SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७६/१०/४ गते
    ३५५० &#२३४६;&#२३३५;&#२३२५;

    काठमाडौं । चितवनवाट १९ दिन देखि हराएको भनिएकी सिम्रन घरवाट निस्कनु एक दिन अघि मन्टेश्वरीमा जागिर खान भन्दै पुगेको खुलेको छ । मन्टेश्वरीमा पुगेर पनि उनी फोनमा निकै ब्यस्त भएको देखिएको संचालकले बताएकी छन् ।

    मन्टेश्वरीको संचालकले पनि सिम्रन फोनमा निकै नै ब्यस्त देखिएको बताइन् । सिम्रनलाई उनकै जेठानीले जागिर खानका लागि मन्टेश्वरीमा लिएर गएको बताइन् । संचालक महिलाले पनि सिम्रनलाई केही दिन यता देखि नै चिन्दै गरेको बताइन् । जुन दिन सिम्रन मन्टेश्वरीमा पुगीन् त्यती बेला पनि फोनमा नै ब्यस्त थिइन् । मन्टेश्वरीमा गएर कामको बेलामा पनि उनी फोनमा नै ब्यस्त भएको देखेर मन्टेश्वरीका अन्य कर्मचारीले कुरा गरेको उनले बताइन् ।

    सिम्रनले मन्टेश्वरीको तालिम नलिएको भएपनि काम गर्दै पनि जाने तालिम पनि लिनेगरी काम सुरु गर्ने सर्तमा उनलाई राख्ने निर्णय भएको थियो । सिम्रनलाई एक महिना अघि देखि चिनजान भएको मन्टेश्वरीको संचालकले बताएकी छन् ।

    सिमरन भारतको कानपुरमा बस्दा त्याहांका एक जना युवाले सिमरनको घर अगाडी आएर पटक पटक ब्ल्याक मेल गरेको र सिम्रनको लागि आफुले धेरै पैसा खर्च गरेको अब त्यसलाई उठाएर लैजाने बताउँदै आएको कुरा सिम्रनका ससुराले खुलाएका छन।

    त्यस्तै उक्त केटालाई ससुरा र बुहारीको २ वटा औंठी बेचेर २० हजार रुपैयाँ तिरेको बताएका छन। आफुले पहिले बुहारीलाई छोरीको जस्तै माया दिंदा पनि उनले माया चिन्न नसकेको र पटक पटक फोनमा धेरै मान्छे संग बोल्ने नगर भन्दा नमानेको कारण र भारतमा छिमेकिको अगाडी बेइज्जत हुने साथै बुहारीको जीवन रक्षा गर्न नेपाल पठाएको बताएका छन। सिम्रन परिवारवाट सम्पर्क विहिन भएको १९ दिन पुगीसकेको छ ।

    भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

    लामो समय भारतमा बसेका सिम्रन र उनका पति दुई महिना अघि मात्र नेपाल आएका हुन् । उनका श्रीमानले सिम्रन अत्याधिक मोवाइलमा भुल्ने र आफुले भन्दा पनि नमान्ने गरेको बताएका छन् । मोवाइलमा धेरै भुल्ने गरेका कारण उनीहरुकाबीच बेलाबेलामा झगडा समेत हुने गरेको थियो ।

    परिवारका सदस्यहरुले सिम्रन जहा भएपनि आफु यहाँ छु भनेर जानकारी मात्र गराए पनि आफुहरुले अब केही नभन्ने बताएका छन् । उनीहरुले उनी जोसंग बस्न चाहन्छिन् उसैसंग बस्न दिने पनि ससुराले बताए । सिम्रन पुषको १४ गतेवाट परिवारको सम्पर्कमा छैनन् । सम्पर्क विहिन हुनु अघिल्लो दिन पनि श्रीमान श्रीमतीका बिचमा मोवाइलमा धेरै भुल्ने गरेकै कारण सामान्य विवाद भएको श्रीमानले बताएका छन् ।

    सिम्रन हराउनु भन्दा एक दिन अगाडी जेठानी गीताको सहयोगमा एक जना गिताकै साथीको मन्टेश्वरीमा जागिर गर्ने भन्दै गएको भन्ने कुरा खुल्नमा आएको हो । सिमरन अहिले हराई रहंदा सबैले सिमरनलाई जहाँ भए पनि छिट्टै सम्पर्कमा आउन र परिवारलाई दुख नदिन आग्रह गरेका छन। गीता अर्थात सिमरनको जेठानीले सिमरन नेपाल मै बस्ने भए पछी अब उनीहरुको भविष्य राम्रो होस् भनेर उनलाई जागिर लगाउन आफुले सहयोग गरेको बताएकी छिन। थप प्रिन्सिपलको मुखबाट सुन्नुहोस।

    प्रतिकृया दिनुहोस्

    Loading...

    खुसीको खबर, झण्डै २ सातादेखि सम्पर्कविहीन पर्वतका युवा अमन सकुशल फेला

    बैकुण्ठ गिरी, अमेरिका । अमेरिकाको न्युयोर्क देखि बाल्टिमोर जादै गर्दा झण्डै २ सातादेखि बेपत्ता पर्वत...

    आगामी मे १९ तारिख न्यूयोर्कमा हुने नेपाल डे परेड सम्पन्न गर्न दोस्रो टाउनहल बैठक

    न्युयोर्क । आगामी मे १९ तारिखका दिन न्यूयोर्कको म्यान्हटनमा आयोजित नेपाल परेड सम्पन्न गर्नका लागि...

    खुसीको खबर, झण्डै २ सातादेखि सम्पर्कविहीन पर्वतका युवा अमन सकुशल फेला

    बैकुण्ठ गिरी, अमेरिका । अमेरिकाको न्युयोर्क देखि बाल्टिमोर जादै गर्दा झण्डै २ सातादेखि बेपत्ता पर्वत...

    जलजला गाउँपालिकाले वडा वडामा पुगेर जनताको गुनासो सुन्दै

    पर्वत । जिल्लाको जलजला गाउँपालिकाले वडा वडामा पुगेर जनताको गुनासो सुन्ने गरी सञ्चालन गरेको सार्वजनिक...

    विहादी गाउँपालिकाको सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधारमा सक्रियता

    पर्वत । सामुदायिक विद्यालयको गुणस्तर खस्किदै गएको छ । विद्यार्थीहरु दिन प्रतिदिन सामुदायिक विद्यालय छाडेर...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं