SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७९/१/१५ गते
    ६४५ &#२३४६;&#२३३५;&#२३२५;

    काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले चुनावका बेला पार्टीका सबै कार्यकर्ताले पार्टीको निर्णय मान्नुको विकल्प नभएको बताएका छन् । कतिपय नेता कार्यकर्ता अन्यायमा परेको भन्दै थापाले तर अहिले पार्टीको निर्णय मान्नुको विकल्प नभएको बताएका हुन् ।

    ‘पार्टी एउटा निर्णय गरेर चुनावमा होमिन्छ, चुनावअघि मतभेद हुन्छ, चुनावपछि पनि मतभेद हुन्छ तर चुनावका बेला पार्टीको निर्णय मान्नुपर्छ’ बुधबार पार्टीको सम्पर्क मञ्चले आयोजना गरेको कार्यक्रममा उनले भने ।

    उनले स्वतन्त्र उम्मेदवारी दिएकाहरुलाई फिर्ता लिन पनि आग्रह गरे । ‘स्वतन्त्र उम्मेदवारी दिने साथीहरुलाई म विनित भएर अनुरोध गर्न चाहन्छु, हामीसँग दुई दिन समय छ, तपाईहरुको अन्यायको हिसाब किताब हुन्छ, त्यो अन्यायको क्षतिपूर्ति हुने गरी निर्णय गर्ने ठाउँसम्म पुर्‍याउँछु’ महामन्त्री थापाले भने ।

    उनले पार्टीमा लामो योगदान गरेका नेता कार्यकर्ताले पार्टीको निर्णय उल्लंघन गरेपछि फेरि फर्किने ठाउँ नहुने बताए । ‘पार्टीको निर्णय उल्लंघन गर्नेहरु फर्केर आउने ठाउँ हुँदैन, त्यसपछि पार्टीको यात्रा अघि बढाउने कुरा गह्रो हुन्छ’ उनले भने, ‘अघिल्लो पटक बागी उम्मेदवारी दिएकाहरुलाई हामीले टिकट दिन सकेनौं, किनभने उहाँहरुको अहिलेसम्म कारबाही फकुुवा भएको छैन ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    पर्वतका मल्लको अमेरिकामा रिगंटा लागेर ढल्दा मृत्यु, सहयोगका लागि गोफण्ड

    पुनम बसेल, न्युयोर्क । १ वर्ष अगाडी वैदेशिक रोजगारको शिलशिलामा अनेक चुनौती र कठिनाइ पार...

    पर्वत कुश्माका २२ बर्षिय अमन, न्युयोर्कबाट मेरिल्याण्ड जादै गर्दा शनिबारदेखि बेपत्ता

    अमेरिका । झण्डै डेढ बर्ष अगाडि अमेरिका न्युयोर्कमा बस्दै आएका २२ बर्षीय पर्वत कुश्माका युवा...

    वान टेकमा चर्चित सर्जक तथा गायक विमलराजको यर्थातपरक गीत ‘बैंक भरी धन’

    काठमाडौँ । बैंक भरी धन भरेर अस्पतालमा भर्ना हुनु भन्दा त लखर लखर हिँडेकै आनन्द,...

    युरोपेली देश क्रोएसियामा पर्वत समाज गठन, अध्यक्षमा सापकोटा

    क्रोएसिया । युरोपेली देश क्रोएसियामा रोजगारीको लागि आएका युवाहरुले पर्वत समाज क्रोएसिया गठन गरेका छन्...

    अर्थको अडान लिएका माओवादी नेता साहले स्वीकारे वन मन्त्रालय

    जनकपुरधाम । मधेश सरकारमा गत वैशाख ६ गते बिना विभागीय मन्त्रीको रुपमा शपथ लिएका माओवादी...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं