SuchanaKendra

  • Radio Kushum


    सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७६/११/२४ गते
    १६७४ &#२३४६;&#२३३५;&#२३२५;

    कृष्णनगर ।
    फाल्गुन २३ गते देखि सशस्त्र प्रहरी बल नेपाल नं. ३९ गुल्म गुल्म हे.क्वा. (रा.तथा भ.ग.सु.)कपिलबस्तुबाट बिशेष गरी भारतबाट नेपाल तर्फ आउने तथा स्थानिय बजारबाट आवत जावत गर्ने सर्वसाधारण जनताहरुको लागि कोभिड-१९ (नोभल कोरना भाईरस) बारे जानकारी गराउन र त्यसबाट बच्ने उपायबारे जानकारी गराउने उद्देश्यले जिल्ला कपिलवस्तु कृष्णनगर नगरपालिका २ स्थित लिङ्कगेट र यात्रु गेट सीमा नाकामा सहायता कक्ष (HELP DESK) साथै जनचेतनाको लागि कोभिड-१९ संग सम्बन्धि व्यानर सहित टाँस गरी कार्य संचालन गरेको छ।

    मिति २०७६।११।२२ गते पनि सचेतना कार्यक्रम अन्तर्गत कृष्णनगर नगरपालिकाको वडा नं. १ को कार्यालयमा स्थानिय जनता, बिभिन्न संघसंस्थाको कर्मचारी, व्यापारी, शिक्षक तथा सवाजसेवीहरुको समेत सहभागितामा कोरोना भाईरस सम्बन्धि सचेतना कार्यक्रम संचालन गरिएको थियो । यस कार्यक्रम सशस्त्र प्रहरी बल नं. ५ बिन्ध्यावासिनी बाहिनी मुख्यालय रुपन्देहीको योजना अन्तर्गत कृष्णनगर नगरपालिकाको बिशेष सक्रियतामा सशस्त्र प्रहरी बल नं. ३९ गुल्म हे.क्वा (रा.तथा भ.ग.सु.) कपिलबस्तुले संचालन गरेको छ ।

    उक्त सहायता कक्ष (HELP DESK) मा नगरपालिकाबाट तालिम प्राप्त स्वास्थ्य कर्मी परिचालन गरी चेकजाँच गर्ने गरिएको र कुनै पनि शंका देखिएको अवस्थामा समेत शिवराज अस्पताल बहादुरगंजमा पठाईने गरेको जानकारी स.प्र.ना.उ. सुशिल कुमार शाहीले जानकारी दिनु भयो ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    रिपोटर्स क्लब अमेरिकाको केन्द्रिय साधारणसभा आगामी जुलाई महिनामा हुदै

    टेक्सास, अमेरिका । अमेरिकामा रहेका प्रवासी नेपाली पत्रकारहरुको साझा सँस्था रिपोटर्स क्लब अमेरिकाको केन्द्रिय साधारणसभा...

    खुसीको खबर, झण्डै २ सातादेखि सम्पर्कविहीन पर्वतका युवा अमन सकुशल फेला

    बैकुण्ठ गिरी, अमेरिका । अमेरिकाको न्युयोर्क देखि बाल्टिमोर जादै गर्दा झण्डै २ सातादेखि बेपत्ता पर्वत...

    आगामी मे १९ तारिख न्यूयोर्कमा हुने नेपाल डे परेड सम्पन्न गर्न दोस्रो टाउनहल बैठक

    न्युयोर्क । आगामी मे १९ तारिखका दिन न्यूयोर्कको म्यान्हटनमा आयोजित नेपाल परेड सम्पन्न गर्नका लागि...

    खुसीको खबर, झण्डै २ सातादेखि सम्पर्कविहीन पर्वतका युवा अमन सकुशल फेला

    बैकुण्ठ गिरी, अमेरिका । अमेरिकाको न्युयोर्क देखि बाल्टिमोर जादै गर्दा झण्डै २ सातादेखि बेपत्ता पर्वत...

    जलजला गाउँपालिकाले वडा वडामा पुगेर जनताको गुनासो सुन्दै

    पर्वत । जिल्लाको जलजला गाउँपालिकाले वडा वडामा पुगेर जनताको गुनासो सुन्ने गरी सञ्चालन गरेको सार्वजनिक...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं