SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७६/८/१५ गते
    ६५७ &#२३४६;&#२३३५;&#२३२५;

    काठमाडौं, । प्रधानमन्त्री केपी शर्मा ओली एपेन्डिक्सको शल्यकृया पछि अहिले आइसियुमा राखेर उपचारार्थ छन् । उनलाई संक्रमण हुन सक्ने भएकाले उच्च सतर्कताका साथ उपचार गराइएको छ । तर प्रधानमन्त्री ओली भने आफ्नो स्वास्थ्य भन्दा पनि देशको विकास र राजनीतिक कामका लागि चिन्ता ब्यक्त गरिरहन्छन् ।

    नेपाल कम्युनिस्ट पार्टी (ने क पा) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री प्रचण्ड अस्पतालमा पुगेर उनको स्वास्थ्य अवस्थावारे जानकारी लिँदा प्रधानमन्त्री भने प्रचण्डसंग राजनीति र निर्वाचनका बारेमा प्रश्न सोधिरहेका थिए । ओलीलाई भेट्न महाराजगञ्जस्थित शिक्षण अस्पतालको मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा पुगेका प्रचण्डसंग प्रधानमन्त्रीले राजनीतिका विषयमा कुरा गर्न चाहेका थिए । उनले निर्वाचनको तयारीका बारेमा अध्यक्ष प्रचण्डसंग प्रश्न गरे ।

    अस्पतालवाट बाहिर निस्केपछि अध्यक्ष प्रचण्डले प्रधानमन्त्री ओलीको स्वास्थ्यमा धेरै राम्रो प्रगति भएको आफूले पाएको बताए। प्रधानमन्त्री ओलीले उपचुनाव, पार्टी गतिविधि लगायतका विषयमा जिज्ञासा राखेको पनि जानकारी दिए । कुराकानीका क्रममा आफुले देश तथा विदेशमा रहेका सम्पूर्ण नेता, कार्यकर्ता, शुभेच्छुकले प्रधानमन्त्री ओलीको स्वास्थ्यस्थितिबारे चासो र चिन्ता व्यक्त गरेको बारे बताएको जानकारी दिए । प्रधानमन्त्रीले उपनिर्वाचन र पार्टी गतिविधिका बारेमा चासो राखेपछि प्रधानमन्त्रीलाई आफ्नो स्वास्थ्यको बारेमा ख्याल गर्न सुझाव दिएका छन् । उनले अस्पतालमा रहँदा सम्म बाहिर पार्टी गतिविधिको चिन्ता छोडेर आफ्नो स्वास्थ्यको ख्याल गर्न सुझाव दिएको जानकारी दिए ।

    प्रधानमन्त्रीको स्वास्थ्यमा उल्लेख्य सुधार

    एपेन्डिसाइटिसको शल्यक्रिया गराएर चिकित्सकको निगरानीमा अस्पतालमा रहनुभएका प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा उल्लेख्य सुधार भएको छ । प्रधानमन्त्रीको स्वास्थ्यमा शल्यक्रियाको पाँचांै दिन अपेक्षित गतिमै सुधार भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । स्वास्थ्यमा सुधार आएपछि प्रधानमन्त्री ओलीले आज ठोस् खाने कुरा लिनुभएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए ।

    उनका अनुसार प्रधानमन्त्रीले सघन उपचार कक्षभित्रै सामान्य हिँडडुल गर्नुभयो । सघन उपचार कक्षममै उपचार जारी रहेकाले आगन्तुकहरुको भेट भने नियन्त्रित नै रहेको छ । प्रधानमन्त्री ओलीको यही मङ्सिर १० गते मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा एपेन्डिसाइटिसको शल्यक्रिया गरिएको थियो ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    पर्वत कुश्माका २२ बर्षिय अमन, न्युयोर्कबाट मेरिल्याण्ड जादै गर्दा शनिबारदेखि बेपत्ता

    अमेरिका । झण्डै डेढ बर्ष अगाडि अमेरिका न्युयोर्कमा बस्दै आएका २२ बर्षीय पर्वत कुश्माका युवा...

    वान टेकमा चर्चित सर्जक तथा गायक विमलराजको यर्थातपरक गीत ‘बैंक भरी धन’

    काठमाडौँ । बैंक भरी धन भरेर अस्पतालमा भर्ना हुनु भन्दा त लखर लखर हिँडेकै आनन्द,...

    युरोपेली देश क्रोएसियामा पर्वत समाज गठन, अध्यक्षमा सापकोटा

    क्रोएसिया । युरोपेली देश क्रोएसियामा रोजगारीको लागि आएका युवाहरुले पर्वत समाज क्रोएसिया गठन गरेका छन्...

    अर्थको अडान लिएका माओवादी नेता साहले स्वीकारे वन मन्त्रालय

    जनकपुरधाम । मधेश सरकारमा गत वैशाख ६ गते बिना विभागीय मन्त्रीको रुपमा शपथ लिएका माओवादी...

    यहि मे ५ मा सन्नि सगरमाथा समाजको भब्य पिकनिक, आयोजकको सबैलाई चुलेनिम्ता

    बैकुण्ठ गिरी, क्यालिफोर्निया । हरेक बर्षहरुमा जस्तै यसबर्ष पनि हजारौंको संख्यामा नेपालीहरु सहभागी हुने सन्नि...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं