SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०८०/७/२४ गते
    ५६० &#२३४६;&#२३३५;&#२३२५;

    गोबिन्द, कुश्मा । जिल्ला ह्याण्डबल संघ पर्वतले शुभ दिपावली, छठ, म्हः पूजालगायतका चाडपर्वको सन्दर्भ पारेर शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रमको आयोजना गरेको छ । कार्यसमिति सदस्यहरुका बीचमा सम्पन्न गरिएको कार्यक्रममा जिल्ला ह्याण्डबल संघका अध्यक्ष राजेन्द्र पहाडीले संघको तर्फबाट सबै पदाधिकारी तथा सदस्यहरुलाई एक एक सेट टर्‍याक सुट प्रदान गर्नुभयो । शुभकामना आदानप्रदान कार्यक्रममा बोल्नुहुने सबैजसो बक्ताहरुले जिल्लाको ह्याण्डबल खेललाई व्यवस्थित बनाउन स्थानीय निकायहरुसँग सहकार्य गरेर अघि बढ्नुपर्ने आवश्यकता रहेको बताउनुभयो ।

    ह्याण्डबल खेललाई विद्यालय तहबाट नै माथि उठाउन पहल गर्न स्थानीय युवाक्लब तथा संघ संस्थाहरुले पनि ध्यान पुराउनुपर्ने कुरामा बक्ताहरुको जोड रहेको थियो । सदरमुकाम क्षेत्रमा ह्याण्डबलका लागि उपयुक्त खेल मैदानको अभावले समस्या सिर्जना गरेकोले यस बारेमा जिल्ला खेलकुद विकास समितिसँग सहकार्य गरेर उपयुक्त विकल्प खोज्नुपर्ने आवश्यकतामाथि पनि चर्चा भएको थियो । आज नै जिल्ला ह्याण्डबल संघ पर्वतको कार्यसमिति बैठक पनि सम्पन्न भएको छ । केही वर्ष अघि गठन भएको जिल्ला ह्याण्डबल संघ पर्वतले विदेशी प्रशिक्षक ल्याएर साताब्यापी प्रशिक्षण कार्यक्रम पनि सम्पन्न गरेको थियो भने पर्वतका ह्याण्डबल खेलाडीहरुले गण्डकी प्रदेशस्तरीय प्रतियोगितामा पनि सहभागिता जनाएका थिए ।

    जिल्लाभित्र ह्याण्डबल खेललाई प्रभावकारी ढंगले अगाडि बढाउनका लागि स्थायी प्रशिक्षक नहुनु, उपयुक्त खेल मैदानको अभाव तथा आर्थिक साधनस्रोतको अभाव रहेको संघका अध्यक्ष राजेन्द्र पहाडीले हाम्रो “सूचनाकेन्द्र डटकम” लाई जानकारी दिनुभयो । प्रतिकुलतालाई अनुकुलतामा बदल्दै ह्याण्डबल खेललाई जिल्लाव्यापी बनाउन संघले हरदम पर्यत्न गरिरहेको संघका उपाध्यक्ष ज्ञानेन्द्रकुमार जोशीको मत रहेको छ । संघका अनुसार पर्वत जिल्ला ह्याण्डबल संघले निकट समयमा नै जिल्लाका तीनवटा पालिकामा पालिकास्तरीय ह्याण्डबल संघ गठन गर्न लागिरहेको छ ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    खुसीको खबर, झण्डै २ सातादेखि सम्पर्कविहीन पर्वतका युवा अमन सकुशल फेला

    बैकुण्ठ गिरी, अमेरिका । अमेरिकाको न्युयोर्क देखि बाल्टिमोर जादै गर्दा झण्डै २ सातादेखि बेपत्ता पर्वत...

    आगामी मे १९ तारिख न्यूयोर्कमा हुने नेपाल डे परेड सम्पन्न गर्न दोस्रो टाउनहल बैठक

    न्युयोर्क । आगामी मे १९ तारिखका दिन न्यूयोर्कको म्यान्हटनमा आयोजित नेपाल परेड सम्पन्न गर्नका लागि...

    खुसीको खबर, झण्डै २ सातादेखि सम्पर्कविहीन पर्वतका युवा अमन सकुशल फेला

    बैकुण्ठ गिरी, अमेरिका । अमेरिकाको न्युयोर्क देखि बाल्टिमोर जादै गर्दा झण्डै २ सातादेखि बेपत्ता पर्वत...

    जलजला गाउँपालिकाले वडा वडामा पुगेर जनताको गुनासो सुन्दै

    पर्वत । जिल्लाको जलजला गाउँपालिकाले वडा वडामा पुगेर जनताको गुनासो सुन्ने गरी सञ्चालन गरेको सार्वजनिक...

    विहादी गाउँपालिकाको सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधारमा सक्रियता

    पर्वत । सामुदायिक विद्यालयको गुणस्तर खस्किदै गएको छ । विद्यार्थीहरु दिन प्रतिदिन सामुदायिक विद्यालय छाडेर...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं