लेख छ ।

    सात प्रदेशमध्ये सबैभन्दा बढी क्रियाशील सदस्यता बागमती प्रदेशमा रहेको छ । बागमतीमा १ लाख ८६ हजार १४३ क्रियाशील सदस्यता रहेकोमा कर्णालीमा सबैभन्दा कम जम्मा ५४ हजार ५६६ क्रियाशील सदस्य रहेका छन् । पुरानो तस्वीर

    प्रतिकृया दिनुहोस्

    Loading...

    पोखरा महानगरस्तरिय अन्तर विद्यालय टी–ट्वान्टी छात्रा क्रिकेट प्रतियोगिता शनिबारदेखि

    पोखरा ।महानगरपालिका खेलकुद विकास समितिको आयोजना तथा पोखरा महानगर क्रिकेट संघको संयोजनमा यहि बैशाख १५...

    जीवन ज्योति सेवा केन्द्रको उद्घोषण तालिम

    पोखरा । मानवीय सेवा र उद्धारमा समर्पित जीवन ज्योति सेवा केन्द्रले अतिरिक्त कृयाकलाप अन्तर्गत व्यक्तित्व...

    पोखरा स्पोर्ट्स अवार्डलाई केसी ग्रुपको सहयोग

    पोखरा । आठौं संस्करणको ‘पोखरा स्पोर्ट्स अवार्ड २०८०’ लाई केसी ग्रुपले सघाउने भएको छ ।...

    टोपबहादुर रायमाझीलाई धरौटीमा छाड्न सर्वोच्च अदालतको अस्विकार

    काठमाडौं। नक्कली भुटानी शरणार्थी प्रकरणमा सर्वोच्च अदालतले एमालेका नेता टोपबहादुर रायमाझीलाई धरौटीमा छाड्न अस्वीकार गरेको...

    उपनिर्वाचनः मौन अवधि आज रातिदेखि, यी कार्य गरे हुन्छ कारबाही

    काठमाडौँ । यही वैशाख १५ गते हुने इलामको प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नं २ र...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं