SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७६/१०/२७ गते
    ११५२ &#२३४६;&#२३३५;&#२३२५;

    काठमाडौँ । मित्रपार्कमा रहेको टेक्सस इन्टरनेशलन कलेज र धन्वन्तरी फुटसलको संयुक्त आयोजनामा अन्तर प्लस टु कलेज फुटसल टुर्नामेन्ट ‘टेक्सस धन्वन्तरी कप’ हुने भएको छ । आइतबार अपरान्ह टेक्सस इन्टरनेशनल कलेजको हलमा पत्रकार सम्मेलनको आयोजना गर्दै सोमबादेखि २ दिनसम्म ‘टेक्सस धन्वन्तरी कप’ हुने जानकारी गराइएको हो ।

    भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

    पत्रकार सम्मेलनमा बोल्दै टेक्सस एजुकेशन नेटवर्कका सिईओ भेषराज पोखरेलले आजको शिक्षा कक्षा कोठालाई विश्व बनाउने नभईकन विश्वलाई कक्षा कोठा बनाउने सोचबाट संसार अगाडी बढेको अवस्था छ । सोही अनुरुप विद्यार्थीको सर्वांगण विकासका लागि खेलकुदले विद्यार्थीलाई अनुशासित, नैतिवान बनाउन सकोस् र कलेज–कलेजविचमा भाइचारा सम्बन्धको विकास होस् भन्नका लागि धन्वन्तरी फुटसलसंगको सहकार्यमा राष्ट्रिय तहको फुटसल टुर्नामेन्ट आयोजना गर्न लागिएको बताए ।

    विजयी टिम प्रथम, द्धितीय र तृतीय हुनेलाई क्रमस एक लाख, पचास हजार र पच्चिस हजार नगद सहित ट्रफी मेडल प्रदान गरिने टेक्सस इन्टरनेशनल स्कुलका प्रिन्सिपल श्याम सुन्दर श्रेष्ठले बताए । यस्तै प्रतियोगितामा सहभागि हुने सम्पुर्ण खेलाडीहरुलाई ब्याचलर अध्ययनका लागि एक लाख छात्रबृद्धि कलेजको तर्फबाट प्रदान गरिने श्रेष्ठले बताए ।

    यस्तै पत्रकार सम्मेलनमा बोल्दै धन्वन्तरी फुटसलका सञ्चालक मदन कोइरालाले राष्ट्रिय तहका अधिकांश फुटसल खेलहरु धन्वन्तरीको ग्राउण्डमा हुने गरेको छ । फुटसलका लागि नेपालकै व्यवस्थित ग्राउण्ड मध्य हामी एक हौँ । यसका लागि हामीले कुनै सम्झौता गरेका छैनौँ । जस अनुरुपमा २ दिनसम्म चल्ने टेक्सस धन्वन्तरी फुटसल कप सभ्य, भव्य रुपमा सम्पन्न हुने विश्वास व्यक्त गरे ।

    प्रतियोगितामा १९ टिमको सहभागिता रहेको छ । जसलाई ६ ग्रुपमा विभाजन गरि लिग चरण खेल गराइने छ भने सो पश्चात नकआउट चरणका खेलहरु हुने इभेन्ट म्यानेजर प्रविन खड्काले बताए । पत्रकार सम्मेलनमा टेक्सस एजुकेशन नेटवर्कका सिईओ भेषराज पोखरेल, टेक्सस इन्टरनेशनल स्कूलका प्रिन्सिपल श्याम सुन्दर श्रेष्ठ एवं कलेज टिम, धन्वन्तरी फुटसलका सञ्चालक मदन कोइराला लगायत खेलकुदसंग सरोकार राख्ने विभिन्न व्यक्तिहरुको उपस्थिति रहको थियो ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    खुसीको खबर, झण्डै २ सातादेखि सम्पर्कविहीन पर्वतका युवा अमन सकुशल फेला

    बैकुण्ठ गिरी, अमेरिका । अमेरिकाको न्युयोर्क देखि बाल्टिमोर जादै गर्दा झण्डै २ सातादेखि बेपत्ता पर्वत...

    आगामी मे १९ तारिख न्यूयोर्कमा हुने नेपाल डे परेड सम्पन्न गर्न दोस्रो टाउनहल बैठक

    न्युयोर्क । आगामी मे १९ तारिखका दिन न्यूयोर्कको म्यान्हटनमा आयोजित नेपाल परेड सम्पन्न गर्नका लागि...

    खुसीको खबर, झण्डै २ सातादेखि सम्पर्कविहीन पर्वतका युवा अमन सकुशल फेला

    बैकुण्ठ गिरी, अमेरिका । अमेरिकाको न्युयोर्क देखि बाल्टिमोर जादै गर्दा झण्डै २ सातादेखि बेपत्ता पर्वत...

    जलजला गाउँपालिकाले वडा वडामा पुगेर जनताको गुनासो सुन्दै

    पर्वत । जिल्लाको जलजला गाउँपालिकाले वडा वडामा पुगेर जनताको गुनासो सुन्ने गरी सञ्चालन गरेको सार्वजनिक...

    विहादी गाउँपालिकाको सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधारमा सक्रियता

    पर्वत । सामुदायिक विद्यालयको गुणस्तर खस्किदै गएको छ । विद्यार्थीहरु दिन प्रतिदिन सामुदायिक विद्यालय छाडेर...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं