SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७६/१०/२ गते
    ७३० &#२३४६;&#२३३५;&#२३२५;

    गिता राना मगर, पोखरा । ब्यवशाय गरेर बचेको रकमलाई समाजसेवामा लगाउने उद्देश्यले धादिङ जन्मथलो भइ पोखरामा ब्यवशाय गर्दै आएका समाजसेवी युवराज खतिवडाले आफ्नो जन्मथलो निलकण्ठ नगरपालिका ५ फ्याक्से गाउमा नगद तीनलाख बरावरको सहयोग गरेका छन । ब्यवशाय मात्र नभइ सामाजिक काममा समेत योगदान संगै ग्रामीण भेगका किसान तथा ग्रामीण संस्कृती जोगाउने युवाहरुलाई प्रोत्साहन गर्नुपर्छ भन्ने उद्देश्यले खतिवडाले जन्मथलो निलकण्ठ नगरपालिका ५ फ्याक्सेमा रहेको चमेरे गुफा संरक्षण समाजलाई एक लाख एक हजार नगद सहयोग गरेका हुन ।

    गुफा संरक्षण समाज संगै खतिवडाले फ्याक्से गाउमा रहेको पञ्चकन्या मा. वि. लाई एक थान कम्प्युटर र दुई थान ल्यापटप, पाल्पाली पञ्चेबाजा समुहलाई १० हजार, राष्ट्रिय पञ्चेबाजा समुहलाई १० हजार, गोरुजुधाई महोत्सवमा सहभागीता जनाएका ६ हल गोरुलाई २४ हजार र बालकलाकार दीक्षा ठकुरीलाई २ हजार नगद सहयोग गरेका हुन । खतिवडाले विगतका वर्षहरुमा धादिङको विभिन्न भेगमा समाजिक काममा वर्षेनी लाखौ रकम सहयोग गर्दै आइरहेका छन ।

    सो अवसरमा वोल्दै समाजसेवी युवराज खतिवडाले आफुले जन्मेको हुर्केको ठाउलाई सवैले सहयोग गरेर बिकास गर्नतर्फ लाग्नुपर्ने वताउदै आफु जन्मेको साबिकको खाल्टे गाविस र हालको निलकण्ठ नगरपालिका वडा नम्बर ५ फ्याक्सेको बिकासका लागी ब्यवशाय गर्ने विदेशमा रहेकाहरुले सहयोग गर्नुपर्ने वताए । आफुले किसानहरुलाई प्रोत्साहन गर्ने गोरुजुधाई महोत्सवलाई विगतका वर्षहरुमा पनि सहयोग गर्दै आएको र यो पटक पनि सहयोग गरेको र यसले किसानहरुलाई प्रोत्साहन पुग्ने वताए ।

    स्थानिय पञ्चेवाजाहरु हराउदै गइरहदा त्यसलाई संरक्षण गर्न पनि आफुले सहयोगलाई निरन्तरता दिने र ग्रामीण भेगमा रहेको विद्यालयहरुमा प्राविधिक शिक्षा प्रदान गराउनका लागी सहज होस भन्ने अभिप्रायले कम्प्युटर प्रदान गरेको समेत वताए । सो अवसरमा गैर आवासिय नेपाली समाजका सह कोषाध्यक्ष धादिङ जन्मघर भइ हाल बेल्जियममा कार्यरत लोक प्रसाद दहालले समेत नगद १ लाख चमेरे गुफा संरक्षण समाजलाई प्रदान गर्दै धादिङको बिकासका लागि आफुले सक्दो सहयोग गर्ने प्रतिवद्धता ब्यक्त गरे ।

    भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

    चमेरे गुफा संरक्षण समाजका अध्यक्ष प्रीतम श्रेष्ठले सहयोगी दाताहरुलाई धन्यवाद दिदै आफ्नो समाज दाताहरुको सहयोगकै भरमा छैठौ संस्करणको गोरुजुधाई महोत्सव तथा सांस्कृतीक कार्यक्रम सम्म आइपुगेको वताए । चमेरे गुफा संरक्षण समाजले नीलकण्ठ ५ फ्याक्सेमा पर्यटन भित्रयाउनका लागी गोरु जुधाइ प्रतियोगिता संगै साविकको खाल्टे नीलकण्ठ १ र ५ मा रहेको चमेरे गुफा, हिरामोती गुफा, पातले होम स्टे र गुम्वा, घुमाउने डांडा र वर्षा याममा देखीने वेतिनी छांगो र पातले छांगोको प्रचार प्रसारमा समेत जोड दिदै आएको श्रेष्ठले वताए ।

    बाइसे चौबिसे राज्यको वेला बझांगे राजा जय पृथ्वी बहादुर सिंह तत्कालिन पञ्चायतको बेला नुवाकोट (मामाघर) पञ्चायतपछि टुक्रियर धादिङ बनेको र त्यसवेला यहा आएको वेला भान्जालाई खुसी बनाउन मामाहरुले गोरु जुधाएर देखएको र त्यसवेला देखी नुवाकोट र धादिङका विभिन्न ठाउमा गोरुजुधाई प्रतियोगिता हुदै आएको र इतिहासलाई जीवन्त राखी पछिल्लो समय ट्रयाक्टर भित्रिएपछि गोरुपाल्ने चलन हराएकाले गोरुपालनलाई समेत सहयोग पुगोस भन्ने अभिप्रायले विगत ६ वर्षदेखी गोरुजुधाउने प्रतियोगितालाई चमेरे गुफा समाजले महोत्सवको रुपमा आयोजना गर्दै आइरहेको छ ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    खुसीको खबर, झण्डै २ सातादेखि सम्पर्कविहीन पर्वतका युवा अमन सकुशल फेला

    बैकुण्ठ गिरी, अमेरिका । अमेरिकाको न्युयोर्क देखि बाल्टिमोर जादै गर्दा झण्डै २ सातादेखि बेपत्ता पर्वत...

    आगामी मे १९ तारिख न्यूयोर्कमा हुने नेपाल डे परेड सम्पन्न गर्न दोस्रो टाउनहल बैठक

    न्युयोर्क । आगामी मे १९ तारिखका दिन न्यूयोर्कको म्यान्हटनमा आयोजित नेपाल परेड सम्पन्न गर्नका लागि...

    खुसीको खबर, झण्डै २ सातादेखि सम्पर्कविहीन पर्वतका युवा अमन सकुशल फेला

    बैकुण्ठ गिरी, अमेरिका । अमेरिकाको न्युयोर्क देखि बाल्टिमोर जादै गर्दा झण्डै २ सातादेखि बेपत्ता पर्वत...

    जलजला गाउँपालिकाले वडा वडामा पुगेर जनताको गुनासो सुन्दै

    पर्वत । जिल्लाको जलजला गाउँपालिकाले वडा वडामा पुगेर जनताको गुनासो सुन्ने गरी सञ्चालन गरेको सार्वजनिक...

    विहादी गाउँपालिकाको सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधारमा सक्रियता

    पर्वत । सामुदायिक विद्यालयको गुणस्तर खस्किदै गएको छ । विद्यार्थीहरु दिन प्रतिदिन सामुदायिक विद्यालय छाडेर...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं