SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७६/९/२७ गते
    ५५५ &#२३४६;&#२३३५;&#२३२५;

    काठमाडौं । इरानमा सरकार विरोधी प्रदर्शन सुरु भएको छ । इरानले आफ्नो मानविय कमजोरीका कारण युक्रेनको विमान दुर्घटना भएको बताएलगत्तै इरानभर प्रदर्शन भएको छ । हजारौं प्रदर्शनकारीले विमान दुर्घटना प्रकरणमा झुट बोलेको भन्दै इरानका सर्वोच्च नेता आयातुल्ला अली खमानेइको राजीनामा माग्दै नाराबाजी गरेका हुन् ।

    अधिकारीहरुप्रति क्रो’ध रोक्न उनीहरुले झुट बोलेको प्रदर्शनकारीको आरोप छ । दुईवटा विश्वविद्यालयअघि भेला भएर प्रदर्शनमा उत्रिएकाहरुलाई प्रहरीले बल प्रयोग गरेर तितरबितर पारेको पनि जानकारी दिइएको छ ।

    भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

    इरानी सेनाले गत बुधबार युक्रेनको बोइङ आफ्नै कमजोरीले दुर्घटनामा परेको स्वीकार गरेको थियो । उक्त दुर्घटनामा एक सय ७६ जनाको मृत्यु भएको थियो । युक्रेनको अन्तर्राष्ट्रिय एयरलाइन्सको विमान तेहरानको इमाम खमेनी एयर्पोट नजिकै क्षे’प्यास्त्र हानी दुर्घटना गराइएको थियो ।

    अघिल्लो साता अमेरिकी सेनाले गरेको हवाइ कारवाही इरानी सैन्य कमाण्डर कासेम सोलेमानी मा’रिएपछि इरान र अमेरिकाबीच सम्बन्ध खराब भएको छ । अमेरिकी कारबाहीको जवाफ लिने भन्दै इरानले इराकमा हमला गरेको थियो । यो बीचमा भुलवश एक क्षे’प्यास्त्र बोईङतर्फ तेर्साइएको थियो । एजेन्सी

    प्रतिकृया दिनुहोस्

    Loading...

    खुसीको खबर, झण्डै २ सातादेखि सम्पर्कविहीन पर्वतका युवा अमन सकुशल फेला

    बैकुण्ठ गिरी, अमेरिका । अमेरिकाको न्युयोर्क देखि बाल्टिमोर जादै गर्दा झण्डै २ सातादेखि बेपत्ता पर्वत...

    आगामी मे १९ तारिख न्यूयोर्कमा हुने नेपाल डे परेड सम्पन्न गर्न दोस्रो टाउनहल बैठक

    न्युयोर्क । आगामी मे १९ तारिखका दिन न्यूयोर्कको म्यान्हटनमा आयोजित नेपाल परेड सम्पन्न गर्नका लागि...

    खुसीको खबर, झण्डै २ सातादेखि सम्पर्कविहीन पर्वतका युवा अमन सकुशल फेला

    बैकुण्ठ गिरी, अमेरिका । अमेरिकाको न्युयोर्क देखि बाल्टिमोर जादै गर्दा झण्डै २ सातादेखि बेपत्ता पर्वत...

    जलजला गाउँपालिकाले वडा वडामा पुगेर जनताको गुनासो सुन्दै

    पर्वत । जिल्लाको जलजला गाउँपालिकाले वडा वडामा पुगेर जनताको गुनासो सुन्ने गरी सञ्चालन गरेको सार्वजनिक...

    विहादी गाउँपालिकाको सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधारमा सक्रियता

    पर्वत । सामुदायिक विद्यालयको गुणस्तर खस्किदै गएको छ । विद्यार्थीहरु दिन प्रतिदिन सामुदायिक विद्यालय छाडेर...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं