SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७६/१०/१८ गते
    ५५५ &#२३४६;&#२३३५;&#२३२५;

    सत्तारुढ नेकपाको जारी केन्द्रीय समिति बैठकमा नेताहरुको सम्पत्ति छानबिन हुनुपर्ने माग उठेको छ ।
    बैठकमा समूहगत छलफलका क्रममा राजकीय जिम्मेवारीमा रहेका नेताको सम्पत्ति छानबिनका लागि आयोग गठनको माग भएको हो ।
    कुन समूहले के भन्यो ?

    कमला रोका (समूह–२ प्रमुख)
    कम्युनिस्ट पार्टी दलाल, नोकरसाही र पुँजीवादीहरूको जस्तो भयो । पार्टीको केन्द्रीय कमिटी र राजकीय जिम्मेवारीमा रहेका नेताहरू सम्पत्ति छानबिनका लागि आयोग बनाउनुपर्छ । पार्टीको निर्देशनअनुसार सरकार चल्नुपर्योज । पार्टीका कार्यक्रममा नेताहरूका फोटो होइन, मार्क्स–लेनिनको फोटो राख्नुपर्योछ । एमसिसीका विषयमा सुझबुझपूर्ण निर्णय हुनुपर्यो  ।

    दीनानाथ शर्मा (समूह–६ प्रमुख)
    केही नेताले अकुत सम्पत्ति कमाएका छन्, त्यस्ताको आयोग बनाएर छानबिन गर्नुपर्छ । पार्टीभित्र लाभ लिइरहने र फिल्डमा काम गरिरहने दुई वर्ग छ, यसको अन्त्य गर्नुपर्छ । गुट भत्काउनुपर्यो, । आलोचना र आत्मालोचनाको पद्धति बसाल्नुपर्यो् । शीर्ष नेताहरूले विचार गरेर बोल्नुपर्यो । एमसिसीको विषयमा विस्तृत छलफल गर्नुपर्यो ।

    भगवती चौधरी (समूह–९ प्रमुख)
    एकता अझै सुदृढ हुन सकेन । कमिटीहरू प्रभावकारी रूपले परिचालन नहुँदा चुनावमा समस्या देखियो । उम्मेदवार पनि सर्वस्वीकार्य भएनन् । जनप्रतिनिधि भ्रष्ट भए, त्यसलाई नियन्त्रण गर्न पार्टीले चुस्त अनुगमन प्रणाली बनाउनुपर्योा । प्रदेश २ मा सर्कुलरविपरीत जिल्ला कमिटी गठन भएका छन् । एमसिसीबारे पार्टीभित्र साझा धारणा बनाउनुपर्छ ।
    लेखनाथ न्यौपाने (समूह–१३ प्रमुख)
    मृत्यु भइसकेका राष्ट्रिय/अन्तर्राष्ट्रिय नेताहरूका नाममा नेतृत्वले गुटबन्दी गर्दै छ, गुटले पार्टी खाँदै छ । भ्रष्टाचार रोकिएको छैन, त्यस्तो गर्नेलाई कारबाहीको दायरामा ल्याऔँ । पार्टीका सबै नेताको सम्पत्ति छानबिन गर्नुपर्छ । एमसिसी हुबहु लागू गर्न सकिँदैन । सांस्कृतिक विचलनले गैरकम्युनिस्ट बनाउँछ । राष्ट्रिय सभामा लगेका पात्रहरू गतिला भएनन् ।
    नयाँ पत्रिकाबाट

    प्रतिकृया दिनुहोस्

    Loading...

    खुसीको खबर, झण्डै २ सातादेखि सम्पर्कविहीन पर्वतका युवा अमन सकुशल फेला

    बैकुण्ठ गिरी, अमेरिका । अमेरिकाको न्युयोर्क देखि बाल्टिमोर जादै गर्दा झण्डै २ सातादेखि बेपत्ता पर्वत...

    आगामी मे १९ तारिख न्यूयोर्कमा हुने नेपाल डे परेड सम्पन्न गर्न दोस्रो टाउनहल बैठक

    न्युयोर्क । आगामी मे १९ तारिखका दिन न्यूयोर्कको म्यान्हटनमा आयोजित नेपाल परेड सम्पन्न गर्नका लागि...

    खुसीको खबर, झण्डै २ सातादेखि सम्पर्कविहीन पर्वतका युवा अमन सकुशल फेला

    बैकुण्ठ गिरी, अमेरिका । अमेरिकाको न्युयोर्क देखि बाल्टिमोर जादै गर्दा झण्डै २ सातादेखि बेपत्ता पर्वत...

    जलजला गाउँपालिकाले वडा वडामा पुगेर जनताको गुनासो सुन्दै

    पर्वत । जिल्लाको जलजला गाउँपालिकाले वडा वडामा पुगेर जनताको गुनासो सुन्ने गरी सञ्चालन गरेको सार्वजनिक...

    विहादी गाउँपालिकाको सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधारमा सक्रियता

    पर्वत । सामुदायिक विद्यालयको गुणस्तर खस्किदै गएको छ । विद्यार्थीहरु दिन प्रतिदिन सामुदायिक विद्यालय छाडेर...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं