SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७६/९/२९ गते
    १५४१ &#२३४६;&#२३३५;&#२३२५;

    काठमाडौं ।युवा वर्गमा अहिले टिक–टक नामक एप्स निकै लोकप्रिय छ । १५ सेकेन्डसम्मकोे भिडियो बनाउन मिल्ने यसमा गीत र संवादमा अभिनयसमेत गर्न सकिन्छ । विश्वभर झन्डै १० करोड भन्दा बढी टिक–टक प्रयोगकर्ता रहेका छन् । टिकटक युवा पीढिमा निकै नै लोकप्रिय एप हो । घर–घरमा कलाकार छन् भन्ने कुरा टिक–टक नामक एपले ले प्रमाणित गरिदिएको छ ।

    सन् २०१६ देखि चीनबाट सुरु भएको टिकटक विश्वमा निकै लोकप्रिय छ । म्युजिकल्ली नामक एपबाट सुरु यस सोसल एप्लीकेसन सन् २०१८ मा टिकटकले किनेको हो । सबैभन्दा धेरै डाउनलोड हुने एप बनेको टिकटकमा तन्नेरीहरु बढी झुम्मिने गरेका छन् ।टिकटकमा गरेको अभिनयबाट धेरै व्यक्ति चर्चितसमेत भएका छन् । जमाना यस्तो आयो अब चर्चा र प्रसिद्धिका लागि कुनै ठूला संचारगृहको साथ जरुरी छैन ।

    भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

    त्यसो त ठूलो पर्दामा गनिएका कलाकार पनि टिकटकमा अभिनय गर्न रुचाउँछन् । टिकटकमा चर्चित चेहेरा अहिले म्युजिक भिडियो र फिल्ममा समेत देखिन थालेका छन् ।कुनै गीत हिट भएनभएको संकेत पनि टिकटकले दिन थालेको छ । जुन गीतको टिकटकमा बढी भिडियो बन्यो त्यो गीत त्यति नै लोकप्रिय मानिन्छ । तर जति यसको प्रयोगकर्ता बढेका छन् त्यती नै यसले जोखिमसमेत बढाएको छ । जो केहीलाई पनि फलो गर्न म्यासेज पढाउन मिल्ने भएका कारण यो साइवर वुलिङ्को अस्त्र समेत बन्न सक्छ । यसतर्फ पनि सचेत हुनै पर्छ ।

    टिकटक अहिले धेरै मानिसको पहिलो रोजाइको सोसल मिडिया प्लाटफर्म बनिरहेको छ । मानिसहरुमा टिकटको नसा चढिरहेको छ र यसको दुरुपयोग पनि भैरहेको छ । तर प्रविधि आफैमा खराब होइन । धेरै मानिसको समय बर्बाद गरिरहेको तथा लतमा फसाइरहेको टिकटले पछिल्लो समय एक जना युवकको परिवार उजाड भएको छ भन्दै रुँदै मिडियामा आएका छन् । टिकटक चलाउंदा श्रीमतीसंग सधै विवाद हुने गरेको बताउने उनले अहिले श्रीमती सम्पर्क बिहिन भएकी छन् । श्रीमती सम्पर्क बिहिन भएसंगै श्रीमान तनावमा रहेका छन् । एक च्यानललाइ अन्तर्वार्ता दिदै `उनले श्रीमती र आफ्नो सम्बन्धको बारेमा सबै कुरा खोलेका छन् जुन तलको भिडियोमा हेर्नुहोला

    प्रतिकृया दिनुहोस्

    Loading...

    खुसीको खबर, झण्डै २ सातादेखि सम्पर्कविहीन पर्वतका युवा अमन सकुशल फेला

    बैकुण्ठ गिरी, अमेरिका । अमेरिकाको न्युयोर्क देखि बाल्टिमोर जादै गर्दा झण्डै २ सातादेखि बेपत्ता पर्वत...

    आगामी मे १९ तारिख न्यूयोर्कमा हुने नेपाल डे परेड सम्पन्न गर्न दोस्रो टाउनहल बैठक

    न्युयोर्क । आगामी मे १९ तारिखका दिन न्यूयोर्कको म्यान्हटनमा आयोजित नेपाल परेड सम्पन्न गर्नका लागि...

    खुसीको खबर, झण्डै २ सातादेखि सम्पर्कविहीन पर्वतका युवा अमन सकुशल फेला

    बैकुण्ठ गिरी, अमेरिका । अमेरिकाको न्युयोर्क देखि बाल्टिमोर जादै गर्दा झण्डै २ सातादेखि बेपत्ता पर्वत...

    जलजला गाउँपालिकाले वडा वडामा पुगेर जनताको गुनासो सुन्दै

    पर्वत । जिल्लाको जलजला गाउँपालिकाले वडा वडामा पुगेर जनताको गुनासो सुन्ने गरी सञ्चालन गरेको सार्वजनिक...

    विहादी गाउँपालिकाको सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधारमा सक्रियता

    पर्वत । सामुदायिक विद्यालयको गुणस्तर खस्किदै गएको छ । विद्यार्थीहरु दिन प्रतिदिन सामुदायिक विद्यालय छाडेर...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं