SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७६/४/२१ गते
    ५६२ &#२३४६;&#२३३५;&#२३२५;

    पोखरा ।
    गण्डकी प्रदेश कै सबैभन्दा ठुलो सौन्दर्य प्रतियोगिता छैठौँ संस्करणको ‘मिस गण्डकी २०१९’ को पहिलो अडिसन पोखरामा सम्पन्न भएको छ । एस.टी क्रिएशन म्यानेजमेन्ट प्रालिले आयोजना गरेको यो प्रतियोगिताको छैठौँ संस्करण हो । यस प्रतियोगितामा कुल २० जना मात्र अन्तिम प्रतिस्पर्धाका लागि छनौट हुनेछन् । पहिलो अडिसनबाट १० जना छनौट भइसकेका छन् भने आगामी भाद्र ६ गते हुने दोस्रो अडिसनबाट १० जना छनौट गरी कुल २० जनालाई प्रतियोगिताको प्रशिक्षणका लागि सहभागी गराइने एसटी क्रियशनका निर्देशक इनिशा दुरा मगरले जानकारी दिएकी छिन् ।

    पहिलो अडिसनको निर्णायकमा मुग्लान रेष्टुरेण्टका जनरल म्यानेजर सन्तोष गुरुङ, मिस मगर नेपाल २०१९ की विजेता सनम गर्बुजा मगर, मिस गण्डकी सिजन ५ की फस्ट रनरअप स्नेहा गुरुङ र एसटी क्रियशनका प्रबन्ध निर्देशक तथा कोरियोग्राफर सुरज थापा लगाएत रहेका थिए ।

    करीब एक महिनासम्म चल्ने विभिन्न प्रशिक्षणबाट सहभागीहरुले आत्मविश्वास, सामाजिक उत्तरदायित्व, व्यक्तित्व तथा नेतृत्व विकास, बोल्ने कला, सौन्दर्य तथा फेसन सम्बन्धी ज्ञान, आत्मनिर्भरता लगाएतका विषयमा सिक्न पाउने छन् । प्रतिस्पर्धीहरुलाई मिस नेपाल २००५ सुगारिका केसी, मिस नेपाल इन्टरनेश्नल २०१७ नीति शाह, कलाकार तथा क्याप्टेन विजय लामा, चलचित्र क्षेत्रका चर्चित कलाकारहरु लगाएत पोखराका सम्बन्धी क्षेत्रमा दक्ष व्यक्तित्वहरुबाट प्रशिक्षण दिइने छ ।

    प्रशिक्षणको अवधीमा प्रतिस्पर्धीहरुलाई आत्मविश्वास अभिवृद्धि गराउने हेतुले फोटोसुट, भिडियोसुट तथा अवलोकन भ्रमण समेत गराइने निर्देशक थापाले बताए । गएका वर्षहरुभन्दा यस वर्ष थप गुणस्तरियता तथा व्यापकतालाई मध्येनजर गर्दै कार्यक्रमको गरिमालाई थप उचाईमा पु¥याउने लक्ष्य सहित कार्यक्रमको आयोजना गरिएको उनले बताएका छन् ।

    असोजको दोस्रो साता पाँचतारे होटलमा हुने फाइनल कार्यक्रममा विजेता हुने प्रतिस्पर्धीले हरेक वर्ष जस्तै यो वर्ष पनि उपाधीको क्राउन सहित स्कुटर प्राप्त गर्ने छन् । त्यस्तै फस्ट रनरअपले नगद ७० हजार, सेकेण्ड रनरअपले नगद ५० हजार र थर्ड रनरअपले नगद २५ हजार सहित अन्य उपहार प्राप्त गर्ने प्रबन्ध निर्देशक थापाले जानकारी दिएका छन् । प्रतियोगिता सम्पन्न गर्नका लागि विभिन्न व्यापारिक प्रतिष्ठानहरु मार्फत सहयोग आउने क्रम जारी रहेकाले प्रायोजकहरुका विषयमा पत्रकार सम्मेलनको आयोजना गरेर जानकारी गराइने उनले बताएका छन् ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    खुसीको खबर, झण्डै २ सातादेखि सम्पर्कविहीन पर्वतका युवा अमन सकुशल फेला

    बैकुण्ठ गिरी, अमेरिका । अमेरिकाको न्युयोर्क देखि बाल्टिमोर जादै गर्दा झण्डै २ सातादेखि बेपत्ता पर्वत...

    आगामी मे १९ तारिख न्यूयोर्कमा हुने नेपाल डे परेड सम्पन्न गर्न दोस्रो टाउनहल बैठक

    न्युयोर्क । आगामी मे १९ तारिखका दिन न्यूयोर्कको म्यान्हटनमा आयोजित नेपाल परेड सम्पन्न गर्नका लागि...

    खुसीको खबर, झण्डै २ सातादेखि सम्पर्कविहीन पर्वतका युवा अमन सकुशल फेला

    बैकुण्ठ गिरी, अमेरिका । अमेरिकाको न्युयोर्क देखि बाल्टिमोर जादै गर्दा झण्डै २ सातादेखि बेपत्ता पर्वत...

    जलजला गाउँपालिकाले वडा वडामा पुगेर जनताको गुनासो सुन्दै

    पर्वत । जिल्लाको जलजला गाउँपालिकाले वडा वडामा पुगेर जनताको गुनासो सुन्ने गरी सञ्चालन गरेको सार्वजनिक...

    विहादी गाउँपालिकाको सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधारमा सक्रियता

    पर्वत । सामुदायिक विद्यालयको गुणस्तर खस्किदै गएको छ । विद्यार्थीहरु दिन प्रतिदिन सामुदायिक विद्यालय छाडेर...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं