SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७९/१/१६ गते
    १६३३ &#२३४६;&#२३३५;&#२३२५;

    कृष्णनगर, ।

    कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिका वडा नं ३ कृष्णनगर हेल्थ पोष्टको हलमा कृष्णनगर नगरपालिकाको आयोजना, युनिसेफ नेपाल फिल्ड कार्यालय भैरहवाको सहयोगमा विद्यालय हरूमा गुनासो सुनवाई संयन्त्रको प्रभावकारिता पुनरावलोकन गर्न कृष्णनगर नगरपालिका भित्रका शिक्षकहरु संग एक दिने छलफल कार्यक्रम सम्पन्न भएको छ ।

    कार्यक्रमको अध्यक्षता कृष्णनगर नगरपालिका शिक्षा शाखा प्रमुख शिक्षा अधिकृत बलराम पन्थी, अतिथिमा युनिसेफ नेपालका प्रतिनिधि माधव बराल रहनुभयो ।

    कार्यक्रममा बाल संरक्षण, बाल संरक्षण प्रवर्द्धन, बाल सहभागिता लगायतको बिषयमा युनिसेफ नेपालका माधव बरालले प्रकाश पारे साथै गुनासो सुनुवाइ के हो? गुनासो सुनुवाइको प्रक्रिया, सिफारिश तथा गोप्यनियता, गुनासो सुनुवाइको अभिलेख कसरी राख्ने, गुनासो सुनुवाइ सम्बनधमा स्थानीय तहको भूमिका लगायत कार्यक्रममा सहभागी हरूबाट उठेका जिज्ञासा हरूलाई बलराम पन्थीले सहजीकरण गर्नु भएको थियो ।

    कार्यक्रममा २५ जनाको सहभागिता रहेको थियो l कार्यक्रम संचालन तथा अन्य व्यवस्थापनको भूमिका कृष्णनगर नगरपालिका महिला तथा बाल बालिका शाखा प्रमुख थुमा देवी उपाध्यायले गर्नुभयो l

    प्रतिकृया दिनुहोस्

    Loading...

    खुसीको खबर, झण्डै २ सातादेखि सम्पर्कविहीन पर्वतका युवा अमन सकुशल फेला

    बैकुण्ठ गिरी, अमेरिका । अमेरिकाको न्युयोर्क देखि बाल्टिमोर जादै गर्दा झण्डै २ सातादेखि बेपत्ता पर्वत...

    आगामी मे १९ तारिख न्यूयोर्कमा हुने नेपाल डे परेड सम्पन्न गर्न दोस्रो टाउनहल बैठक

    न्युयोर्क । आगामी मे १९ तारिखका दिन न्यूयोर्कको म्यान्हटनमा आयोजित नेपाल परेड सम्पन्न गर्नका लागि...

    खुसीको खबर, झण्डै २ सातादेखि सम्पर्कविहीन पर्वतका युवा अमन सकुशल फेला

    बैकुण्ठ गिरी, अमेरिका । अमेरिकाको न्युयोर्क देखि बाल्टिमोर जादै गर्दा झण्डै २ सातादेखि बेपत्ता पर्वत...

    जलजला गाउँपालिकाले वडा वडामा पुगेर जनताको गुनासो सुन्दै

    पर्वत । जिल्लाको जलजला गाउँपालिकाले वडा वडामा पुगेर जनताको गुनासो सुन्ने गरी सञ्चालन गरेको सार्वजनिक...

    विहादी गाउँपालिकाको सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधारमा सक्रियता

    पर्वत । सामुदायिक विद्यालयको गुणस्तर खस्किदै गएको छ । विद्यार्थीहरु दिन प्रतिदिन सामुदायिक विद्यालय छाडेर...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं