SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७६/९/२५ गते
    ११२० &#२३४६;&#२३३५;&#२३२५;

    इरानले मंगलबार तीन स्थानबाट १६ वटा छोटो दूरीको व्या’ले’स्टिक क्षे’प्या’स्त्र प्रक्षेपण गरेको अमेरिकी रक्षामन्त्री मार्क एस्पेरले बुधबार बताउनु भएको छ । एस्परले पत्रकारलाई १६ वटा मिसाइलहरु मध्ये ११ आएन अल असद हवाई शिवीरमा र अर्को इर्बिलनजिकैको शिवीरमा प्रक्षेपण गरिएको यस प्रक्षेपणबाट त्रिपाल, ट्याक्सीवे, पार्किंङ्ग स्थल र एक हेलिकप्टर क्ष’तिग्रस्त भएको बताउनु भएको छ ।

    इराकस्थित अमेरिकी सैन्य आधार शिविरहरुमा इरानले गरेको क्षेप्यास्त्र आ’क्रमणपछि पनि अमेरिकी सेनातर्फ कुनै क्षति हुन नपाएको जानकारी अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गएरातिको सम्बोधनमार्फत दिनुभएको केही समयपछि इरानले यो क्षे’प्या’स्त्र हानेको छ ।अमेरिकी रक्षा मन्त्रालय पेन्टागनले मंगलबार इरानले इराकमा संयुक्त गठबन्धन सेनाको कम्तीमा दुईवटा सैन्य शिवीरमा एक दर्जन भन्दा बढी ब्या’ले’स्टिक क्षे’प्या’स्त्र प्रक्षेपण गरेको पुष्टि गरेको छ ।

    इरानलाइ ट्रंपको ध:म्कि, ‘अमेरिकी सेना विश्वकै शक्तिशाली सेना हो याद रहोस’

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इराकस्थित अमेरिकी सैन्य आधार शिविरहरुमा इरानले गरेको क्षे’प्या’स्त्र आ’क्रमणपछि पनि अमेरिकी सेनातर्फ कुनै क्षति हुन नपाएको जानकारी दिनुभएको छ । यस कुरालाई ध्यानमा राखी अमेरिकाले सजगता र सतर्कता अपनाएका कारण त्यस्तो कुनै पनि क्षति नभएको जानकारी दिनुभएको हो ।राष्ट्रपति ट्रम्पले गएराति सो जानकारी दिनुभएको हो । उहाँले अमेरिकी राष्ट्रपतिको कार्यालय ह्वाइट हाउसबाट टेलिभिजनमार्फत् गएराति सार्वजनिक सम्बोधन गर्नुभएको थियो ।

    राष्ट्रपति ट्रम्पले अमेरिकी र इराकी नागरिक एवम् सैनिकतर्फ पनि कुनै क्षति नभएको बताउनुभयो । अमेरिकी सैन्य आधार शिविरहरूलाई आधार बनाएर इरानले सो हमला गरेको थियो । इराकी अर्धसैन्य बलका प्रमुखको ह त्याको बदला लिने भन्दै इरानले बुधवार इराकमा रहेको अमेरिकी सैन्य शिविरमा श’क्तिशा’ली क्षे’प्या’स्त्र हा’नेको थियो ।राष्ट्रपति ट्रम्पले इरान र अमेरिकाबीचको तनाव उत्कर्षमा रहेका बेला गएराति सो सम्बोधन गर्नुभएको हो । आफ्नो धारणा सार्वजनिक गर्दै उहाँले यो आ’क्रम’ण’बाट इरान नै तल परेको बताउनुभयो । उहाँले मध्यपूर्वमा अमेरिकाको प्रभाव थप बढ्ने पनि बताउनुभयो । राष्ट्रपति ट्रम्पले यसका लागि आफ्नो सेनाको संख्या मध्यपूर्वी क्षेत्रमा अझै थप्ने पनि बताउनुभयो ।

    उहाँले अमेरिकी सेना विश्वकै शक्तिशाली रहेको बताउनुभयो । राष्ट्रपति ट्रम्पले इरानले कहिल्यै पनि आ’ण’विक हतियार प्राप्त गर्न नसक्ने दाबी पनि गर्नुभयो ।इरानले अमेरिकाप्रतिको आफ्नो रवैया परिवर्तन गर्नुपर्ने उहाँको जोड थियो । इरानले आफ्नो कार्यशैलीमा सुधार नल्याएसम्म अमेरिकाले उसमाथिको प्रतिबन्ध जारी नै राख्ने पनि बताउनुभयो ।

    उहाँले अमेरिकाको भौतिक सम्पत्ति या नागरिकमाथि इरानका तर्फबाट कुनै पनि प्रकारको आ;क्र;मण भए इरानमाथिको नाकाबन्दीमा अहिलेको तुलनामा थप कडाई गर्ने समेत बताउनुभयो । राष्ट्रपति ट्रम्पले आईएसआईका प्रमुख अब्बु अली बग्दादी र इरानी सेनाका सैन्य कमाण्डर कासिम सुलेमानीमाथिको कारबाही गरेर अरु धेरै मानिसलाई बचाएको दाबी पनि गर्नुभयो ।इरानमाथिको पछिल्लो कारबाहीको विषयलाई लिएर रुस, चीन र जर्मनीले सर्वजनिक गरेको प्रतिक्रियाको खण्डन गर्दै राष्ट्रपति ट्रम्पले इरानसँगको प’रमा’णु सम्झौता त्यागेर सही काम गरेको पनि बताउनुभयो ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    खुसीको खबर, झण्डै २ सातादेखि सम्पर्कविहीन पर्वतका युवा अमन सकुशल फेला

    बैकुण्ठ गिरी, अमेरिका । अमेरिकाको न्युयोर्क देखि बाल्टिमोर जादै गर्दा झण्डै २ सातादेखि बेपत्ता पर्वत...

    आगामी मे १९ तारिख न्यूयोर्कमा हुने नेपाल डे परेड सम्पन्न गर्न दोस्रो टाउनहल बैठक

    न्युयोर्क । आगामी मे १९ तारिखका दिन न्यूयोर्कको म्यान्हटनमा आयोजित नेपाल परेड सम्पन्न गर्नका लागि...

    खुसीको खबर, झण्डै २ सातादेखि सम्पर्कविहीन पर्वतका युवा अमन सकुशल फेला

    बैकुण्ठ गिरी, अमेरिका । अमेरिकाको न्युयोर्क देखि बाल्टिमोर जादै गर्दा झण्डै २ सातादेखि बेपत्ता पर्वत...

    जलजला गाउँपालिकाले वडा वडामा पुगेर जनताको गुनासो सुन्दै

    पर्वत । जिल्लाको जलजला गाउँपालिकाले वडा वडामा पुगेर जनताको गुनासो सुन्ने गरी सञ्चालन गरेको सार्वजनिक...

    विहादी गाउँपालिकाको सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधारमा सक्रियता

    पर्वत । सामुदायिक विद्यालयको गुणस्तर खस्किदै गएको छ । विद्यार्थीहरु दिन प्रतिदिन सामुदायिक विद्यालय छाडेर...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं