SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०८०/३/१७ गते
    ७२२ &#२३४६;&#२३३५;&#२३२५;

    काठमाण्डाै‌ ।

    गएको मंगलबार आकस्मिक तवरबाट काठमाडौ उत्रिएका चिनियाँ कम्पनी अलिबाबा ग्रुपका संस्थापक तथा कार्यकारी अध्यक्ष ज्याक मा नेपाल रहँदा कालिमाटीको तरकारी बजार, स्वयम्भूको दर्शनदेखि परम्परागत चिनियाँ पाहुनाले नछुटाउने भक्तपुरको भ्रमणलाई पनि छुटाएनन् ।

    कांग्रेस नेता प्रतिनिधिसभा सदस्य एवं चौधरी ग्रुपका संस्थापक विनोद चौधरीका छोरा निर्वाण चौधरीको निमन्त्रणामा नेपाल आएका मा बुधबार निकै व्यस्त रहे । चौधरी ग्रुपकै संयोजनमा उच्च राजनैतिक तथा प्रशासनिक भेटघाट गरेका थिए ।

    परम्परागत चिनियाँ शैलीमा रमाउने माले गरेका उच्च राजनैतिक तथा प्रशासनिक भेटघाट निकै गोप्य रह्यो । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र अर्थमन्त्री डा. प्रकाशशरण महतसँग भेट्ने उनको धोको भने अधुरो रह्यो । सत्ता जोगाउने र बजेट पास गर्नैपर्ने बाध्यतामा रहेका प्रधानमन्त्री दाहाल र अर्थमन्त्री महतले मालाई भेट्ने समय दिन सकेनन् ।

    ज्याक माको स्वामित्वमा रहेको अलिबाबा ग्रुपको नेपालमा दराज नामक अनलाइन इ-कमर्श प्लेटफर्म मात्रै सञ्चालनमा रहेको भएपनि उनले नेपालमा थप लगानी गर्नसक्ने र काम गर्न सकिने सम्भावनाको क्षेत्रबारे जानकारी लिएको बताइन्छ ।

    खासगरी नेपालको कृषि व्यवसायमा लगानी बढाउने विषयमा माले चासो राखेको चौधरी ग्रुप निकट स्रोतको दाबी छ । नेपालको राजनैतिक र प्रशासनिक क्षेत्रले उनको रूचि भएको क्षेत्रमा कसरी काम अगाडि बढाउन सक्छन् र त्यसमा के-कस्तो सहयोग हुनसक्छ भन्ने विषयमा केन्द्रित रहेको बताइन्छ ।

    नेपालका पहाडी र उच्च पहाडी क्षेत्रमा हुने कोदोलाई सुपर फुडको रूपमा विश्वबजारमा कसरी लैजान सकिएला भन्ने माको चासो रहेको बताइन्छ । नेपालमा हेयको दृष्टिकोणले हेरिने कोदोलाई संयुक्त राष्ट्रसंघले भने सुपर फुडको रूपमा घोषणा गर्दै त्यसलाई प्रवर्द्धन गर्ने प्रयास अगाडि बढाइसकेको छ ।

    यस्तो अवस्थामा नेपालमा यथेष्ट उत्पादन हुने कोदोको उत्पादनलाई व्यवसायीक तवरले उत्पादन बढाउने र त्यसलाई डिजिटल प्लेटफर्म मार्फत नै विश्वबजारमा पुर्‍याउने रणनीति माको रहेको बताइन्छ ।

    निजी भ्रमणका लागि बन्दै काठमाडौ आइपुगेका उनी बिहीबार मध्याह्न हङकङ बिजनेस एभिएसनको चार्टड विमान मार्फत पाकिस्तान पुगिसकेका छन् । उनी ७ जनाको टोली सहित काठमाडौ आएका थिए । नेपालमा उनको भ्रमणको व्यवस्थापन चौधरी ग्रुपका निर्वाण चौधरीले गरेका थिए ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    खुसीको खबर, झण्डै २ सातादेखि सम्पर्कविहीन पर्वतका युवा अमन सकुशल फेला

    बैकुण्ठ गिरी, अमेरिका । अमेरिकाको न्युयोर्क देखि बाल्टिमोर जादै गर्दा झण्डै २ सातादेखि बेपत्ता पर्वत...

    आगामी मे १९ तारिख न्यूयोर्कमा हुने नेपाल डे परेड सम्पन्न गर्न दोस्रो टाउनहल बैठक

    न्युयोर्क । आगामी मे १९ तारिखका दिन न्यूयोर्कको म्यान्हटनमा आयोजित नेपाल परेड सम्पन्न गर्नका लागि...

    खुसीको खबर, झण्डै २ सातादेखि सम्पर्कविहीन पर्वतका युवा अमन सकुशल फेला

    बैकुण्ठ गिरी, अमेरिका । अमेरिकाको न्युयोर्क देखि बाल्टिमोर जादै गर्दा झण्डै २ सातादेखि बेपत्ता पर्वत...

    जलजला गाउँपालिकाले वडा वडामा पुगेर जनताको गुनासो सुन्दै

    पर्वत । जिल्लाको जलजला गाउँपालिकाले वडा वडामा पुगेर जनताको गुनासो सुन्ने गरी सञ्चालन गरेको सार्वजनिक...

    विहादी गाउँपालिकाको सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधारमा सक्रियता

    पर्वत । सामुदायिक विद्यालयको गुणस्तर खस्किदै गएको छ । विद्यार्थीहरु दिन प्रतिदिन सामुदायिक विद्यालय छाडेर...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं