SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०८०/११/२७ गते
    २७८ &#२३४६;&#२३३५;&#२३२५;

    गोबिन्द,पर्बत । तेस्रो ऐतिहासिक राष्ट्रिय मगर महोत्सवमा अन्तिम दिनमा भएको महोत्सवको आकर्षणका रूपमा रहेको मोफसलकै सवैभन्दा ठुलो पुरस्कार राशिको खुल्ला अन्तरपालिका पुरूष भलिवल प्रतियोगिता अन्तर्गतको उपाधि गलकोट नगरपालिकाले उचाल्यो । प्रतियोगिताको फाइनल भिडन्त कुश्मा नगरपालिका र गलकोट नगरपालिका बीच भएको निकै रोचक र प्रतिस्पर्धात्मक खेलमा गलकोट नगरपालिका ३-१ को रोमान्चक सेटमा बिजयी हुदै उपाधि उचाल्यो ।

    खेल निकै प्रतिस्पर्धात्मक र रोचक भएको थियो । बेस्ट अफ फाईपमा भएको खेलमा गलकोट नगरपालिकाले पहिलो सेट २५-१५ ले जित्यो भने दोस्रो सेट कुश्मा नगरपालिकाले ३०-२८ को घम्साघम्सीले जित निकाल्दा तेस्रो सेट भने गलकोट नगरपालिकाले २५-१७ ले जित हासिल गर्दा चौथो सेटपनि सहज तरिकाले गलकोट नगरपालिकाले उत्कृष्ट खेल खेल्दै २५-१८ को जित निकाल्दै तेस्रो राष्ट्रिय मगर महोत्सव खुल्ला अन्तरपालिका पुरूष भलिवल प्रतियोगिताको उपाधि उचाल्न सफल भयो ।

    यो जित संगै गलकोट नगरपालिकाले सर्बाधिक पुरस्कार २,०२,२२२/ (दुईलाख दुईहजार दुईसय बाईस रुपयाँ, सिल्ड मेडल र प्रमाणपत्र) हात पर्यो भने दोस्रो हुने कुश्मा नगरपालिकाले १,०१,१११/ (एकलाख एकहजार एकसय एघार रुपयाँ सिल्ड मेडल र प्रमाणपत्र) प्रप्त गर्यो । त्यस्तै तेस्रो स्थान भएको फलेबास नगरपालिकाले नगद ५०,१११/ (पचासहजार एकसय एघार रुपयाँ सिल्ड मेडल र प्रमाणपत्र) प्रप्त गरेको खेल संयोजक होम पुनले हाम्रो सूचना केन्द्र डटकम लाई जानकारी गराउनु भयो ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    जलजला गाउँपालिकाले वडा वडामा पुगेर जनताको गुनासो सुन्दै

    पर्वत । जिल्लाको जलजला गाउँपालिकाले वडा वडामा पुगेर जनताको गुनासो सुन्ने गरी सञ्चालन गरेको सार्वजनिक...

    विहादी गाउँपालिकाको सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधारमा सक्रियता

    पर्वत । सामुदायिक विद्यालयको गुणस्तर खस्किदै गएको छ । विद्यार्थीहरु दिन प्रतिदिन सामुदायिक विद्यालय छाडेर...

    गण्डकी प्रज्ञा–प्रतिष्ठानले ७ जना श्रष्टालाई सम्मान अर्पण गर्दै

    पोखरा । गण्डकी प्रदेशका विभिन्न क्षेत्रमा स्थापित बनिसकेका ७ जना श्रष्टा सम्मानित हुने भएका छन्...

    आज देशभरको मौसम कस्तो रहन्छ?

    पोखरा । देशका केही स्थानमा आज मंगलबार बदली र वर्षाको सम्भावना रहेको जल तथा मौसम...

    गण्डकीका मुख्यमन्त्रीले पाएको विश्वासको मतविरुद्ध सर्वोच्चमा कांग्रेस, २७ गते पेसी

    नेपाली कांग्रेसले गण्डकी प्रदेश सरकार विरुद्ध सर्वाेच्च अदालतमा मंगलबार रिट दर्ता गराएको छ । गण्डकीका...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं