SuchanaKendra

  • Radio Kushum


    सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७८/१२/२५ गते
    ८६६ &#२३४६;&#२३३५;&#२३२५;

    काठमाडौं । लखनउ सुपर जायन्ट्सले इन्डियन प्रिमियर लिग (आईपीएल) मा बिहीबार राती दिल्ली क्यापिटल्सलाई ६ विकेले पराजित गरेको छ । आईपीएलको नयाँ टिम लखनउले यस सिजन उत्कृष्ट प्रदर्शन कायम राख्दै ४ मध्ये तेस्रो खेल जितेको हो ।

    मुम्बईमा भएको खेलमा दिल्लीले दिएको १५० रनको लक्ष्य लखनउले दुई बल अगावै ४ विकेट गुमाएर पूरा गर्यो ।

    लखनउको जितमा ओपनर क्विन्टन डी ककले सर्वाधिक ८० रन बनाए । ५२ बल खेलेका उनले ९ चौका र २ छक्का प्रहार गरे । कप्तान केएल राहुलले २४ रन बनाए भने क्रुनाल पाण्ड्या १९ र आयुष बदोनी १० रनमा अविजित रहे ।दिल्लीका कुलदीप यादवले २ विकेट लिए ।

    त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको दिल्लीले २० ओभरमा ३ विकेट गुमाएर १४९ रन बनाएको थियो ।

    दिल्लीका लागि ओपनर पृथ्वी शले ३४ बल खेल्दै ९ चौका र २ छक्का मद्दतमा सर्वाधिक ६१ रन बनाए । ८ वर्षपछि दिल्लीमा फर्केका अष्ट्रेलियन डेभिड वार्नरले यस सिजन पहिलो खेल खेल्दै १२ बलमा ४ रन बनाएर आउट भए ।

    कप्तान ऋषव पन्तले अविजित ३९ रन जोड्दा सर्फराज खान ३६ रनमा अविजित रहे । लखनउका रवी बिशोईले २ तथा कृषनप्पा गोथामले १ विकेट लिए ।

    जितपछि ४ खेलबाट ६ अंक जोडेको लखनउ दोस्रो स्थानमा उक्लेको छ । ६ अंक नै रहेको कोलकता नाइट राइटर्ड नेट रनरेटमा अगाडि रहँदै शीर्ष स्थानमा छ ।

    तीन खेलमा दोस्रो हार बेहोरेको दिल्ली २ अंकसहित सातौं स्थानमा छ ।

     

    प्रतिकृया दिनुहोस्

    Loading...

    पर्वत कुश्माका २२ बर्षिय अमन, न्युयोर्कबाट मेरिल्याण्ड जादै गर्दा शनिबारदेखि बेपत्ता

    बैकुण्ठ गिरी, अमेरिका । झण्डै डेढ बर्ष अगाडि अमेरिका न्युयोर्कमा बस्दै आएका २२ बर्षीय पर्वत...

    पर्वतका मल्लको अमेरिकामा रिगंटा लागेर ढल्दा मृत्यु, सहयोगका लागि गोफण्ड

    पुनम बसेल, न्युयोर्क । १ वर्ष अगाडी वैदेशिक रोजगारको शिलशिलामा अनेक चुनौती र कठिनाइ पार...

    पर्वत कुश्माका २२ बर्षिय अमन, न्युयोर्कबाट मेरिल्याण्ड जादै गर्दा शनिबारदेखि बेपत्ता

    अमेरिका । झण्डै डेढ बर्ष अगाडि अमेरिका न्युयोर्कमा बस्दै आएका २२ बर्षीय पर्वत कुश्माका युवा...

    वान टेकमा चर्चित सर्जक तथा गायक विमलराजको यर्थातपरक गीत ‘बैंक भरी धन’

    काठमाडौँ । बैंक भरी धन भरेर अस्पतालमा भर्ना हुनु भन्दा त लखर लखर हिँडेकै आनन्द,...

    युरोपेली देश क्रोएसियामा पर्वत समाज गठन, अध्यक्षमा सापकोटा

    क्रोएसिया । युरोपेली देश क्रोएसियामा रोजगारीको लागि आएका युवाहरुले पर्वत समाज क्रोएसिया गठन गरेका छन्...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं