SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७६/६/२९ गते
    ६१४ &#२३४६;&#२३३५;&#२३२५;

    पोखरा।
    गण्डकी प्रदेशका सामाजिक विकास मन्त्री एवं १३ औं साग पोखराका स्थानीय ब्यवस्थापन तथा सहजीकरण समितिका संयोजक नरदेवी पुन र गण्डकी प्रदेशका अर्थ तथा विकास समितिका सभापति एवं अनुगमन तथा मुल्याङकंन समितिका संयोजक दीपक कोइरालाले मंगलबार पोखरामा निमार्णधिन फुटवल मैदानको निरीक्षण गर्नुभएको छ । उहाँहरुले क्रिकेट मैदान, बहुउद्देश्यी कर्भड हल लगायतको निरीक्षण गर्नुभएको थियो ।

    मन्त्री पुनले मंसिर १५ देखि २४ गते सम्म आयोजना हुने १३ औं साग भौतिक पुर्वाधारको कारण कुनैपनि हालतमा प्रभावित हुन नहुने भन्दै समस्या भए आफुहरु समाधानको लागि तयार रहेको बताउनु भयो ।सांसद एवं अनुगमन तथा मुल्याङकंन समितिका संयोजक दीपक कोइराला(रुपक)आ आफ्नो जिम्मेवारी अनुसार सवैले काम गरेर पोखरामा हुने ९ वटै खेललाई सानदार रुपमा सफल बनाउनु पर्नेमा जोड दिनु भयो ।

    आफुहरुले अनुगमन र मुल्याङकनलाई प्राथामिकतामा राखेर पुर्वाधार निर्माणमा सहजीकरण गर्दे निर्धारित समयमै सम्पन्न गर्नको लागि भुमिका खेल्ने बताउनु भयो । स्थल व्ययवस्थापन समितिका संयोजक एवं राष्ट्रिय खेलकुद परिषदका सदस्य राजेश गुरुङले आफु दैनिक रंगशाला आएर फुटबल मैदानको निगरानी गर्ने गरेको बताउनु भयो ।

    पोखरा रंगशाला फुटबल मैदान निर्माणको काम आधा सकिएको भारतीय कम्पनी ग्रेट स्पोर्टस एण्ड एम.ए कन्ट्रक्सन जवलाखेल ललितपुर (जे.भी)का प्रोजेक्ट मेनेजर दीपक बरालले जानकारी दिनु भयो । उहाँका अनुसार पुर्वाधारको काम ५० प्रतिशत सकिएको छ । १३ औं सागमा कुल २७ खेल हुने भएपनि पोखरामा ९ वटा खेल हुने छ । पोखरामा हुने खेलहरुमा महिला फुटवल, क्रिकेट महिला ,आर्चरी,ब्याडमिन्टन ह्याण्डबल,प्याराग्लाइडिङ,ट्रायथलन ,विच भलिवल र भारोत्तोलनका खेल हुने छ ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    पर्वतका मल्लको अमेरिकामा रिगंटा लागेर ढल्दा मृत्यु, सहयोगका लागि गोफण्ड

    पुनम बसेल, न्युयोर्क । १ वर्ष अगाडी वैदेशिक रोजगारको शिलशिलामा अनेक चुनौती र कठिनाइ पार...

    पर्वत कुश्माका २२ बर्षिय अमन, न्युयोर्कबाट मेरिल्याण्ड जादै गर्दा शनिबारदेखि बेपत्ता

    अमेरिका । झण्डै डेढ बर्ष अगाडि अमेरिका न्युयोर्कमा बस्दै आएका २२ बर्षीय पर्वत कुश्माका युवा...

    वान टेकमा चर्चित सर्जक तथा गायक विमलराजको यर्थातपरक गीत ‘बैंक भरी धन’

    काठमाडौँ । बैंक भरी धन भरेर अस्पतालमा भर्ना हुनु भन्दा त लखर लखर हिँडेकै आनन्द,...

    युरोपेली देश क्रोएसियामा पर्वत समाज गठन, अध्यक्षमा सापकोटा

    क्रोएसिया । युरोपेली देश क्रोएसियामा रोजगारीको लागि आएका युवाहरुले पर्वत समाज क्रोएसिया गठन गरेका छन्...

    अर्थको अडान लिएका माओवादी नेता साहले स्वीकारे वन मन्त्रालय

    जनकपुरधाम । मधेश सरकारमा गत वैशाख ६ गते बिना विभागीय मन्त्रीको रुपमा शपथ लिएका माओवादी...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं