SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७६/६/८ गते
    ११५३ &#२३४६;&#२३३५;&#२३२५;

    नयाँदिल्ली । आतंकवादी संगठन जैस ए मोहम्मदले भारतमा ठूलो आतंकवादी हमलाका लागि गरिरहेको योजना सार्वजनिक भएको छ । प्रधानमन्त्री नरेन्द्र मोदी, गृहमन्त्री अमित शाह र राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभालमाथि नै आक्रमण गर्ने योजनाका साथ जैशले आतंकवादी हमलाको तयारी गरिरहेको थियो ।

    ब्यूरो अफ सिभिल एभियसनले जैसको एक कागजात फेला पारेको भारतीय मिडियाहरुले उल्लेख गरेका छन् । सो कागजातमा जम्मू–कश्मीरको विशेषाधिकार अन्त्य गर्ने भारतीय कदमको बदला लिने उल्लेख छ । जैशले भारतका जम्मू, पठानकोट, अमृतसर, जयपुर, गांधीनगर, कानपुर, लखनऊलगायत ३० वटा ठूला सहरहरुमा आतंकवादी हमला गर्ने योजना बनाएको खुलेको छ । साथै चारवटा विमानस्थलहरुमा पनि हमला गर्ने तयारीमा जैश रहेको सो कागजातबाट खुलेको छ ।

    जैशले नै गत फेब्रुअरी १४ का दिन जम्मू–कश्मीरको पुलवामास्थित श्रीनगर हाईवेमा आत्मघाती विस्फोट गराई ४० भन्दा बढी भारतीय प्रहरीको हत्या गरेको थियो । पाकिस्तान आश्रित यो संगठनका नाइके मसुद अजहरलाई संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषदले केहि महिनाअघि अन्तर्राष्ट्रिय आतंकवादीको सूचीमा राखेको छ । भारतले कश्मीरको विशेषाधिकार अन्त्य गरेपछि पाकिस्तान र त्यहाँका भारतविरोधी आतंकवादी संगठनहरुले युद्ध र आक्रमणको धम्की दिईरहेका छन् ।नेपाल पानाबाट

    प्रतिकृया दिनुहोस्

    Loading...

    पर्वतका मल्लको अमेरिकामा रिगंटा लागेर ढल्दा मृत्यु, सहयोगका लागि गोफण्ड

    पुनम बसेल, न्युयोर्क । १ वर्ष अगाडी वैदेशिक रोजगारको शिलशिलामा अनेक चुनौती र कठिनाइ पार...

    पर्वत कुश्माका २२ बर्षिय अमन, न्युयोर्कबाट मेरिल्याण्ड जादै गर्दा शनिबारदेखि बेपत्ता

    अमेरिका । झण्डै डेढ बर्ष अगाडि अमेरिका न्युयोर्कमा बस्दै आएका २२ बर्षीय पर्वत कुश्माका युवा...

    वान टेकमा चर्चित सर्जक तथा गायक विमलराजको यर्थातपरक गीत ‘बैंक भरी धन’

    काठमाडौँ । बैंक भरी धन भरेर अस्पतालमा भर्ना हुनु भन्दा त लखर लखर हिँडेकै आनन्द,...

    युरोपेली देश क्रोएसियामा पर्वत समाज गठन, अध्यक्षमा सापकोटा

    क्रोएसिया । युरोपेली देश क्रोएसियामा रोजगारीको लागि आएका युवाहरुले पर्वत समाज क्रोएसिया गठन गरेका छन्...

    अर्थको अडान लिएका माओवादी नेता साहले स्वीकारे वन मन्त्रालय

    जनकपुरधाम । मधेश सरकारमा गत वैशाख ६ गते बिना विभागीय मन्त्रीको रुपमा शपथ लिएका माओवादी...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं