SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७६/१०/१० गते
    २४६८ &#२३४६;&#२३३५;&#२३२५;

    २० देखि ४० को उमेर हरेकको जीवनमा यस्तो समय हो जब व्यक्ति सबैभन्दा धेरै ऊर्जावान् हुन्छन् । यो उमेरमा मानिसहरु आफ्नो हरेक चाहना पूरा गर्न चाहन्छन् र यसका लागि हरसम्भव प्रयास गर्छन् । आफ्नो ऊर्जाको धुनमा तपाईं विभिन्न कुराहरु नजरअन्दाज गर्नुहुन्छ जसले तपाईंको जीवनमा दुर्भाग्य निम्त्याउन सक्छ र तपाईंले सम्झौताको जीवन जिउनका लागि बाध्य हुनुपर्ने सम्भावना निम्तिन सक्छ ।

    स्वास्थ्यमा ध्यान नदिनुः
    यो उमेरमा स्वास्थ्य र शरिरले तपाईंको साथ दिने गर्दछ । यो चक्करमा तपाईं आफ्नो खानपिनको विशेष ध्यान राख्नुहुन्छ । अनियमित खाना र जंक फुडले तपाईंको स्वास्थ्यलाई दिन प्रतिदिन नकारात्मक असर पुर्याइरहेको हुन्छ जसको असर बढ्दो उमेरसँगै देखिन्छ । भविष्यमा तपाईंको शरिर आवश्यकताभन्दा बढि कमजोर हुनसक्छ ।बढ्दो उमेरमा तपाईं जतिसुकै पोषक तत्वले भरपुर भोजनको बानी बसाल्नुहोस्, तपाईंको शरिरले यसलाई पूर्ण रुपमा सोस्न पाउँदैन । त्यसकारण यो उमेरदेखि नै स्वास्थ्यका लागि हानिकारक खानेकुरा खान बन्द गर्नुहोस् र एक स्वस्थ जीवनशैली अपनाउनुस् ता कि तपाईंको शरिर बलियो रहोस् र बुढेसकालमा शारिरिक कमजोरीसँग जुघ्न नपरोस् ।

    बचत नगर्नुः
    २० देखि ३० को उमेर यस्तो हुन्छ जब तपाईं कमाउन सुरु गर्नुहुन्छ र पहिलो पटक आफूलाई आर्थिक रुपमा स्वतन्त्र महसुस गर्नुहुन्छ । धेरैजसो मानिसहरु यो स्वतन्त्रतालाई महसुस गर्नका लागि खानपिन र मोजमस्तीमा खर्च गर्दछन् । उनीहरु भविष्यका लागि कुनै योजना तयार गर्दैनन् र बचत गर्ने त उनीहरुको बानी नै हुँदैन । तपाईंले पनि सुन्नुभएको होला, समय सधैं एकैनासे हुँदैन त्यसकारण अहिले देखि नै बचतको बानी बसाल्नुहोस् । पछि परिवारको जिम्मेवारी तपाईंको काँधमा आउँछ त्यसैले पनि यो समयमा बचत गर्नैपर्छ ।

    भ्रमणः
    धेरै मानिसहरु अवकाशपछि घुम्न रुचाउँछन् र युवावस्थामा पैसा कमाउन र आफ्नो भविष्यमा मात्र ध्यान दिन्छन् । तर पैसा कमाउने र भविष्यको चक्करमा नबिर्सिनुहोस् कि तपाईंको शरिर यो उमेरमा बढि उर्जावान् र बलियो हुन्छ । त्यसकारण घुमघाम र रोमाञ्चक क्रियाकलापका लागि योभन्दा उत्कृष्ट समय अरु हुनसक्दैन । पछि समय र पैसा हुँदा पनि तपाईं यी कुराहरु गर्न असमर्थ पनि हुनसक्नुहुन्छ ।

    परिवारलाई समय नदिनुः
    करियरलाई उत्कृष्ट बनाउने लोभमा आजकालका युवा यति धेरै व्यस्त हुन्छन् कि आफ्नो परिवारलाई समय दिन पनि पाउँदैनन् । अहिले तपाईंलाई अहिले केही फरक नपारेपनि भविष्यमा यो कुरा सधैं तपाईंको मनमा खट्किरहनेछ ।

    विवाह गर्न हतार गर्नु वा नराम्रो सम्बन्धमा रहिरहनुः
    मानिसहरुलाई लाग्छ कि काम पाउने बित्तिकै विवाह गर्नुपर्छ तर यस्तो हुनुहुँदैन । विवाह जीवनभरी निभाउनुपर्ने एक बन्धन हो । त्यसकारण जब तपाईंले सही जीवनसाथी पाउनुहुन्छ तबमात्र विवाह गर्नुहोस् । धेरै मानिसहरु विवाह त गर्छन् तर केही समयपछि नै समस्याबाट गुज्रन थाल्छन् ।

    आमाबुवा वा बुढाबुढीको सल्लाह नमान्नुः
    युवावस्था त्यस्तो बेला हो जहाँ तपाईंलाई आफूले गरेको सबैकुरा सही लाग्छन् । तपाईं नयाँ सोचसहित यति जोसमा हुनुहुन्छ कि अन्य सबै बिचार तपाईंलाई पुरानो र कमजोर लाग्छन् । तर नबिर्सिनुहोस् कि तपाईंका आमाबुवा जीवनको संघर्षमा तपाईंभन्दा अत्यधिक अनुभवी हुनुहुन्छ । त्यसकारण उहाँहरुलाई पनि ध्यानपूर्वक सुन्नुहोस् ।

    भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

    खराब जागिरमा अड्किरहनुः
    थुप्रै पटक तपाईंले रुचाएको जागिर पाउनुहुन्न तर करियरको सुनिश्चितता वा आर्थिक परिस्थितीसँग जुघ्नका लागि तपाईं सम्झौता गर्नुहुन्छ र मन नलागे पनि काम गरिरहनुहुन्छ । यस्तो नगर्नुहोस् र तुरुन्त उक्त कामलाई छोड्नुहोस् नभएर केही समयपछि तपाईंले उक्त कामलाई महत्व दिन छाड्नुहुन्छ र तपाईंलाई आफ्नो जीवन नै व्यर्थ लाग्न सक्छ ।

    आमा बुवाको खुसीका लागि आफ्नो सपना त्याग्नुः
    तपाईं त्यो काममा मात्र सफल हुनसक्नुहुन्छ जुन तपाईंलाई राम्रो तरिकाले आउँछ । थुप्रै पटक मानिसहरु आफ्नो आमाबुवाको खुसीका लागि त्यो करियर पनि अपनाउने गर्दछन् जसमाथि उनीहरुको रुची नै हुँदैन । परिणाम यस्तो हुन्छ कि उक्त काममा उनीहरुको परफर्मेन्स औसत हुने गर्दछ । त्यसकारण समय हुँदा नै आफ्नो क्षमताको पहिचान गर्नुहोस् र त्यसतर्फ आफ्नो कदम बढाउनुहोस् । आमाबुवाले तपाईंलाई जीवन जिउने तरिका सिकाउन सक्नेछन्, तपाईंलाई संघर्षसँग लड्ने हिम्मत दिनसक्छन् तर यो जरुरी छैन कि उनीहरुले जुन काममा सफलता हाँसिल गरका छ त्यसमा तपाईं पनि निपुण हुनुपर्छ ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    खुसीको खबर, झण्डै २ सातादेखि सम्पर्कविहीन पर्वतका युवा अमन सकुशल फेला

    बैकुण्ठ गिरी, अमेरिका । अमेरिकाको न्युयोर्क देखि बाल्टिमोर जादै गर्दा झण्डै २ सातादेखि बेपत्ता पर्वत...

    आगामी मे १९ तारिख न्यूयोर्कमा हुने नेपाल डे परेड सम्पन्न गर्न दोस्रो टाउनहल बैठक

    न्युयोर्क । आगामी मे १९ तारिखका दिन न्यूयोर्कको म्यान्हटनमा आयोजित नेपाल परेड सम्पन्न गर्नका लागि...

    खुसीको खबर, झण्डै २ सातादेखि सम्पर्कविहीन पर्वतका युवा अमन सकुशल फेला

    बैकुण्ठ गिरी, अमेरिका । अमेरिकाको न्युयोर्क देखि बाल्टिमोर जादै गर्दा झण्डै २ सातादेखि बेपत्ता पर्वत...

    जलजला गाउँपालिकाले वडा वडामा पुगेर जनताको गुनासो सुन्दै

    पर्वत । जिल्लाको जलजला गाउँपालिकाले वडा वडामा पुगेर जनताको गुनासो सुन्ने गरी सञ्चालन गरेको सार्वजनिक...

    विहादी गाउँपालिकाको सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधारमा सक्रियता

    पर्वत । सामुदायिक विद्यालयको गुणस्तर खस्किदै गएको छ । विद्यार्थीहरु दिन प्रतिदिन सामुदायिक विद्यालय छाडेर...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं