SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०८०/९/१० गते
    ५८३ &#२३४६;&#२३३५;&#२३२५;

    बैकुण्ठ गिरी, सानफ्रान्नसिस्को ।

    बिगत बर्षहरुमा जस्तै यसबर्ष पनि अमेरिकाको पश्चिम क्षेत्र क्यालिफोर्निया सानफ्रानसिस्कोमा नेपाल परेड तथा बृहत बनभोज कार्यक्रम तय भए सँग संस्था सग जोडिएका नेतृत्वहरु आफ्नो तयारीमा लाग्न शुरु गर्नु भएको छ ।

    यस्तैमा गैर आवासीय नेपाली संघ एनआएनए अमेरिका पश्चिम क्षेत्रीय अध्यक्ष बिष्णु के.सि.(खत्री)को पहलमा कार्यक्रमलाई सफल बनाउने बिषयमा बृहत छलफल भएको छ ।

    छलफल कार्यक्रममा क्यालिफोर्निया NRNA च्यापटर अध्यक्ष हरि प्रसाद ओझा र आदिबासी जनजाति महासंघ  क्यालिफोर्निया अध्यक्ष प्रकाश लामा, जन जातिका संगठनका सल्लाकार डेबेन्द्र  श्रेष्ठ, तामाङ सोसाईटीका क्यालिफोर्नियाका अध्यक्ष सुरज पाखरिन    शेर लामा  लगायत बिभिन्न सघ सस्थाका प्रमुखहरुको सहभागीता भएको अध्यक्ष केसीले सुचना केन्द्र डटकमलाई बताउनु भएको छ ।

    उक्त छलफलमा  १४ अप्रिल २०२४ मा  नेपाल परेडलाई सन फ्रन्सिस्को शहर क्यालिफोर्नियामा गर्ने  निर्णय  सगै सिटीबाट नेपाल परेडको लागि प्रमिटको  ब्याबस्था गर्न क्यालिफोर्निया NRNA  च्यापटरले  अफिसियल काम  अगाडि  वढाई  सकेको छ बताईएको थियो ।

    नेपाल  परेड  डे  १४ अप्रिल  २०२४ गर्ने कुरामा प्रमुख  West coast regional committee chiar NRNA     क्यालिफोर्निया NRNA टिम र क्यालिफोर्निया  जनजाती महासघ टिम मिली  काम गर्ने साथै क्यालिफोर्निया रहेका  धेरै भन्दा धेरै सघ  सस्थालाई समेटेर अब  केही  दिनमा संयुत्त रुपमा कार्य बिभाजन गर्ने निर्णय भएको छ ।

    प्रमुख आयोजक  NRNA तर्फ बाट बिष्णु के० सी० ले गर्ने साथै जन जाति  महासघबाट तर्फबाट प्रकाश लामाले गर्ने गरी नेपाल परेड डेको बारेमा  छलफल गरी सवैजनाले आ-आफ्नो क्षेत्रबाट सहयोग गर्ने  गरी जिम्मेबार बिभागमा रही काम गर्ने गरी सहमती समेत गरिएको छ ।

    अमेरिकामा अबस्थित रहेका तथा देश परदेशमा रहेका सम्पुर्ण मिडिया कर्मी साथीहरु तथा संघ-संस्थाहरु लगाएत मान्यजन ज्युहरुलाई सहयोग तथा उपस्थित भई दिनु भई कार्यक्रम सफल वनाई दिनुहुन गैर आवासीय नेपाली संघ एनआएनए अमेरिका पश्चिम क्षेत्रीय अध्यक्ष बिष्णु के.सि.(खत्री) तथा क्यालिफोर्निया NRNA च्यापटर अध्यक्ष हरि प्रसाद ओझाले सयक्त रुपमा आग्रह समेत गर्नु भएको छ 

    प्रतिकृया दिनुहोस्

    Loading...

    जलजला गाउँपालिकाले वडा वडामा पुगेर जनताको गुनासो सुन्दै

    पर्वत । जिल्लाको जलजला गाउँपालिकाले वडा वडामा पुगेर जनताको गुनासो सुन्ने गरी सञ्चालन गरेको सार्वजनिक...

    विहादी गाउँपालिकाको सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधारमा सक्रियता

    पर्वत । सामुदायिक विद्यालयको गुणस्तर खस्किदै गएको छ । विद्यार्थीहरु दिन प्रतिदिन सामुदायिक विद्यालय छाडेर...

    गण्डकी प्रज्ञा–प्रतिष्ठानले ७ जना श्रष्टालाई सम्मान अर्पण गर्दै

    पोखरा । गण्डकी प्रदेशका विभिन्न क्षेत्रमा स्थापित बनिसकेका ७ जना श्रष्टा सम्मानित हुने भएका छन्...

    आज देशभरको मौसम कस्तो रहन्छ?

    पोखरा । देशका केही स्थानमा आज मंगलबार बदली र वर्षाको सम्भावना रहेको जल तथा मौसम...

    गण्डकीका मुख्यमन्त्रीले पाएको विश्वासको मतविरुद्ध सर्वोच्चमा कांग्रेस, २७ गते पेसी

    नेपाली कांग्रेसले गण्डकी प्रदेश सरकार विरुद्ध सर्वाेच्च अदालतमा मंगलबार रिट दर्ता गराएको छ । गण्डकीका...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं