SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०८०/११/२७ गते
    ११८ &#२३४६;&#२३३५;&#२३२५;

    गोबिन्द,पर्बत । ४२ औँ राष्ट्रिय मगर दिवसको अवसर पारेर पुन युवा क्लव पर्वतले  “कला संस्कृतिको सम्वद्र्धनमा ऐक्यवद्धता, खेल, व्यापार, कृषि तथा पर्यटन प्रवद्र्धनमा मुख्य प्रतिवद्धता” भन्ने मुल नाराका साथ शुरु गरिएको तेस्रो ऐतिहासिक राष्ट्रिय मगर महोत्सवको अन्तिम दिनमा भएको खुल्ला पालिका स्तरीय पुरूष प्रौढ भलिबल प्रतियोगिताको उपाधि पोखरा भेट्रान्सले उचालेको छ । भू.पु सैनिक कुश्मा र पोखरा भेट्रान्स बीच भएको फाईनल भिडन्तमा ३-२ को रोमान्चक सेटमा बिजय हासिल गर्दै पोखरा भेट्रान्सले उपाधि माथी कब्जा जमायो ।

    खेल निकै प्रतिस्पर्धात्मक र रोचक भएको थियो । बेस्ट अफ फाईपमा भएको खेलमा पोखरा भेट्रान्सले पहिलो सेट २५-१७ ले जित्यो भने दोस्रो सेट भू.पु सैनिक कुश्माले २५-१६ जित निकाल्दा तेस्रो सेट भने पोखरा भेट्रान्सले २५-१९ ले जित निकाल्दै गर्दा चौथो सेट भू.पु सैनिक कुश्माले  उत्कृष्ट खेल खेल्दै २५-१९ को जित निकाल्दै खेल २-२ सेटको बराबरीमा ल्याउन सफल भयो । अन्तिम तथा फईनल सेटमा भने पोखरा भेट्रान्सले १५-१० ले जित हासिल गर्दै तेस्रो राष्ट्रिय मगर महोत्सवको खुल्ला पालिका स्तरीय पुरूष प्रौढ भलिबल प्रतियोगिताको उपाधि उचाल्न सफल भयो।

    यो जित संगै पोखरा भेट्रान्सले ७७,७७७/(सतहत्तर हजार सात सय सतहत्तर, सिल्ड मेडल र प्रमाणपत्र) हात पर्यो भने दोस्रो हुने भू.पु सैनिक कुश्माले ४४,४४४/ चौवालिस हजार चारसय चौवालिस रुपयाँ, सिल्ड मेडल र प्रमाणपत्र) प्रप्त गरेको खेल संयोजक होम पुनले हाम्रो सूचना केन्द्र डटकम लाई जानकारी गराउनु भयो ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    जलजला गाउँपालिकाले वडा वडामा पुगेर जनताको गुनासो सुन्दै

    पर्वत । जिल्लाको जलजला गाउँपालिकाले वडा वडामा पुगेर जनताको गुनासो सुन्ने गरी सञ्चालन गरेको सार्वजनिक...

    विहादी गाउँपालिकाको सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधारमा सक्रियता

    पर्वत । सामुदायिक विद्यालयको गुणस्तर खस्किदै गएको छ । विद्यार्थीहरु दिन प्रतिदिन सामुदायिक विद्यालय छाडेर...

    गण्डकी प्रज्ञा–प्रतिष्ठानले ७ जना श्रष्टालाई सम्मान अर्पण गर्दै

    पोखरा । गण्डकी प्रदेशका विभिन्न क्षेत्रमा स्थापित बनिसकेका ७ जना श्रष्टा सम्मानित हुने भएका छन्...

    आज देशभरको मौसम कस्तो रहन्छ?

    पोखरा । देशका केही स्थानमा आज मंगलबार बदली र वर्षाको सम्भावना रहेको जल तथा मौसम...

    गण्डकीका मुख्यमन्त्रीले पाएको विश्वासको मतविरुद्ध सर्वोच्चमा कांग्रेस, २७ गते पेसी

    नेपाली कांग्रेसले गण्डकी प्रदेश सरकार विरुद्ध सर्वाेच्च अदालतमा मंगलबार रिट दर्ता गराएको छ । गण्डकीका...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं