SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७६/९/१६ गते
    ५५१ &#२३४६;&#२३३५;&#२३२५;

    मेष-(चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
    पूर्ण शान्तिको बातावरण अझै बन्ने छैन । फाइदा हुने काम कम हुनेछन् । काम गर्दा अरुको भनाई खानु पर्ने अवस्था आउन सक्छ सजग रहनुहोला । अरुलाई सहयोग बढि हुनेछ । फलदायी यात्राको सम्भावना देखिन्छ । नयाँ क्षेत्रमा लगानी भने नबढाउनु होला । व्यापार व्यवसायबाट थोरै आम्दानी हुनेछ ।

    बृष-(इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
    आज पनि सयमले साथ दिने देखिन्न । सहज रुपमा काम गर्ने वातावरण विग्रिनेछ । आफुले सोचे जस्तो कहि कतै हुने छैन । अनावस्यक झमेलामा आइलाग्ने छन् । जोखिम मोलेर कुनै काम नगर्नु होला । व्यापार व्यवसायबाट उचित मुनाफा लिन सकिने छैन । विश्वास गरेकाले धोका दिनसक्छन् । आशाहरु निरासामा परिणत हुनेछन् ।

    मिथुन-(का, कि, कु, घ, ङ , छ, के, को, ह)
    समयमा काम गर्नु होला ढिला सुस्ति गरेमा उपलब्धि गुमाउनु पर्नेछ । दायावायाँ नलागि समयको सदुपयोग गरेर अगाडि बढ्नु होला । थोरै प्रयत्न गरेमा नयाँ काम हात पार्न सकिनेछ । आत्मिय जनको सहयोग मिल्नेछ । फलदायी यात्राको सम्भावनालाई नकार्न सकिन्न । आयत निर्यात व्यापार व्यवसायबाट आम्दानी बढ्नेछ ।

    कर्कट-(हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
    परिणाम मुखी कामको लागि तिव्र रुपमा इच्छाशक्ति बढाउनु होला । संघर्ष विना कहि केहि मिल्ने छैन । बाधा अवरोध खडा गर्न खोज्ने कम हुने छैनन । सवैलाई आफ्नो ठान्नु गलत हुनेछ । होशियार १ विश्वास घात हुनसक्छ । व्यापार व्यवसायबाट आय आर्जन बढ्नेछ । गोपनियता अप्नाउन नभुल्नु होला ।

    सिंह-(मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
    अलमलमा नपरि आफ्ना कार्य योजना लिएर अगाडि बढ्नु होला । समस्याबाट पन्छिएर टाढा बस्नु भयो भने उपलब्धि हात लाग्ने छैन । व्यापार व्यवसायबाट सामान्य आम्दानी हुनेछ । अरुको भर परेर काम नगर्नु होला । पढाई लेखाईमा बाधा अवरोध आउन सक्छ । अनावस्यक खर्च कटौती गरेर काम गर्नु होला नत्र भविष्य सुगम हुने छैन ।

    कन्या-(टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
    देखिएका सम्भावना विलाउने छन् । अनुकुल बातावरणमा काम गर्न पाईने छैन । काम गर्ने जोश जागर घट्नेछ । समस्या घट्ने भन्दा बढ्ने देखिन्छ । दैनिक काम काजमा अवरोध आउन सक्छ । गलत विचार बढ्नेछ । खर्चालु काम बढि हुनेछन् । व्यापार घट्नेछ । सहयोग गर्ने भन्दा माग्ने बढि होलान् ।

    तुला-(र, रि, रु, रे, रो, ता, ति, तु, ते)
    दिन अनुकुल देखिन्छ । आफनै बाहुबलबाट आर्थिक उन्नति हुनेछ । आफ्नो काममा अरुको मुख ताक्नु पर्ने छैन । काममा ढिला सुस्ति नगर्नु होला आफैलाई घाटा हुनेछ । वित्तिय कारोवारमा सामान्य सुधार आउनेछ । आफुलाई ज्ञान नभएका क्षेत्रमा लगानी नबढाउनु होला । ईष्टमित्रको सामान्य सहयोग मिल्नेछ ।

    बृश्चिक-(तो, ना, नि, नु, ने, नो, या, यि, यु)
    कसैलाई वचन नदिनु होला,वोल्यो कि पोल्यो । सफलता असफलता तपाई आफ्नै हातमा रहेकोछ । पठन पाठनमा कम ध्यान जानेछ । लगनशिल भई गरेका काम सफल हुनेछन् । अरुलाई प्रयोग गरेर काम गर्नु भयो भने काममा सहजता आउनेछ । ऋण लगानी नगर्नु होला डुब्न सक्छ । व्यापारबाट अल्प लाभ हुनेछ ।

    धनु-(ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
    हेलचक्र्याई नगर्नु होला,समग्रमा दिन अनुकुल देखिन्छ । विगतका कमि कमजोरी सच्याउने मौका मिल्नेछ । एजेन्सिका कामबाट लाभान्वित हुनुहुनेछ । पढाई लेखाईमा सामान्य प्रगति हुनेछ । कर्म गरेर भाग्य निर्माण गर्नु पर्ने देखिन्छ । आतिथ्यता ग्रहण गर्न पाईनेछ ।आज शुभकार्यको योग छ । आँटेको र ताकेको कार्य पुरा होला । आदर्श ब्यक्तिको सहकार्यले नयाँ अनुभव मिल्नेछ । पढाइमा प्रगति हुनेछ ।

    मकर-(भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
    समयले आज पनि साथ दिने देखिन्न । नयाँ काममा लगानी नबढाउनु होला । अरुलाई चाडो विश्वास नगर्नु होला धोका हुनेछ । व्यवसायमा अवनति हुनेछ । काम काजमा अवरोध आउनेछ । आर्थिक क्षेत्रमा समस्या आउन सक्छ । सहयोग गर्ने भन्दा खुट्टो तान्ने बढि हुनेछन् । मिथ्या आरोप लाग्न सक्छ सतर्क रहनुहोला ।

    कुम्भ-(गु, गे, गो, सा, सि, सु, से, सो, द)
    नोकरी तथा राजनीतिमा आँशिक सफलता मिल्नेछ । बढि लाभ लिनलाई हेलचक्र्याई नगरि काम गर्नु होला । विरोधी कमजोर हुनेछन् । मुद्धा मामिलामा जीत हुनेछ । लाभान्वित हुनुहुनेछ । व्यापार व्यवसायबाट सोचे भन्दा राम्रो आम्दानी हुनेछ । सहयोग सामान्य खालको मिल्नेछ । आर्थिक कारोवारमा भने सतर्क रहनुहोला ।

    मीन-(दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
    समयको सदुपयोग गर्नु होला उपलब्धि मुलक काम हुनेछन् । आफुले गरेका काम अरुका लागि उदाहरणीय हुन सक्छन् । आर्थिक उन्नति उच्च दरमा वृद्धि हुने देखिन्छ । मान्यजनको सहयोग सहानुभूति मिल्नेछ । नोकरी तथा राजनीतिमा नयाँ अवसर आउनेछ । इज्जत प्रतिष्ठा बढ्नेछ । रोकिएका काम धेरै जसो फस्र्योट हुनेछन् ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    पर्वत कुश्माका २२ बर्षिय अमन, न्युयोर्कबाट मेरिल्याण्ड जादै गर्दा शनिबारदेखि बेपत्ता

    अमेरिका । झण्डै डेढ बर्ष अगाडि अमेरिका न्युयोर्कमा बस्दै आएका २२ बर्षीय पर्वत कुश्माका युवा...

    वान टेकमा चर्चित सर्जक तथा गायक विमलराजको यर्थातपरक गीत ‘बैंक भरी धन’

    काठमाडौँ । बैंक भरी धन भरेर अस्पतालमा भर्ना हुनु भन्दा त लखर लखर हिँडेकै आनन्द,...

    युरोपेली देश क्रोएसियामा पर्वत समाज गठन, अध्यक्षमा सापकोटा

    क्रोएसिया । युरोपेली देश क्रोएसियामा रोजगारीको लागि आएका युवाहरुले पर्वत समाज क्रोएसिया गठन गरेका छन्...

    अर्थको अडान लिएका माओवादी नेता साहले स्वीकारे वन मन्त्रालय

    जनकपुरधाम । मधेश सरकारमा गत वैशाख ६ गते बिना विभागीय मन्त्रीको रुपमा शपथ लिएका माओवादी...

    यहि मे ५ मा सन्नि सगरमाथा समाजको भब्य पिकनिक, आयोजकको सबैलाई चुलेनिम्ता

    बैकुण्ठ गिरी, क्यालिफोर्निया । हरेक बर्षहरुमा जस्तै यसबर्ष पनि हजारौंको संख्यामा नेपालीहरु सहभागी हुने सन्नि...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं