SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७६/५/९ गते
    ८८४ &#२३४६;&#२३३५;&#२३२५;

    पोखरा ।
    लायन्स क्लव अफ पोखरा चौतारीले जयकोट सामुदायिक वनमा विरुवा गोडमेल कार्यक्रम सम्पन्न गरेको छ । क्लवले वार्षिक कार्यक्रम अन्र्तगत गत महिना पोखरा ११ कार्कीडाँडामा अवस्थित सामुदायिक वनमा गरेको विरुवाहरुको गोडमेल गरेको हो ।

    विरुवा रोप्नुमात्रै ठूलो कुरा नभई त्यसको हेरचाहा गर्नु महत्वपूर्ण भएकोले गोडमेल गरिएको क्लवका अध्यक्ष शिव खड्काले जानकारी दिए । जैविक तथा प्राकृतिक महत्व बोकेको सो सामुदायिक वनमा क्लवले कपुर, समी, लगायत विभिन्न प्रजातिका विरुवा तथा फूलहरु रोपेको थियो ।

    कार्यक्रममा पूर्व डिष्ट्रिक गर्भनर धु्रव थापाले वातावरणीय हिसावले बोट विरुवको महत्व रहेको भन्दै विरुवाको हेरचाहा र गोडमेलमा स्थानिय र क्लवको भूमिका महत्वपूर्ण हुने बताए ।

    को–चिफ एड्भाइजर राम बस्याल, डिष्ट्रिक पदाधीकारी एंव पूर्व अध्यक्ष मोहनबाबु खड्का लगायतले पृथ्वीमा हरितगृहका कारण वातावरणीय पक्षमा असन्तुलन हुन पुग्दा मानवीय पक्षमा समेत असर परेको अवस्थामा यसले सहयोग पुग्नेमा जोड दिए ।

    यस्तै क्लवको बैठकले पोखरा २६ स्थित सिलिंगेमा अवस्थित शिवशक्ति आधारभुत विद्यालयका झण्डै दुई सय विद्यार्थी लाभान्वित हुने गरि स्वच्छ पिउने पानीका लागि यूरोगार्ड प्रदान गर्ने र पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पश्चिमाञ्चल क्षेत्रिय अस्पतालमा उपचारत लमजुङ बेसीशहरका २३ वर्षिय बिक्की परियारलाई उपाचार्थ १५ हजार प्रदान गर्ने लगायतका निर्णय गरेको क्लवका सचिव डा. ढाकामोहन श्रेष्ठले जानकारी दिए ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    पर्वत कुश्माका २२ बर्षिय अमन, न्युयोर्कबाट मेरिल्याण्ड जादै गर्दा शनिबारदेखि बेपत्ता

    अमेरिका । झण्डै डेढ बर्ष अगाडि अमेरिका न्युयोर्कमा बस्दै आएका २२ बर्षीय पर्वत कुश्माका युवा...

    वान टेकमा चर्चित सर्जक तथा गायक विमलराजको यर्थातपरक गीत ‘बैंक भरी धन’

    काठमाडौँ । बैंक भरी धन भरेर अस्पतालमा भर्ना हुनु भन्दा त लखर लखर हिँडेकै आनन्द,...

    युरोपेली देश क्रोएसियामा पर्वत समाज गठन, अध्यक्षमा सापकोटा

    क्रोएसिया । युरोपेली देश क्रोएसियामा रोजगारीको लागि आएका युवाहरुले पर्वत समाज क्रोएसिया गठन गरेका छन्...

    अर्थको अडान लिएका माओवादी नेता साहले स्वीकारे वन मन्त्रालय

    जनकपुरधाम । मधेश सरकारमा गत वैशाख ६ गते बिना विभागीय मन्त्रीको रुपमा शपथ लिएका माओवादी...

    यहि मे ५ मा सन्नि सगरमाथा समाजको भब्य पिकनिक, आयोजकको सबैलाई चुलेनिम्ता

    बैकुण्ठ गिरी, क्यालिफोर्निया । हरेक बर्षहरुमा जस्तै यसबर्ष पनि हजारौंको संख्यामा नेपालीहरु सहभागी हुने सन्नि...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं