SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७६/१०/८ गते
    १३०४ &#२३४६;&#२३३५;&#२३२५;

    काठमाडौं । गण्डकी प्रदेश सांसद राजिव गुरुङ (दीपक मनाङे) ले एन्फा कास्कीका अध्यक्ष मिलन गुरुङलाई मुक्का प्रहार गरेका छन् । गण्डकी प्रदेश स्तरिय मुख्यमन्त्री कप फुटवल प्रतियोगिताको उद्घाटन कार्यक्रममा मंगलबार प्रदेश सांसद मनाङेले एन्फा अध्यक्ष गुरुङलाई मुक्का प्रहार गरेका हुन् ।

    भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

    पटक,पटक विवादमा आइरहने गुण्डा नाइकेका रुपमा परिचित राजिव गुरुङ उर्फ दीपक मनाङेले मुख्यमन्त्री कप खेल्न मनाङबाट आएको टोलीलाई अभ्यास मैदान र बस्ने ठाउँ नमिलाईदिएको भन्दै मुक्का प्रहार गरेका थिए । मुख्यमन्त्री कपको उद्घाटन कार्यक्रममा सहभागि हुन भनेर सांसद मनाङे कार्यक्रममा पुगेका थिए । आयोजकले उनलाई आसनग्रहणका लागि बोलायो । आसन ग्रहणका लागि मञ्चतर्फ जानेबेलामा मनाङे र एन्फा अध्यक्ष मिलन गुरुङबीच जम्का भेट भयो । त्यहिबेला सांसद मनाङेले मनाङबाट आएको आफ्नो खेलाडीलाई किन अभ्यास मैदान र बस्ने ठाउँ नमिलाईदिएको भनेर प्रश्न गरे । जवाफमा एन्फा अध्यक्ष मिलनले अभ्यासका लागि प्रदेश प्रहरीको खेल मैदान भनिसकेको बताए । मनाङेले आफ्ना खेलाडीले अझै अभ्यास गर्न नपाएको भन्दै आक्रोस पोखे ।

    त्यो बिचमा दुई जनाबीच केहिबेर भनाभन भयो । करीब ५,७ मिनेट भनाभन भएपछि मनाङेले एन्फा अध्यक्ष मिलनको छातीमा धकेले । मनाङेले हात हालेपछि मिलनले छल्न खोजे । त्यहिबेला फेरि मनाङेले लात्तिले खुट्टामा प्रहार गरे । सो प्रहार पनि सोंचेजस्तो नलागेपछि मनाङेले गालामा प्रहार गरे । उनको प्रहार गालाको तल्लो भागमा लाग्यो ।एन्फा अध्यक्ष मिलन गुरुङले सांसद मनाङेले आफूलाई ३ पटक प्रहार गरेको बताए । अभ्यास मैदान मिलाउँदा मिलाउँदा पनि आफूलाई पि’टेको उनको भनाई छ । हामीले अभ्यास मैदानका लागि प्रहरीलाई भनिसकेका छौं, उनले भने, तर एकहप्ता अघिदेखि आएको टिमलाई हामीले बस्ने र खाने ब्यबस्था गर्न सक्दैनौं, त्यसकै रिस उसले म माथि पोखेको हो ।’ प्रतियोगितामा बिफोर डे र आफ्टर डे हुन्छ, उनले भने, ‘त्यो बाहेक हामीले टिमलाई ब्यबस्था गर्न सक्दैनौं, जबरजस्ती गर भनेर मात्र हुँदैन ।’

    आफूले पनि मुक्का फर्काउन सक्ने भएपनि सांसद भनेर छाडेको उनले बताए । मैले पनि हान्न सक्थेँ, उनले भने, तर सांसद भनेर हानिनँ, खेल बिथोलिन्छ कि भनेर पनि सहेर बसेँ ।’ आफू पिटिएपनि प्रहरीमा जाहेरी भने नदिने उनले बताए । सांसद मनाङेले भने एन्फा अध्यक्ष मिलन गुरुङले झुक्याउने काम गरेकाले झा’पड हानेको बताए । मैले धकेलेको मात्रै होइन झा’पड हानेको हुँ, उनले भने, त्यो मिलन भन्ने मान्छे कामै नलाग्ने रहेछ, त्यो त ठग पो रहेछ, त्यसलाई सबै कुरा सिकाउन झा’पड हानेको हुँ।’ आजको नागरिक दैनिकमा खबर छ ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    खुसीको खबर, झण्डै २ सातादेखि सम्पर्कविहीन पर्वतका युवा अमन सकुशल फेला

    बैकुण्ठ गिरी, अमेरिका । अमेरिकाको न्युयोर्क देखि बाल्टिमोर जादै गर्दा झण्डै २ सातादेखि बेपत्ता पर्वत...

    आगामी मे १९ तारिख न्यूयोर्कमा हुने नेपाल डे परेड सम्पन्न गर्न दोस्रो टाउनहल बैठक

    न्युयोर्क । आगामी मे १९ तारिखका दिन न्यूयोर्कको म्यान्हटनमा आयोजित नेपाल परेड सम्पन्न गर्नका लागि...

    खुसीको खबर, झण्डै २ सातादेखि सम्पर्कविहीन पर्वतका युवा अमन सकुशल फेला

    बैकुण्ठ गिरी, अमेरिका । अमेरिकाको न्युयोर्क देखि बाल्टिमोर जादै गर्दा झण्डै २ सातादेखि बेपत्ता पर्वत...

    जलजला गाउँपालिकाले वडा वडामा पुगेर जनताको गुनासो सुन्दै

    पर्वत । जिल्लाको जलजला गाउँपालिकाले वडा वडामा पुगेर जनताको गुनासो सुन्ने गरी सञ्चालन गरेको सार्वजनिक...

    विहादी गाउँपालिकाको सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधारमा सक्रियता

    पर्वत । सामुदायिक विद्यालयको गुणस्तर खस्किदै गएको छ । विद्यार्थीहरु दिन प्रतिदिन सामुदायिक विद्यालय छाडेर...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं