SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७७/१२/१० गते
    १५३८ &#२३४६;&#२३३५;&#२३२५;

    पर्वत उद्योग बाणिज्य संघको अध्यक्षमा गोपि अधिकारी निर्वाचित हुनुभएको छ । मंगलवार विहान सम्पन्न मत गणनामा अधिकारी १ हजार १६ मत प्राप्त गरी बिजयी हुनुभएको हो । उहाँका निकटतम प्रतिद्धन्दी शिव शर्मा पौडेलले ८ सय ९७ मत प्राप्त गर्नुभएको छ । पौडेल भन्दा अधिकारी १ सय १९ मतको अन्तरले बिजयी हुनुभएको छ ।

    त्यसैगरी महिला सदस्यमा देवी अधिकारी र माया गिरी बिजयी हुनुभएको छ । २३ सदस्यीय कार्यसमितिको सदस्यहरुमा ठाकुर वि पौडेल, रमेश शर्मा लामिछाने, गणेश लामिछाने, कमलबहादुर जिसी, गणेशकुमार श्रेष्ठ, नारयणबहादुर केसी, प्रदिप तिमिल्सिना, मिनप्रसाद शर्मा, नारायणप्रसाद पौडेल, कृष्णप्रसाद श्रेष्ठ, कमल शर्मा लामिछाने, राजन गुरुङ, शेरबहादुर चोचाङ्गी, राजकुमार बस्नेत, मानसिंह भण्डारी, दिपेन्द्र गिरी, बिनोद आचार्य, कृष्ण प्रसाद शर्मा (पोल्ट्री), रामु शर्मा र कृष्णप्रसाद शर्मा (मेटल)बिजयी हुनुभएको छ ।

    गत शनिवार भएको निर्वाचनमा १ हजार ९ सय ९३ मत खसेको थियो । जस मध्ये ६८ मत बदर भएको छ । अध्यक्षमा बिजयी हुनुभएका अधिकारीले समग्रमा पर्वतका उद्योग, व्यावसाय र पर्यटनको क्षेत्रमा काम गर्ने प्रतिवद्धता व्यक्त गर्नुभएको छ । जिल्लामा बढ्दो पर्यटकीय क्षेत्रहरुको प्रवद्र्धनमा आफुले काम गर्ने उहाँले बताउनुभयो ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    पर्वत कुश्माका २२ बर्षिय अमन, न्युयोर्कबाट मेरिल्याण्ड जादै गर्दा शनिबारदेखि बेपत्ता

    अमेरिका । झण्डै डेढ बर्ष अगाडि अमेरिका न्युयोर्कमा बस्दै आएका २२ बर्षीय पर्वत कुश्माका युवा...

    वान टेकमा चर्चित सर्जक तथा गायक विमलराजको यर्थातपरक गीत ‘बैंक भरी धन’

    काठमाडौँ । बैंक भरी धन भरेर अस्पतालमा भर्ना हुनु भन्दा त लखर लखर हिँडेकै आनन्द,...

    युरोपेली देश क्रोएसियामा पर्वत समाज गठन, अध्यक्षमा सापकोटा

    क्रोएसिया । युरोपेली देश क्रोएसियामा रोजगारीको लागि आएका युवाहरुले पर्वत समाज क्रोएसिया गठन गरेका छन्...

    अर्थको अडान लिएका माओवादी नेता साहले स्वीकारे वन मन्त्रालय

    जनकपुरधाम । मधेश सरकारमा गत वैशाख ६ गते बिना विभागीय मन्त्रीको रुपमा शपथ लिएका माओवादी...

    यहि मे ५ मा सन्नि सगरमाथा समाजको भब्य पिकनिक, आयोजकको सबैलाई चुलेनिम्ता

    बैकुण्ठ गिरी, क्यालिफोर्निया । हरेक बर्षहरुमा जस्तै यसबर्ष पनि हजारौंको संख्यामा नेपालीहरु सहभागी हुने सन्नि...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं