SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७८/४/१४ गते
    ४८५ &#२३४६;&#२३३५;&#२३२५;

    काठमाण्डौ | छिमेकी राष्ट्र चीनको एनआरएनए मा अन्तिम समय सम्म पनि सहमति हुन नसक्दा एनआरएनए चीन निर्वाचन प्रकृयामा गइसकेको छ । गुल्मी जिल्ला निवासी यम बहादुर क्षेत्री (ओम) ले अध्यक्ष पदमा उम्मेदवारी दिएका छन् ।

    उनी दशकौं देखि चीनको प्रमुख व्यापारिक शहर गोन्जाउमा व्यापार गरेर बसेका एक कुशल व्यवसायी हुन साथै एनआरएनए चीनको विभिन्न समयमा कार्यसमितिमा सदस्य, कोषाध्यक्ष, महासचिव समेत भएर काम गरिसकेका उनिमा अनुभव पूर्णरूपमा रहेकाले तत्काल भैरहेको निर्वाचनमा विजयी भए राम्रो संग कार्यभार सम्भाल्न सक्ने र एनआरएनए चीन लाई एक ढिक्का भएर अगाडि बढाउन सक्ने क्षमता देखिन्छ ।

    यम बहादुर क्षेत्री (ओम) को नेतृत्वमा उहांको टिमले पुरै टिमलाई विजयी बनाउन दिनरात खटेका छन् । उहांको टिमलाई विजयी बनाउन उपाध्यक्ष पदमा (निवर्तमान कार्यसमिति सचिव) समेत रहेका मुकेश श्रेष्ठ ले उम्मेदवारी दिएका छन् ।

    त्यस्तै महासचिवमा (निवर्तमान सदस्य) समेत रहेका विजय कुमार श्रेष्ठ आफ्नो अनुभवले प्यानल लाई सघाईरहेका छन् ।सचिव पदको दुई जनाको छनौटका लागि निर्वाचनमा यम बहादुर क्षेत्री (ओम) को नेतृत्वमा विष्णुहरी भण्डारी र मुकुन्द ढकाल रहेका छन् ।

    त्यस्तै सह-कोषाध्यक्षमा(निवर्तमान कार्यसमिति युवा संयोजक) सुरज न्यौपाने रहेका छन् । त्यस्तै कपिलवस्तु जिल्लाको युवा, इमानदार, कर्मठ, जुझारू तथा सहयोगी भावनाका धनी व्यक्तित्व (निवर्तमान एनआरएनए चीन कार्यसमिति सदस्य) समेत रहनु भएका मिर्जा राशिद बेग जो दशकों देखि चिनमा बसोबास गर्दै गैर आवसिय नेपालीको पक्षमा सदैव काम गरेका उनि भने अहिलेको निर्वाचनमा युवा संयोजक पदमा उम्मेदवारी दिदै कडा प्रतिस्पर्धामा रहेका छन्।

    त्यस्तै एनआरएनए चीनमा यम बहादुर क्षेत्री (ओम) को प्यानल बाट नविन किशोर दहाल, नवराज तिमल्सिना, तुलसी न्यौपाने, प्रदिप नेपाल, सन्तोष भट्टराई, प्रदिप सिंह सदस्य पदको प्रतिस्पर्धामा आउने भएका छन् ।

    एनआरएनए चीनमा यम बहादुर क्षेत्री (ओम) को प्यानल बाटै महिला उपाध्यक्षमा सबिता बर्तौला, कोषाध्यक्षमा बलराम तामाङ, महिला संयोजकमा पुन्यवति सुवेदी कोइराला निर्विरोध निर्वाचित भइसकेको जानकारी निवर्तमान कार्यसमितिका एकजना सदस्यले जानकारी दिनुभयो ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    पर्वत कुश्माका २२ बर्षिय अमन, न्युयोर्कबाट मेरिल्याण्ड जादै गर्दा शनिबारदेखि बेपत्ता

    अमेरिका । झण्डै डेढ बर्ष अगाडि अमेरिका न्युयोर्कमा बस्दै आएका २२ बर्षीय पर्वत कुश्माका युवा...

    वान टेकमा चर्चित सर्जक तथा गायक विमलराजको यर्थातपरक गीत ‘बैंक भरी धन’

    काठमाडौँ । बैंक भरी धन भरेर अस्पतालमा भर्ना हुनु भन्दा त लखर लखर हिँडेकै आनन्द,...

    युरोपेली देश क्रोएसियामा पर्वत समाज गठन, अध्यक्षमा सापकोटा

    क्रोएसिया । युरोपेली देश क्रोएसियामा रोजगारीको लागि आएका युवाहरुले पर्वत समाज क्रोएसिया गठन गरेका छन्...

    अर्थको अडान लिएका माओवादी नेता साहले स्वीकारे वन मन्त्रालय

    जनकपुरधाम । मधेश सरकारमा गत वैशाख ६ गते बिना विभागीय मन्त्रीको रुपमा शपथ लिएका माओवादी...

    यहि मे ५ मा सन्नि सगरमाथा समाजको भब्य पिकनिक, आयोजकको सबैलाई चुलेनिम्ता

    बैकुण्ठ गिरी, क्यालिफोर्निया । हरेक बर्षहरुमा जस्तै यसबर्ष पनि हजारौंको संख्यामा नेपालीहरु सहभागी हुने सन्नि...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं