SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७६/१०/१६ गते
    ५७३ &#२३४६;&#२३३५;&#२३२५;

    ‘फ्लोर क्रस गराएर भए पनि चुनाव जिताउँछु’ भन्नेको आफ्नै पार्टीमा फ्लोर क्रस हुँदा के हविगत भयो होला ? यस्तो हालतमा पुगेपछि समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव राष्ट्रियसभाको चुनावी गठबन्धनका साझेदार कांगे्रससँग लज्जित भएका छन् । प्रदेश २ को राष्ट्रियसभा निर्वाचनमा गठबन्धन गरेका नेकपा र राजपाबीच सहमतिमुताविक मतदान भएको परिणामले बताइसकेको छ । तर, समाजवादी पार्टीले कांग्रेससँग फ्लोर क्रस गराएर जिताउने बचन दिए पनि उल्टै आफ्नो भोट जोगाउन सकेन । उपेन्द्रतिरको तीन–चार सय मतभार नेकपा–राजपा गठबन्धनमा परेको छ । राजपाले चाहिँ उपेन्द्रकै डरले पनि आफ्ना मतदातालाई अन्तिमसम्म सुरक्षित क्याम्पमा राखेको थियो ।

    भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।
    यससँगै सम्भवतः छिट्टै राजपा केपी ओली सरकारमा सामेल हुने भएको छ । यसनिम्ति राजेन्द्र महतो र महन्थ ठाकुर दुबै तयार छन् । सरकारमा जाँदा मिनिस्टेरियल रेस्पोन्सिबिलिटी राजेन्द्र महतोले पाउने या अरुलाई सरकारमा पठाइर महतो एकल अध्यक्ष हुने विषयमा महन्थले सहमति जनाएका हुन् । र, अर्का मन्त्री पूर्वतमलोपाबाट जाने तयारी भइरहेको बुझिन्छ । यसबाट महेन्द्र राय यादव, अनिल झा, राजकिशोर यादव, शरद्सिंह भण्डारीहरू भने लाभान्वित हुने छैनन् । अनुमान गरिँदैछ राजपाले एउटा विद्रोहको सामना झेल्नुपर्ने हुनसक्छ ।

    संघीय सरकारमा पार्टी सहभागी भए पनि तत्कालका लागि २ नं. प्रदेश सरकारबारे केही नगर्ने रणनीति अपनाइएको छ । संघीय सरकारको सेटलमेन्ट भइसकेपछि मात्रै २ नं. बारे कुरा अगाडि बढाउने तयारीमा महन्थ, राजेन्द्रहरू छन् । २ बारे राजेन्द्र महतोको व्यक्तिगत धारणा छ– ‘हिजो उपेन्द्र यादव केन्द्र सरकारमा रहँदा हामीले संघीय समाजवादी फोरमसँग प्रदेश सरकार चलाएकै हो । यदि यसचोटि राजपा केन्द्र सरकारमा जान्छ भने उपेन्द्र यादवहरू पनि प्रदेशमा सोही सोचअनुसार बस्नुपर्छ ।’

    तर, यससँगै अर्को खेल शुरु भएको छ । दक्षिणले राजपामार्फत उपेन्द्र यादवलाई खबर पठाएको छ– ‘यदि नेतृत्व फे¥यौ, लालबाबु राउत गद्दीलाई हटायौ भने तिम्रैै नेतृत्व पनि चल्नसक्छ । हैन भने राजपाको नेतृत्वमा सरकार बन्नुपर्छ । त्यसका लागि दुई उपाय छ, समाजवादीले राजपाको नेतृत्वलाई मान्नुपर्छ ।’ यदि यस्तो रणनीति सफल भयो भने दक्षिणले राजपालाई नेकपासँगको गठबन्धन सरकार बनाउन सकिने बाटो दिएको छ । तर, राजेन्द्र महतो दोस्रो विकल्पमा जान डराइरहेका छन् । किनभने, त्यसलगत्तै उपेन्द्र यादवले डंका पिट्न थाल्छन् । मधेसमा मधेशी मधेशी पार्टी मिल्नुपर्छ भन्ने जनमत छ । तर, यो हुने भनेको दुई–चार महिनापछि हो, तत्काल होइन । जनआस्था साप्ताहिकबाट

    प्रतिकृया दिनुहोस्

    Loading...

    खुसीको खबर, झण्डै २ सातादेखि सम्पर्कविहीन पर्वतका युवा अमन सकुशल फेला

    बैकुण्ठ गिरी, अमेरिका । अमेरिकाको न्युयोर्क देखि बाल्टिमोर जादै गर्दा झण्डै २ सातादेखि बेपत्ता पर्वत...

    आगामी मे १९ तारिख न्यूयोर्कमा हुने नेपाल डे परेड सम्पन्न गर्न दोस्रो टाउनहल बैठक

    न्युयोर्क । आगामी मे १९ तारिखका दिन न्यूयोर्कको म्यान्हटनमा आयोजित नेपाल परेड सम्पन्न गर्नका लागि...

    खुसीको खबर, झण्डै २ सातादेखि सम्पर्कविहीन पर्वतका युवा अमन सकुशल फेला

    बैकुण्ठ गिरी, अमेरिका । अमेरिकाको न्युयोर्क देखि बाल्टिमोर जादै गर्दा झण्डै २ सातादेखि बेपत्ता पर्वत...

    जलजला गाउँपालिकाले वडा वडामा पुगेर जनताको गुनासो सुन्दै

    पर्वत । जिल्लाको जलजला गाउँपालिकाले वडा वडामा पुगेर जनताको गुनासो सुन्ने गरी सञ्चालन गरेको सार्वजनिक...

    विहादी गाउँपालिकाको सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधारमा सक्रियता

    पर्वत । सामुदायिक विद्यालयको गुणस्तर खस्किदै गएको छ । विद्यार्थीहरु दिन प्रतिदिन सामुदायिक विद्यालय छाडेर...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं