SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७६/९/१० गते
    १०१२ &#२३४६;&#२३३५;&#२३२५;

    दिपसागर पौडेल पर्बत ।
    पर्बत जिल्ला मोदि गाउपालिका भित्रका आठ वटै वडाहरुमा पशु शेवा प्राबिधिक घरमै पुगेर सेवा सुबिधा पाउँदा किसानहरु खुशी भएका छ्न । पालिका भित्रका सबै वडाहरु तिलाहार देउपुर , भुक , बाजुङ्ग , देउराली , राम्जा , चित्रे , र क्याङ लगायतका वडाहरुमा पशु प्राबिधिक पुगेर कृतिम गर्भाधान देखि लिएर डिबिकिङ गर्ने र सामान्य देखि लिएर जटिल रोगहरुको निदानमा परेको बेला जुनसुकै अबस्थामा पनि सेवा दिइरहेको पशु सेवा शाखाका प्रमुख बिमल प्रसाद पौडेलले बताए उनका अनुसार कार्यलयमा आउने हरेक किसिमका रोगहरुको सफल उपचारका कारण किसानहरू खुशी भएको बताउछ्न साथै हरेक बर्ष गाउँपालिकाबाट पशु शेवा शाखालाइ औसधिको र घाँसहरुको बीउ तथा बेर्ना बजेट बिनियोजन भइ किसानहरुलाई प्रत्यक्ष लाभान्वित भएको पनि पौडेलले बताए ।

    सहि समयमै पुगेर आफुले पालेको गाइको कृतिम गर्भाधान जस्ता सबै सेवा पाएकोमा तिलाहारका स्थानीय कृषक लक्ष्मण रिमालले खुशी व्यक्त गरे । दैनिक रूपमा १५/देखि २० हाराहारीको संख्यामा आउने कृषक हरुलाइ औषधि बितरण गरिरहने र सिजन अनुसारका घाँसका बीउ बिजनहरु पनि शाखाबाट बितरण भएको सोही कार्यलयका नायब पशु स्वास्थ्य प्राबिधिक माधब प्रसाद सापकोटा बताउछ्न ।

    त्यस्तै गरि अफिस समय भन्दा बिहान बेलुकी किसानले प्रत्यक्ष फोनबाट जानकारी गराइरहने हुँदा कहिले त खाना पनि नखाइ पैदलै हिडेर किसानकै सेवामा समर्पित हुनु पर्ने बाध्यता पनि हुन्छ कार्यलयका अर्का नायब पशु शेवा प्राबिधिक सन्जिब अधिकारी बताउछ्न । उनले बताएअनुसार कठिनाई परिस्थितिमा पनि किसानको हक हितमा पैदलै हिडेर किसानको सेवामा आफू सदा लागि परिरहेको र आफुले गरेको कार्यको सहि मुल्यांकन संबंधित निकायबाट हुनुपर्ने बताउछन् ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    पर्वत कुश्माका २२ बर्षिय अमन, न्युयोर्कबाट मेरिल्याण्ड जादै गर्दा शनिबारदेखि बेपत्ता

    अमेरिका । झण्डै डेढ बर्ष अगाडि अमेरिका न्युयोर्कमा बस्दै आएका २२ बर्षीय पर्वत कुश्माका युवा...

    वान टेकमा चर्चित सर्जक तथा गायक विमलराजको यर्थातपरक गीत ‘बैंक भरी धन’

    काठमाडौँ । बैंक भरी धन भरेर अस्पतालमा भर्ना हुनु भन्दा त लखर लखर हिँडेकै आनन्द,...

    युरोपेली देश क्रोएसियामा पर्वत समाज गठन, अध्यक्षमा सापकोटा

    क्रोएसिया । युरोपेली देश क्रोएसियामा रोजगारीको लागि आएका युवाहरुले पर्वत समाज क्रोएसिया गठन गरेका छन्...

    अर्थको अडान लिएका माओवादी नेता साहले स्वीकारे वन मन्त्रालय

    जनकपुरधाम । मधेश सरकारमा गत वैशाख ६ गते बिना विभागीय मन्त्रीको रुपमा शपथ लिएका माओवादी...

    यहि मे ५ मा सन्नि सगरमाथा समाजको भब्य पिकनिक, आयोजकको सबैलाई चुलेनिम्ता

    बैकुण्ठ गिरी, क्यालिफोर्निया । हरेक बर्षहरुमा जस्तै यसबर्ष पनि हजारौंको संख्यामा नेपालीहरु सहभागी हुने सन्नि...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं