SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७६/१०/११ गते
    ३२७५ &#२३४६;&#२३३५;&#२३२५;

    काठमाडौं – तत्कालीन नेकपा एमाले र माओवादी केन्द्र मिलेर नेपाल कम्युनिस्ट पार्टी (नेकपा) बनेपनि दुवै पार्टी भित्रैबाट मिल्न नसकेका संकेत पटक–पटक देखिने गरेका छन् । सभामुख निर्वाचन प्रक्रिया अगाडि बढिसकेर पूर्व माओवादी नेता अग्नि सापकोटा निर्विरोध सभामुख हुने सुनिश्चित भइसकेको बेला पूर्व एमाले समूहका मानव अधिकारकर्मीहरू सल्बलाउन थालेका छन् ।

    भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

    त्यसको मुख्य अखडा बनेको छ, राष्ट्रपति विद्यादेवी भण्डारीको कार्यालय शितलनिवास ।प्रचण्डका खास मान्छे तथा विश्वासपात्र अग्नि सापकोटा सभामुख हुने निश्चित भएपछि त्यसलाई रोक्न भन्दै राष्ट्रपति भण्डारीका विज्ञ सल्लाहकार सुशील प्याकुरेलले पदबाट राजीनामा नै दिएर चर्काे विरोधमा उत्रिएका छन् । आगामी माघ १२ गते सापकोटा सभामुख घोषणा हुनुअघि पूर्व एमाले समूहका मानव अधिकारकर्मीले उनलाई रोक्न थुप्रै प्रयास गर्ने संकेत देखिएको छ ।

    प्याकुरेलले स्पष्ट रुपमै राजीनामा दिनुको कारणबारे खुलाउँदै सापकोटालाई सभामुख बनाउने नेकपाको निर्णयप्रति असन्तुष्टि जनाएका छन् । ‘भोलि अग्नि सापकोटा सभामुख भएपछि शीतलसनिवासमै शपथ खुवाउनुपर्छ,’ प्याकुरेलको भनाइ उदृत गर्दै स्रोतले भन्यो, ‘हिजो आफैंले मुद्दा हालेका व्यक्तिलाई कसरी गर्न खुवाउनु ?’राष्ट्रपतिका सल्लाहकार प्याकुरेलले राजीनामा मात्रै दिएका छैनन्, वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले सापकोटाविरुद्ध सर्वोच्च अदालतमा रिट दायर गरेका छन् । यो सापकोटालाई सभामुख हुन नदिने वा भइहाले पनि द्वन्द्वकालीन मुद्दामा फसाउने तयारीका साथ डिजाइन बनाउन लागिएको चर्चा नेकपा वृत्तमा चलेको छ ।

    त्यतिबेला १७ हजार मान्छे मर्ने गरी भएको माओवादी विद्र्रोहबाट आएका सापकोटा सहितका नेताविरुद्ध काभ्रेका अर्जुन लामाको हत्या गरेको अभियोग रहेको छ । लामाकी पत्नी पूर्णिमायाले सापकोटाविरुद्ध जाहेरी दिएकी छन् ।२०७२ चैत २६ गते मानव अधिकारकर्मीको तर्फबाट सापकोटाविरुद्ध सर्वाेच्च अदालतमा दायर गरिएको रिटमा प्याकुरलेको नाम समेत छ । उतिबेला सापकोटाविरुद्ध खुलेरै लागेका प्याकुरेलले यो मुद्दा त्यसै नछाड्ने संकेत देखाएका छन् ।

    राष्ट्रपति विद्यादेवी भण्डारीले राजीनामा स्वीकृत गर्दै प्याकुरेललाई प्रचण्डका खास मान्छे सिध्याउने अभियानमा सक्रिय हुन सहज बनाइदिएकी छन् । उनको राजीनामा शुक्रबार नै स्वीकृत भएको छ । तत्कालीन राष्ट्रपति रामवरण यादवका सल्लाहकारले समेत राजीनामा दिएपनि स्वीकृत नभएको ताजा इतिहास रहेको बेला राष्ट्रपति भण्डारीले तत्कालै राजीनामा स्वीकृत गर्नुलाई अर्थपूर्ण रुपमा हेरिएको छ । सापकोटा प्रकरण थप जटिल बन्दै जाने अनुमान नेकपाभित्र सुरू भएको छ ।मिडिया डवलीबाट लिइएको ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    खुसीको खबर, झण्डै २ सातादेखि सम्पर्कविहीन पर्वतका युवा अमन सकुशल फेला

    बैकुण्ठ गिरी, अमेरिका । अमेरिकाको न्युयोर्क देखि बाल्टिमोर जादै गर्दा झण्डै २ सातादेखि बेपत्ता पर्वत...

    आगामी मे १९ तारिख न्यूयोर्कमा हुने नेपाल डे परेड सम्पन्न गर्न दोस्रो टाउनहल बैठक

    न्युयोर्क । आगामी मे १९ तारिखका दिन न्यूयोर्कको म्यान्हटनमा आयोजित नेपाल परेड सम्पन्न गर्नका लागि...

    खुसीको खबर, झण्डै २ सातादेखि सम्पर्कविहीन पर्वतका युवा अमन सकुशल फेला

    बैकुण्ठ गिरी, अमेरिका । अमेरिकाको न्युयोर्क देखि बाल्टिमोर जादै गर्दा झण्डै २ सातादेखि बेपत्ता पर्वत...

    जलजला गाउँपालिकाले वडा वडामा पुगेर जनताको गुनासो सुन्दै

    पर्वत । जिल्लाको जलजला गाउँपालिकाले वडा वडामा पुगेर जनताको गुनासो सुन्ने गरी सञ्चालन गरेको सार्वजनिक...

    विहादी गाउँपालिकाको सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधारमा सक्रियता

    पर्वत । सामुदायिक विद्यालयको गुणस्तर खस्किदै गएको छ । विद्यार्थीहरु दिन प्रतिदिन सामुदायिक विद्यालय छाडेर...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं