SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७८/७/२६ गते
    ४५६ &#२३४६;&#२३३५;&#२३२५;

    काठमाडौं, । नेपाल बार एशोसिएशनले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई आज सर्वोच्च परिसरमा प्रवेश गर्न नदिने तयारी गरेको छ ।

    राणाको राजीनामा माग्दै चरणबद्ध आन्दोलनमा उत्रिएको बारले आजको आन्दोलनलाई थप सशक्त बनाउने जनाएको छ । बिहीबार सर्वोच्च परिसरमा कानुन व्यवसायी र सुरक्षाकर्मीबीच भएको धकेलाधकेलमा ७ घाइते भएपछि बारले आज कडा आन्दोलनको तयारी गरेको छ ।

    बारले विहिबार नै विज्ञप्ति जारी गरेर कडा आन्दोलनको चेतावनी दिईसकेको छ। महासचिव लीलामणि पौडलद्वारा जारी विज्ञप्तिमा अहिले बिहान ९ः३० बजे नै सबै कानुन व्यवसायीहरुलाई बार कार्यालयमा उपस्थित हुन निर्देशन जारी भएको छ ।

    साथै, आज सर्वोच्च अदालतका कुनै पनि मुद्दामा बहस पैरवी नगर्न, वेञ्च बहिष्कार गर्न र न्यायाधीशलाई समेत प्रधान न्यायाधीश चोलेन्द्र शम्सेर राणाले तोक्ने वा तोकेका इजलासमा नबस्न बारले निर्देशन दिएको छ ।

    साथै, बारका अध्यक्ष चण्डेश्वर श्रेष्ठ र सर्वोच्च बारका अध्यक्ष पूर्णमान शाक्यले राणालाई गेटमै रोक्ने घोषणा गरेका छन्। त्यसैका लागि वकिलहरुलाई अहिले ९ः३० बजे उपस्थित हुन बोलाइएको छ ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    खुसीको खबर, झण्डै २ सातादेखि सम्पर्कविहीन पर्वतका युवा अमन सकुशल फेला

    बैकुण्ठ गिरी, अमेरिका । अमेरिकाको न्युयोर्क देखि बाल्टिमोर जादै गर्दा झण्डै २ सातादेखि बेपत्ता पर्वत...

    आगामी मे १९ तारिख न्यूयोर्कमा हुने नेपाल डे परेड सम्पन्न गर्न दोस्रो टाउनहल बैठक

    न्युयोर्क । आगामी मे १९ तारिखका दिन न्यूयोर्कको म्यान्हटनमा आयोजित नेपाल परेड सम्पन्न गर्नका लागि...

    खुसीको खबर, झण्डै २ सातादेखि सम्पर्कविहीन पर्वतका युवा अमन सकुशल फेला

    बैकुण्ठ गिरी, अमेरिका । अमेरिकाको न्युयोर्क देखि बाल्टिमोर जादै गर्दा झण्डै २ सातादेखि बेपत्ता पर्वत...

    जलजला गाउँपालिकाले वडा वडामा पुगेर जनताको गुनासो सुन्दै

    पर्वत । जिल्लाको जलजला गाउँपालिकाले वडा वडामा पुगेर जनताको गुनासो सुन्ने गरी सञ्चालन गरेको सार्वजनिक...

    विहादी गाउँपालिकाको सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधारमा सक्रियता

    पर्वत । सामुदायिक विद्यालयको गुणस्तर खस्किदै गएको छ । विद्यार्थीहरु दिन प्रतिदिन सामुदायिक विद्यालय छाडेर...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं