SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७९/८/६ गते
    ५१० &#२३४६;&#२३३५;&#२३२५;

    काठमाडौं । शेरबहादुर देउवा नेतृत्वको १९ सदस्यीय मन्त्रिपरिषद्का धेरै मन्त्री प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणनामा पछाडि परेका छन् । डडेल्धुराबाट उम्मेदवार रहेका प्रधानमन्त्री देउवा सुरक्षित छन् भने मन्त्रीहरुमध्ये पम्फा भुसाल र उमेश श्रेष्ठ प्रतिस्पर्धी भन्दा धेरै पछि परेका छन् ।

    प्रधानमन्त्री सुरक्षित रुपमा अगाडि

    डडेल्धुराबाट प्रतिस्पर्धा गरिरहेका प्रधानमन्त्री शेरबहादुर देउवा सुरक्षित अवस्थामा छन् । उनले निकटतम प्रतिस्पर्धी सागर ढकालको तुलनामा करिब दोब्बर मत ल्याएका छन् । पछिल्लो मत परिणाम अनुसार देउवाले ६ हजार ८८० मत ल्याउँदा ढकालले ३ हजार ६६६ मत मात्रै ल्याएका छन् ।

    गृहमन्त्री बालकृष्ण खाँड झिनो मतले पछाडि

    गृहमन्त्री बालकृष्ण खाँड रुपन्देही-३ मा झिनो मतान्तरले राप्रपा उम्मेदवार दीपक बोहराभन्दा पछाडि परेका छन् । बोहराले ४ हजार १७० मत ल्याउँदा उनले ३ हजार ९१९ मत पाएका छन् । उनीहरुबीच चर्को प्रतिस्पर्धा हुने देखिन्छ ।

    ऊर्जामन्त्री पम्फा भुसाल तेस्रो स्थानमा

    ललितपुर-३ बाट माओवादी केन्द्रकी उम्मेदवार मन्त्री भुसाल तेस्रो स्थानमा छिन् । उनले २ हजार ५४१ मत ल्याउँदा पहिलो स्थानमा रहेकी राष्ट्रिय स्वतन्त्र पार्टीकी डा. तोसिमा कार्कीले ५ हजार ८२७ मत ल्याएकी छन् । नेकपा एमालेका अमृत खड्का ४ हजार ४३३ मतसहित दोस्रो स्थानमा छन् ।

    खानेपानीमन्त्री उमाकान्त चौधरी कठिन अवस्थामा

    बारा-१ बाट कांग्रेस उम्मेदवार चौधरीलाई एमालेका अच्युतप्रसाद मैनालीले फराकिलो मतान्तरले उछिनेका छन् । मैनालीले ६ हजार ६६१ मत पाउँदा चौधरीले ४ हजार ९३९ मत मात्रै पाएका छन् ।

    परराष्ट्रमन्त्री नारायण खड्का झिनो मतले अगाडि

    उदयपुर-१ बाट कांग्रेस उम्मेदवार नारायण खड्का झिनो मतान्तरले अगाडि छन् । उनले २ हजार ५३४ मत ल्याउँदा एमालेकी मञ्जुकुमारी चौधरीले २ हजार २९० मत पाएकी छन् ।

    उद्योगमन्त्री दिलेन्द्र बडु तीन सय मतले अगाडि

    दार्चुलाबाट उम्मेदवार बनेका बडुसँग एमालेका गणेशसिंह ठगुन्नाले प्रतिस्पर्धा गरिरहेका छन् । बडुले २ हजार ६८४ मत ल्याउँदा ठगुन्नाले २ हजार ३३८ मत पाएका छन् ।

    शिक्षामन्त्री देवेन्द्र पौडेल एक हजार मतले अगाडि

    बागलुङ-२ बाट प्रतिस्पर्धा गरिरहेका मन्त्री पौडेल एमालेकी मञ्जु शर्माभन्दा करिब एक हजार मतले अगाडि छन् । पौडेलले अहिलेसम्म ४ हजार ८३९ मत पाएकोमा शर्माले ३ हजार ९१८ मत पाएकी छन् ।

    युवा तथा खेलकुदमन्त्री महेश्वर गहतराज दोस्रो स्थानमा

    बाँके-१ बाट उम्मेदवार बनेका नेकपा माओवादी केन्द्रका नेता महेश्वर गहतराज दोस्रो स्थानमा छन् । एमालेका सूर्यप्रसाद ढकालले ४ हजार ११६ मतसहित अग्रता लिइरहेका छन् । गहतराजको ३ हजार १५४ मत छ ।

    पर्यटनमन्त्री जीवनराम श्रेष्ठ तेस्रो स्थान जोगाउन प्रयासरत

    काठमाडौं-८ बाट एकीकृत समाजवादीका उम्मेदवार जीवनराम श्रेष्ठले नेकपा एमालेका शिवसुन्दर राजवैद्यसँग प्रतिस्पर्धा गरेर तेस्रो स्थानका लागि छन् । दोस्रो स्थानमा रहेका सुमन सायमीले उनले भन्दा २ हजार २०० मतले नेतृत्व गरेर ४ हजार ६१३ मत पाएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीका विराजभक्त श्रेष्ठ ६ हजार १०९ मतका साथ पहिलो स्थानमा छन् । श्रेष्ठको २ हजार ४०१ मत मात्रै छ ।

    सहरी विकासमन्त्री मेटमणि चौधरी अगाडि

    एकीकृत समाजवादीका मेटमणि चौधरीले दाङ-१ मा एमालेकी शान्ता चौधरीसँग प्रतिस्पर्धा गरिरहेका छन् । मेटमणिले २ हजार ३६ मत पाउँदा शान्ताले १ हजार ३०१ मत ल्याएकी छन् ।

    श्रममन्त्री शेरबहादुर कुँवर झिनो मतले अगाडि

    एकीकृत समाजवादीका शेरबहादुर कुँवरले अछाम-१ मा एमालेका झपटबहादुर बोहरासँग प्रतिस्पर्धामा पहिलो स्थानमा छन् । कुँवरले १ हजार ९३१ मत ल्याउँदा बोहराले १ हजार ४५० मत ल्याएका छन् ।

    राज्यमन्त्री उमेश श्रेष्ठ दोस्रो स्थानमा

    चितवन-२ बाट प्रतिस्पर्धा गरिरहेका उमेश श्रेष्ठ अहिले दोस्रो स्थानमा छन् र रवि लामिछानेलाई २०० मतले उछिनेका छन् । अहिलेसम्म पहिलो स्थानमा रहेका एमालेका कृष्णभक्त पोखरेलले ३ हजार ६२३ मत ल्याएका छन् । श्रेष्ठले ३ हजार २१६ मत ल्याएका छन् भने लामिछानेको २ हजार ९७८ मत छ ।

    अहिलेको मन्त्रिपरिषद्मा रहे पनि महिला तथा बालबालिकामन्त्री उमा रेग्मी, भूमि व्यवस्थामन्त्री शशी श्रेष्ठ, स्वास्थ्यमन्त्री भवानीप्रसाद खापुङ, शिक्षा राज्यमन्त्री बोधमाया कुमारी यादव र स्वास्थ्य राज्यमन्त्री हीराचन्द्र केसी प्रतिस्पर्धामा छैनन् । अर्थमन्त्री जनार्दन शर्माको मतगणना मंगलबार मात्र सुरु भएको छ । यहाँको मत परिणाम सार्वजनिक भएको छैन ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    पर्वत कुश्माका २२ बर्षिय अमन, न्युयोर्कबाट मेरिल्याण्ड जादै गर्दा शनिबारदेखि बेपत्ता

    बैकुण्ठ गिरी, अमेरिका । झण्डै डेढ बर्ष अगाडि अमेरिका न्युयोर्कमा बस्दै आएका २२ बर्षीय पर्वत...

    पर्वतका मल्लको अमेरिकामा रिगंटा लागेर ढल्दा मृत्यु, सहयोगका लागि गोफण्ड

    पुनम बसेल, न्युयोर्क । १ वर्ष अगाडी वैदेशिक रोजगारको शिलशिलामा अनेक चुनौती र कठिनाइ पार...

    पर्वत कुश्माका २२ बर्षिय अमन, न्युयोर्कबाट मेरिल्याण्ड जादै गर्दा शनिबारदेखि बेपत्ता

    अमेरिका । झण्डै डेढ बर्ष अगाडि अमेरिका न्युयोर्कमा बस्दै आएका २२ बर्षीय पर्वत कुश्माका युवा...

    वान टेकमा चर्चित सर्जक तथा गायक विमलराजको यर्थातपरक गीत ‘बैंक भरी धन’

    काठमाडौँ । बैंक भरी धन भरेर अस्पतालमा भर्ना हुनु भन्दा त लखर लखर हिँडेकै आनन्द,...

    युरोपेली देश क्रोएसियामा पर्वत समाज गठन, अध्यक्षमा सापकोटा

    क्रोएसिया । युरोपेली देश क्रोएसियामा रोजगारीको लागि आएका युवाहरुले पर्वत समाज क्रोएसिया गठन गरेका छन्...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं