SuchanaKendra

  • Radio Kushum


    गृहपृष्ठ मुख्य समाचार, राष्ट्रिय, समाचार

    अफगानिस्तानबाट नेपाली नागरिक उद्धारको प्रक्रिया अन्तिम चरणमा

    काठमाडौं । अफगानिस्तानमा रहेका नेपाली नागरिकको उद्धार प्रक्रिया अन्तिम चरणमा पुगेको सरकारी अधिकारीहरुले जनाएका छन् । सरकारी तथ्यांक अनुसार अफगानिस्तानमा १५०० को हराहारीमा नेपाली थिए, तीमध्ये बिहीबार साँझसम्म ९०० नेपाल फर्किसकेका छन् । थप २००...बाँकी

    माधव नेपालको टिप्पणी : थाक्नेहरुसँग मेरो कुनै गुनासो छैन

    काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले राष्ट्रिय कार्यकर्ता भेलाको भावनाअनुसार नै नयाँ पार्टी बनाएको बताएका छन् । प्रदेश र स्थानीय तहका जनप्रतिनिधिहरु अप्ठ्यारोमा पर्ने भएकाले मात्र त्यसबेला पार्टी दर्ता नगरेको उनले बताए ।...बाँकी

    एमालेको निर्वाचन आयोगविरुद्ध अदालत जाने निर्णय

    काठमाडौं । माधवकुमार नेपाल नेतृत्वमा नेकपा एकीकृत समाजवादी दर्ता गर्ने निर्वाचन आयोगको निर्णयविरुद्ध नेकपा एमाले अदालतमा जाने भएको छ ।बिहीबार बसेको केन्द्रीय कमिटीको बैठकले निर्वाचन आयोगले विवादास्पद निर्णय गरेको भन्दै कानुनी उपचार खोज्ने निर्णय गरेको...बाँकी

    सरकारले महाकालीमा बेपत्ता जयसिंह धामीको परिवारलाई १० लाख दिने

    काठमाडौं । दार्चुलामा तुइन तर्दा भारतीय सुरक्षाकर्मीले तार चुँडाएपछि महाकालीमा बेपत्ता भएका जयसिंह धामीको परिवारलाई सरकारले १० लाख रुपैयाँ आर्थिक सहयोग गर्ने भएको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले दार्चुला, ब्यास गाउँपालिकाका धामीको परिवारलाई दश...बाँकी

    राष्ट्रपति र माधव नेपालबीच भेटवार्ता

    काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी र नेकपा एमाले छाडेर नेकपा एकीकृत समाजवादी गठन गरेका नेता माधवकुमार नेपालबीच भेटवार्ता भएको छ । नेकपा एमालेको विभाजन रोक्न अन्तिम कसरत भइरहेका बेला राष्ट्रपति भण्डारीले नेता नेपालसँग भेट गरेकी...बाँकी

    गण्डकी प्रदेश : स्वास्थ्य उपकरण प्रयोग नगर्ने,खरिद मात्र गर्ने

    पोखरा । कोरोना भाइरस संक्रमणलाई लक्षित गरेर गण्डकी प्रदेशका विभिन्न सरकारी अस्पतालले करोडौं मूल्य बराबरका स्वास्थ्य उपकरण खरिद गरेका छन् । जिल्ला अस्पतालहरुले खरिद गरेको उपकरण देखाउँदै प्रदेश सरकारले आफ्नो ‘उपलब्धि’ बताएको छ । तर,...बाँकी

    माधव पक्षका सांसद प्रदेश १ मा अलमलमा, पार्टी नछाड्न ओली पक्षको अफर !

    विराटनगर । नेकपा एमाले विभाजन भएपछि प्रदेश १ का प्रदेशसभा सदस्यहरु कुन पक्षमा लाग्ने भन्ने विषयमा पर्ख र हेरको अवस्थामा छन् । माधवकुमार नेपाल पक्षका सांसदहरु पनि नयाँ पार्टीमा जाने कि नजाने भन्ने दोधारमा छन्...बाँकी

    कलाकार शम्भुराज थापाको निधन

    काठमाडौं । कलाकार शम्भुराज थापाको कोरोना संक्रमणबाट निधन भएको छ । तीन दशकदेखि कलाकारितामा सक्रिय ५५ वर्षीय थापाको पाटन अस्पतालमा शनिबार बिहान निधन भएको कलाकार हरिवंश आचार्यले जानकारी दिए । थापालाई तीन साता अगाडि कोरोना...बाँकी

    एक लाख जनाले पाएनन् कोरोना बिमा भुक्तानी

    काठमाडौं । कोरोना बिमा गराएकाहरुमध्ये करिब एक लाख जना बिमितहरुले अझै बिमा बापतको रकम भुक्तानी पाउन सकेका छैनन् निर्जीवन बिमा कम्पनीका प्रमुख कार्यकारी अधिकृतहरुको संस्था नेपाल बिमक संघले बिमा समितिलाई पत्राचार नै गरेर भुक्तानी गर्न...बाँकी

    महन्थ ठाकुरको पार्टीको नाम फेरियो, लोकतान्त्रिक समाजवादी पार्टी राख्ने निर्णय

    काठमाडौं । महन्थ ठाकुर पक्षले पनि पार्टीको नाम परिर्वतन गरेको छ । पार्टीको नाम लोकतान्त्रिक समाजवादी पार्टी राखिएको नेता केशव झाले जानकारी दिए ।सरकारले संसदीय दल वा केन्द्रीय समितिको २० प्रतिशत पुर्‍याएर पार्टी फुटाउन सक्ने...बाँकी

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं