SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७६/६/१२ गते
    ७७८ &#२३४६;&#२३३५;&#२३२५;

    पोखरा । पोखरा २७ रिठेपानीमा रहेको लिटल फ्लावर एजुकेशनल एकेडेमीले सरसफाइअभियानमा निरन्तर सकृय रहेका ३२ युवालाई सम्मान गरेको छ ।आईतवार विद्यालयमा सम्पन्न शैक्षिक सत्र २०७५ मा विद्यालयबाट एस ई ई उत्तीर्ण विद्यार्थीहरुको विदाइ तथा रिठेपानी बृहत् सरसफाइ अभियानमा सुरुदेखि ६१औं हप्तासम्म निरन्तर सकृय युवाहरुलाई सम्मान कार्यक्रममा उनीहरु सम्मानित भएका हुन् ।

    हरेक वर्ष बडा दशैंको घटस्थापनाका दिन गरिदै आएको कार्यक्रमलाई निरन्तरता दिंदै यस वर्ष पनि शैक्षिक सत्र २०७३ मा विद्यालयबाट एसईई परीक्षा उत्तीर्ण विद्यार्थीहरुलाई विदाईको साथमा युवाहरुलाई सम्मान गरिएको हो ।

    विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सुवेदार जगबहादुर गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा राइजिङ्ग स्टार युवा क्लवका अध्यक्ष विष्णु गुरुङ लगायत लाइ सम्मान गर्दै पोखरा २७ का वडाध्यक्ष पूर्णकुमार गुरुङले शैक्षिक बिकासमा विद्यालयले खेलेको भूमिकाको चर्चा गर्दै एकजुट भएर यस क्षेत्रको पहिचान राख्न आग्रह गरे ।

    कार्यक्रममा बोल्दै विद्यालयका डाइरेक्टर कमल खड्का, विद्यालय संस्थापक देवी खड्का ,नेशनल प्याव्सान गण्डकी प्रदेश सदस्य प्रकासराज वाग्ले, सल्लाहकार लेप्टन धनबहादुर गुरुङको पूर्व प्रिन्सिपल प्रकाशपन्त ले विद्यार्थीहरुलाई आफू पुगेको ठाउँमा उत्कृष्टता देखाउन विद्यालय तथा गुरुहरुलाई नबिर्सन आग्रह गर्दै विद्यार्थीको भावी जीवनको उज्वल भविष्यको कामना गरेका थिए । शिक्षक रामकृष्ण आचार्यले स्वागत मन्तव्य राखेको उक्त कार्यक्रममा चाडपर्व शुभकामना आदानप्रदान समेत गरिएको थियो ।

    विदाई भएर जानेमध्येबाट मोनालिसा तामाङ्ग, राइजिङ्ग स्टार युवा क्लवका अध्यक्ष विष्णु गुरुङ लगायतले वोलेको कार्यक्रममा शिक्षकशिक्षिकाहरु, विद्यालय संचालकहरु, अभिभावकहरु, आमासमूह, व्यवस्थापन समितिका पदाधिकारीहरु तथा विद्यार्थीहरुको सहभागिता रहेको थियो । नृत्यहरु समेत प्रदर्शन गरिएको उक्त कार्यक्रमको सञ्चालन प्रिन्सिपल विष्णुहरि पौडेलले गरेका थिए ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    पर्वत कुश्माका २२ बर्षिय अमन, न्युयोर्कबाट मेरिल्याण्ड जादै गर्दा शनिबारदेखि बेपत्ता

    अमेरिका । झण्डै डेढ बर्ष अगाडि अमेरिका न्युयोर्कमा बस्दै आएका २२ बर्षीय पर्वत कुश्माका युवा...

    वान टेकमा चर्चित सर्जक तथा गायक विमलराजको यर्थातपरक गीत ‘बैंक भरी धन’

    काठमाडौँ । बैंक भरी धन भरेर अस्पतालमा भर्ना हुनु भन्दा त लखर लखर हिँडेकै आनन्द,...

    युरोपेली देश क्रोएसियामा पर्वत समाज गठन, अध्यक्षमा सापकोटा

    क्रोएसिया । युरोपेली देश क्रोएसियामा रोजगारीको लागि आएका युवाहरुले पर्वत समाज क्रोएसिया गठन गरेका छन्...

    अर्थको अडान लिएका माओवादी नेता साहले स्वीकारे वन मन्त्रालय

    जनकपुरधाम । मधेश सरकारमा गत वैशाख ६ गते बिना विभागीय मन्त्रीको रुपमा शपथ लिएका माओवादी...

    यहि मे ५ मा सन्नि सगरमाथा समाजको भब्य पिकनिक, आयोजकको सबैलाई चुलेनिम्ता

    बैकुण्ठ गिरी, क्यालिफोर्निया । हरेक बर्षहरुमा जस्तै यसबर्ष पनि हजारौंको संख्यामा नेपालीहरु सहभागी हुने सन्नि...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं