SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७६/८/४ गते
    १७८३ &#२३४६;&#२३३५;&#२३२५;

    उदय अतीत स्याङ्जा:-
    स्याङ्जा महोत्सवको अाधार कृषि पर्यटन नै अार्थिक समृद्धिको पुर्वाधार भन्ने मुल नाराका साथ गण्डकी प्रदेशस्तरीय छैटौं स्याङ्जा महोत्सव स्याङ्जा उद्योग बाणिज्य संघले गर्ने भएको छ।  पौष चार गते देखि सोह्र गते सम्म चल्ने यो महोत्सवले कृषिलाई पहिलो प्राथमिकतामा राखेको छ। पोखरा देखि करीब ३५ किलोमिटर दक्षिणमा अवस्थित स्याङ्जा जिल्लाको मुटु मानिने रमणीय स्याङ्जा बजार सुन्दर नगरी पर्वत,गुल्मी,र पाल्पा समेतको पायक पर्ने स्याङ्जा जिल्लाकै प्रमुख व्यापारीक केन्द्र हो।

    यसै पृष्ठभूमिमा स्याङ्जा जिल्लाको उच्च पहिचान सहित समग्र जिल्लाको अार्थिक स्तर उन्नतिको लागि यश स्याङ्जा जिल्ला उद्योग बाणिज्य संघले २०७६साल पौष ४गते देखि १६ गते सम्म जिल्ला सदरमुकामस्थित पुतलीबजार नगरपालिका-१ श्रवणकुमार खेलमैदान (मालेबगर)मा छैटौं स्याङ्जा महोत्सव २०७६गर्न लागेको संघका अध्यक्ष बिक्रान्त कुमार श्रेष्ठ सुवर्णले जानकारी दिनु भयो।

    महोत्सवले समाजिक, बिकास,शिक्षा,स्वस्थ्य ,कृषि र पर्यटन क्षेत्रको प्रबन्द्रन गर्ने उद्देश्य रहेको यसै संघका उपाध्यक्ष महादेब श्रेष्ठले जानकारी दिनु भयो। महोत्सव अवधिभर ३ लाखदेखि ३ लाख ५० हजार दर्सकहरुले अवलोकन गर्ने र ८करोड बराबरको अार्थिक कारोबार हुने अनुमान संघले गरेको छ।

    स्याङ्जा महोत्सवमा कृषि र घरेलु उत्पादनलाई बढवा दिने उद्देश्यले २०० वटा व्यापारीक स्टल रहने छन भने २० वटा स्टल निशुल्क रुपमा उपलब्ध गराउने जानकारी पनि संघले दिएको छ। यश बर्षको महोत्सवमा १करोड १५ लाख १० हजार अाम्दानी गर्ने महोत्सव अवधिमा ६५ लाख ५० हजार खर्च हुने र ४९ लाख ६० हजार रुपैयाँ बचत हुने अपेक्षा संघले गरेको छ। महोत्सवमा प्रवेशको लागि साधारण टिकट रु ८० विद्यार्थीको लागि रु ५० र व्यक्तिगत स्थायी पासको लागि ५०० को दर टोकिएको संघले जानकारी दिएको छ।

    स्याङ्जाका ११ वटै पालिकाले महोत्सव लाई सहयोग गर्ने अपेक्षा गरिएको छ। महोत्सवमा कृषि मेला तथा पशुपंक्षी प्रदर्शनी,सुन्तला प्रदर्शनी,ताजा तरकारी प्रदर्शनी, अर्गानिक कफि प्रदर्शनी, माछा महोत्सव, पशुपंक्षी प्रदर्शनी तथा बिक्री कक्ष्य, अधुवा कृषक तथा कृषि बिशेषज्ञ बिचको अन्तरक्रिया कार्यक्रम, सुचना प्रविधि तथा शौक्षिक सामाग्री प्रदर्शनी, अटोमोवाईल प्रदर्शनी, पर्यटन मेला तथा फोटो प्रदर्शनी,हस्तकला प्रदर्शनी, साँस्कृतिक कार्यक्रम तथा भेष भुषा प्रदर्शनी, बिद्यालय स्तरीय नृत्य प्रतियोगिता, लोक दोहोरीगीत प्रतियोगिता, राष्ट्रिय ख्यातिप्राप्त कलाकारको प्रस्तुति, अौद्योगिक व्यापार मेला, बाल उद्यान हरु महोत्सवको अाकर्षणमा रहने संघले जानकारी दिएको छ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    माओवादी केन्द्र कोशी सरकारबाट बाहिरियो

    विराटनगर । नेकपा माओवादी केन्द्र कोशी प्रदेश सरकारबाट बाहिरिएको छ । शुक्रबार सरकारमा सहभागी मन्त्रीले...

    तीन महिनाभित्र बाँकी महसुल नतिरे फेरि उद्योगको लाइन काट्छौं : कुलमान घिसिङ

    काठमाडौं। नेपाल विद्युत प्राधिकरणका निर्देशक कुलमान घिसिङले तीन महिनाका लागिमात्र विद्युत महसुल नतिर्ने उद्योगको लाइन...

    आफन्तलाई आजै शव दिइने :सौर्य विमान दुर्घटना

    काठमाडौं । विमान दुर्घटनामा मृत्यु भएकाहरूको शवको पहिचान अन्तिम चरणमा पुगेको छ । त्रिवि शिक्षण...

    भोलि बेलुकासम्म पहिचान भएका शव आफन्तलाई दिन सकिन्छ : स्वास्थ्यमन्त्री पौडेल

    काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले सौर्य एयरलाइन्सको विमान दुर्घटनामा मृत्यु भएकाहरूको शव पहिचान...

    अपाङ्गमैत्री कानून निर्माणको मस्यौदा प्रदेश सरकारलाई हस्तान्तरण

    पोखरा। अपाङ्गमैत्री कानून निर्माणको मस्यौदा गण्डकी प्रदेश सरकारलाई हस्तान्तरण गरिएको छ । राष्ट्रिय अपाङ्गता महासंघ...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं