SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७७/४/११ गते
    १३१६ &#२३४६;&#२३३५;&#२३२५;

    पर्वत , । सहासिक पर्यटनको गन्तब्य बन्दै गएको पर्वतको कुस्माबजारमा फेरी अर्को सहासिक खेल सञ्चालनमा आएको छ पर्वतको कुस्माबजारमा कालीगण्डकी नदीमाथी बनेको बिश्वकै दोस्रो अग्लो बन्जीजम्प परिसरमा नेपालकै अग्लो लठ्ठे पिङ्ग सञ्चालनमा आएको हो ।

    दशैं तिहारमा बाँस गाडेर बनाईने पिङ्ग लठ्ठे पिङ्ग जस्तै जमिनबाट १२ मिटर उचाईका फलामे पोलमा पिङ्ग बनाइएको हो । कालीगण्डकी माथि निर्माण भएको बञ्जी पुल २ सय २८ मिटर अग्लो छ भने लठ्ठे पिङ्ग पुलबाट २० मिटर सम्म जान सकिने भएकाले उचाई सहित २ सय २४८ मिटर अग्लो छ ।

    बिश्वमा सबैभन्दा अग्लो लठ्ठे पिङ्ग चीनमा छ । उक्त पिङ्ग जमिनबाट २५ मिटर अग्लो छ । तर जमिनमा २५ मिटर भएपनि कालीगण्डकीको खोच भन्दा माथि सम्म पिङ्गमा मच्चिन सकिने भएकाले पिङ्ग खेल्दा साढे २ सय मिटरबाट जमिनलाई तल देख्न सकिने बञ्जीजम्प सञ्चालन गर्ने कम्पनी द क्लिफका सञ्चालक राजु कार्कीले जानकारी दिनुभयो ।

    उहाँका अनुसार यो पिङ्गमा बञ्जी जम्पमा प्रयोग हुने डोरी प्रयोग गरिएको छ भने सुरक्षाका सबै मापदण्ड पुरा गरिएको छ । अन्य लठ्ठे पिङ्गमा मानिसले नै मच्चाई दिने र खेल्ने मानिस नै मच्चिनु पर्ने हुन्छ यसमा विन्च मेसिनले नै मानिसलाई जमिन भन्दा धेरै माथि लगेर छाडि दिने भएकाले बढी रोमाञ्चक र धेरै उचाईमा जान सक्छन । ‘नेपालका लागि यति धेरै उचाईमा लठ्ठे पिङ्गको सुबिधा दिएर थप सहासिक खेलको शुरुवात गरेका हौ’ उहाँले भन्नुभयो ‘नेपालमा यस्तो प्रबिधीमा सञ्चालित पिङ्ग पहिलो हो भन्दा हुन्छ।’

    कुस्माकै बञ्जी नजिक यस अघि सञ्चालित पिङ्गमा आन्तरिक पर्यटकको ठुलो आकर्षण देखिएको थियो । अहिले पनि उक्त पुलमा खेल्ने र सामाजिक सञ्जालमा राख्नेहरु धेरै इच्छुक देखिएका थिए । द क्लिफ नेपाल प्रालिले सञ्चालन गरेको बञ्जीमा ब्यबसायिक रुपमा सञ्चालन गर्न शुरु गरेको बेला लकडाउन शुरु भएकाले प्रभावित भएको छ ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    खुसीको खबर, झण्डै २ सातादेखि सम्पर्कविहीन पर्वतका युवा अमन सकुशल फेला

    बैकुण्ठ गिरी, अमेरिका । अमेरिकाको न्युयोर्क देखि बाल्टिमोर जादै गर्दा झण्डै २ सातादेखि बेपत्ता पर्वत...

    आगामी मे १९ तारिख न्यूयोर्कमा हुने नेपाल डे परेड सम्पन्न गर्न दोस्रो टाउनहल बैठक

    न्युयोर्क । आगामी मे १९ तारिखका दिन न्यूयोर्कको म्यान्हटनमा आयोजित नेपाल परेड सम्पन्न गर्नका लागि...

    खुसीको खबर, झण्डै २ सातादेखि सम्पर्कविहीन पर्वतका युवा अमन सकुशल फेला

    बैकुण्ठ गिरी, अमेरिका । अमेरिकाको न्युयोर्क देखि बाल्टिमोर जादै गर्दा झण्डै २ सातादेखि बेपत्ता पर्वत...

    जलजला गाउँपालिकाले वडा वडामा पुगेर जनताको गुनासो सुन्दै

    पर्वत । जिल्लाको जलजला गाउँपालिकाले वडा वडामा पुगेर जनताको गुनासो सुन्ने गरी सञ्चालन गरेको सार्वजनिक...

    विहादी गाउँपालिकाको सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधारमा सक्रियता

    पर्वत । सामुदायिक विद्यालयको गुणस्तर खस्किदै गएको छ । विद्यार्थीहरु दिन प्रतिदिन सामुदायिक विद्यालय छाडेर...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं