SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७६/१०/१० गते
    १००३१ &#२३४६;&#२३३५;&#२३२५;

    काठमाडौं – प्रतिनिधिसभा सभामुख हुने प्रक्रियामा रहेका सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सांसद अग्नि सापकोटा नराम्ररी फस्ने भएका छन् । सर्वाेच्च अदालतमा मुद्दा परेपछि सांसद सापकोटाले माघ १२ गते अदालतमा हाजिर हुनुपर्ने भएको छ । सर्वोच्च अदालतले सभामुख बन्न लागेको सापकोटालाई माघ १२ गते हाजिर हुन आदेश दिएको छ ।

    भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

    वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले सापकोटाविरुद्ध दायर गरेको रिटको पेशी तोक्दै सर्वोच्च अदालतले सापकोटासहित विपक्षी बनाइएका व्यक्ति तथा निकाय र रिट निवेदकलाई समेत तारेखका लागि हाजिर हुन आदेश दिएको छ ।वरिष्ठ अधिवक्ता त्रिपाठीले शुक्रबार सर्वोच्च अदालतमा रिट दायर गर्दै द्वन्द्वकालीन घटनामा कर्तव्य ज्यानको मुद्दा खेपिरहेका सापकोटालाई सभामुख चयन नगर्नका लागि आदेश माग गरेका छन् । सापकोटालाई गिरफ्तार गरी न्यायलयमा उपस्थित गराउने आदेश जारी गर्न पनि त्रिपाठीले मागदाबी गरेका छन् ।

    वरिष्ठ अधिवक्ता त्रिपाठीले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, संघीय संसद सचिवालय, सिन्धुपाल्चोक क्षेत्र नम्बर १ बाट प्रतिनिधसभा सदस्यमा निर्वाचित अग्नि सापकोटा, प्रतिनिधिसभाका ज्येष्ठ सदस्य महन्थ ठाकुर, गृह मन्त्रालय, प्रहरी प्रधान कार्यालय, जिल्ला प्रहरी कार्यालय काभ्रे र जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकलाई विपक्षी बनाएर रिट दायर गरेका छन् ।

    प्रतिनिधिसभाको सभामुख चयनका लागि सुरू भइसकेको निर्वाचन प्रक्रियाअन्तर्गत सापकोटा निर्विरोध निर्वाचित हुने अवस्था भएपनि द्वन्द्वकालीन मुद्दा ब्यूतिएका कारण उनलाई गाह्रो पर्ने देखिएको छ ।माघ १२ गते दिउँसो ३ बजे बस्ने प्रतिनिधिसभाको बैठकबाट सापकोटालाई निर्विरोध रुपमा सभामुखमा चयन भएको घोषणा गर्ने कार्यसूची रहेपनि उनले त्यसअघि नै सर्वाेच्च अदालतमा हाजिर लगाउनुपर्ने भएको छ ।

    सापकोटाविरुद्ध काभ्रेको छत्रबाँसका अर्जुन लामाको हत्यामा संलग्न भएको आरोप लागेको छ । २०६२ बैशाख १७ गते ‘माओवादी कार्यकर्ताको अपहरणमा परेका’ भनिएका लामाको २ महिनापछि काभ्रेकै बुढाखानीको चारकिल्लामा शव फेला परेको थियो ।लामाकी पत्नी पूर्णमाया लामाले २०६९ मंसिर ७ गते सापकोटा सहितका माओवादी नेता कार्यकताविरुद्ध मुद्दा दायर गरेकी थिइन् । मुद्दा अहिले पनि सर्वोच्च अदालतमै विचाराधीन छ ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    खुसीको खबर, झण्डै २ सातादेखि सम्पर्कविहीन पर्वतका युवा अमन सकुशल फेला

    बैकुण्ठ गिरी, अमेरिका । अमेरिकाको न्युयोर्क देखि बाल्टिमोर जादै गर्दा झण्डै २ सातादेखि बेपत्ता पर्वत...

    आगामी मे १९ तारिख न्यूयोर्कमा हुने नेपाल डे परेड सम्पन्न गर्न दोस्रो टाउनहल बैठक

    न्युयोर्क । आगामी मे १९ तारिखका दिन न्यूयोर्कको म्यान्हटनमा आयोजित नेपाल परेड सम्पन्न गर्नका लागि...

    खुसीको खबर, झण्डै २ सातादेखि सम्पर्कविहीन पर्वतका युवा अमन सकुशल फेला

    बैकुण्ठ गिरी, अमेरिका । अमेरिकाको न्युयोर्क देखि बाल्टिमोर जादै गर्दा झण्डै २ सातादेखि बेपत्ता पर्वत...

    जलजला गाउँपालिकाले वडा वडामा पुगेर जनताको गुनासो सुन्दै

    पर्वत । जिल्लाको जलजला गाउँपालिकाले वडा वडामा पुगेर जनताको गुनासो सुन्ने गरी सञ्चालन गरेको सार्वजनिक...

    विहादी गाउँपालिकाको सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधारमा सक्रियता

    पर्वत । सामुदायिक विद्यालयको गुणस्तर खस्किदै गएको छ । विद्यार्थीहरु दिन प्रतिदिन सामुदायिक विद्यालय छाडेर...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं