SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०८१/२/१२ गते
    ४०७ &#२३४६;&#२३३५;&#२३२५;

    बैकुण्ठ गिरी, अमेरिका ।

    नेपाली लोक दोहोरी क्षेत्रको एउटा ओझिलो नाम हो कृष्ण देवकोटा । उनै गायक तथा सर्जक कृष्ण देवकोटाले यसपाली भने बिल्कुलै फरक स्वादमा नया गित जाले रुमाल खस्योलाई बजारमा ल्याएका छन् ।

    नभन न मायाले चिन्दिन

    देख्न मन लाईरनी दिनदिन

    जाले रुमाल खस्यो

    जाले रुमाल खस्यो, कस्तो माया बस्यो

    देखम देखम हुनी, नदेखे मन रुनी । जस्ता शब्दहरुले गितमा माया पिरतीको कुरा प्रसस्त भएको बुझ्न सकिन्छ ।

    आफ्नै युटुव च्यानलमा भर्खरै मात्रै गित सार्वजनिक गर्दै गायक तथा सर्जक देवकोटाले गितले निकै राम्रो चर्चा पाएको र दर्शक श्रोताहरुले मन पराएको प्रतिकृया दिएका छन् ।

    गितको भिडियो सार्वजनिक भएपछि देवकोटाले सुचनाकेन्द्र डटकमसँग भने यो गितले मेरा बिगतका गितहरु जस्तै दर्शक श्रोतामा मनमा बस्न सफल हुने बताए ।

    देवकोटाले आफ्नै लय शब्दमा तयार पारेको गितमा गायीकाको रुपमा भने पछिल्लो समय कि सबैभन्दा ब्यस्त तथा चर्चित गायिका शान्ति श्री परियार रहेकी छन् ।

    जाले रुमाल खस्यो गितमा संगीत संयोजक, कमल सौरागको म्युजिक एरेन्ज, राजकुमार बगरको मिक्सिङ तथा मास्टरिङ रहेको छ भने भिडियोमा सरोज प्रजा राणा र बिना राउतको दमदार अभिनय देख्न सकिन्छ । गित देवकोटाको आफनै युटुव च्यानलमा हेर्न सकिन्छ ।

    गायक तथा सर्जक कृष्ण देवकोटाको गित जाले रुमाल खस्योलाई सुचनाकेन्द्र डटकमको तर्फबाट भब्य सफलताको शुभकाना ।

    यस्तो छ भिडियो ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    माओवादी केन्द्र कोशी सरकारबाट बाहिरियो

    विराटनगर । नेकपा माओवादी केन्द्र कोशी प्रदेश सरकारबाट बाहिरिएको छ । शुक्रबार सरकारमा सहभागी मन्त्रीले...

    तीन महिनाभित्र बाँकी महसुल नतिरे फेरि उद्योगको लाइन काट्छौं : कुलमान घिसिङ

    काठमाडौं। नेपाल विद्युत प्राधिकरणका निर्देशक कुलमान घिसिङले तीन महिनाका लागिमात्र विद्युत महसुल नतिर्ने उद्योगको लाइन...

    आफन्तलाई आजै शव दिइने :सौर्य विमान दुर्घटना

    काठमाडौं । विमान दुर्घटनामा मृत्यु भएकाहरूको शवको पहिचान अन्तिम चरणमा पुगेको छ । त्रिवि शिक्षण...

    भोलि बेलुकासम्म पहिचान भएका शव आफन्तलाई दिन सकिन्छ : स्वास्थ्यमन्त्री पौडेल

    काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले सौर्य एयरलाइन्सको विमान दुर्घटनामा मृत्यु भएकाहरूको शव पहिचान...

    अपाङ्गमैत्री कानून निर्माणको मस्यौदा प्रदेश सरकारलाई हस्तान्तरण

    पोखरा। अपाङ्गमैत्री कानून निर्माणको मस्यौदा गण्डकी प्रदेश सरकारलाई हस्तान्तरण गरिएको छ । राष्ट्रिय अपाङ्गता महासंघ...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं