SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७८/५/११ गते
    ४५६ &#२३४६;&#२३३५;&#२३२५;

    काठमाडौं । अफगानिस्तानमा रहेका नेपाली नागरिकको उद्धार प्रक्रिया अन्तिम चरणमा पुगेको सरकारी अधिकारीहरुले जनाएका छन् । सरकारी तथ्यांक अनुसार अफगानिस्तानमा १५०० को हराहारीमा नेपाली थिए, तीमध्ये बिहीबार साँझसम्म ९०० नेपाल फर्किसकेका छन् । थप २०० जना अफगानिस्तानबाट उद्धार भई दोहा, लण्डन र नयाँ दिल्ली ल्याएइको छ । पछिल्लोपटक बिहीबार ११ जना नेपालीहरु काबुलबाट उद्धार भई नयाँ दिल्ली आइपुगेको परराष्ट्र मन्त्रालयले जनाएको छ । त्यसैगरी अफगानिस्तानका विभिन्न स्थानबाट उद्धार गरी ४२ जना नेपाली नागरिकलाई काबुल विमानस्थल नजिक ल्याएर राखिएको परराष्ट्र मन्त्रालयले जनाएको छ । उनीहरु सबैजना सुरक्षित रहेको नयाँ दिल्लीस्थित नेपाली दूतावासले जनाएको छ । मन्त्रालयले विज्ञप्तिमा भनेको छ,’विमानस्थल बाहिर जम्मा भएको भिडका कारण एकीकृत गरिएका नेपाली नागरिकलाई विमानसम्म पुर्‍याउनको लागि विभिन्न तहमा समन्वय भइरहेको छ ।’ यस बाहेक ४६७ जना नेपाली सुरक्षा गार्डहरु युनाइटेड नेसन्स एसिसटेन्ट मिसन र युनिसेफमा सुरक्षा गार्डको रुपमा काम गरिरहेको छन् । उनीहरुमध्ये १०० जनाले घर आउन बिदा लिएका छन् र उनीहरुको छिट्टै नेपाल आउने छन् । तर बाँकी सुरक्षाकर्मीहरुको हकमा भने उनीहरुले घर फर्कने इच्छा व्यक्त गरेका छैनन् । यद्यपि नेपाल सरकार उनीहरुको सुरक्षाको बारेमा आश्वस्त हुन खोजिरहेको छ । अफगानिस्तान मामिला हेर्ने नयाँ दिल्लीस्थित नेपाली दूतावासमा उपनियोग प्रमुख रामप्रसाद सुवेदीले अनलाइनखबरसँग भने, ‘दुवै कार्यालयमा काम गर्ने नेपालीहरु क्याम्पमा हुनुहुन्छ र पूर्ण रुपमा सुरक्षित हुनुहुन्छ । ‘

    सरकारले अफगानिस्तानको ग्रिन जोनमा काम गर्नका लागि मात्र श्रम स्वीकृति दिने गरेको छ । यस बाहेक अनियमित बाटोबाट गएका र पर्याप्त कागजात नभएकाहरुलाई कागजात बनाएर उद्धार गरिएको छ । अनियमित बाटोबाट गएका र अफगानिस्तानमा प्रवेश गरिसकेपछि काम परिवर्तन गरेका कारण उनीहरुलाई उद्धार गर्न केही कठिनाइ उत्पन्न भएको हो । केहीसँग राहदानी समेत नभएका कारण यात्रा अनुमति पत्र जारी गर्न केही समय लागेको छ । अफगानिस्तानमा मूलत सुरक्षा गार्डको रुपमा नै नेपालीहरु जाने गरेका छन् अन्य कामको लागि श्रम स्वीकृति दिने गरिएको छैन् । धेरै नेपाली अमेरिका, क्यानडा, वेलायत, जापानलगायतका दूतावासमा काम गरिरहेका थिए भने अन्य नेपाली युनिसेफ, त्यहाँको राष्ट्रसंघ कार्यालय लगायतका कार्यालयमा काम गरेका थिए ।

    तालिबानले अगष्ट ३१ भित्रै सबै विदेशी सेना पूर्ण रुपमा फिर्ता हुनुपर्ने समय सीमा तय गरेपछि त्यस अगाडि नै त्यहाँ रहेका सम्पूर्ण नेपालीहरुको उद्धार गरिसक्नुपर्ने दबाबमा सरकार परेको छ । तालिबानका प्रवक्ता सुहेल साहेनले ३१ अगष्टपछि अमेरिका, बेलायतलगायतका मुुलुकका सेना र नागरिक पूर्ण रुपमा बाहिरिनुपर्ने बताएका छन् । यद्यपि कुनै पनि कानूनी कागजात भएको व्यक्ति ३१ अगष्टको समय सीमापछि पनि कमर्सियल विमानद्धारा बाहिर जानसक्ने बताएका छन् । अफगानिस्तानमा रहेका नेपालीहरु उद्धार गर्नका लागि सरकारले अगष्ट १५ मा विभिन्न मन्त्रालयका प्रतिनिधिहरु रहेको एक कार्यदलको गठन गरेको थियो र सो कार्यदलले निरन्तर काम गरिरहेको छ । काबुलमा नागरिक उड्यन सेवाको जहाजको आगमन अवतरण अहिलेसम्म खुलिसकेको छैन् । त्यसैले नेपालीहरुको उद्धारको लागि नेपालले अन्य मुलुकहरुलाई आग्रह गर्नु परेको छ । नेपाल नागरिकहरुलाई उद्धार गर्नका लागि भारत, अमेरिका लगायतका विभिन्न मुलुकहरुले सहयोग गरिरहेको एक सरकारी अधिकारीले बताए । अफगानिस्तानमा उद्धार पुन बाँकी कोही भएमा तत्काल सम्पर्कमा आउन सरकारले आग्रह गरेको छ । विभिन्न मुलुकले अफगानिस्तानबाट आफ्ना नागरिक उद्धारको प्रक्रिया सकेका छन् । बीबीसीका अनुसार क्यानडा र युरोपेली युनियनका मुलुकले उद्धार प्रक्रिया सकिएको जानकारी दिएका छन् । अमेरिकाले भने उद्धारको प्रक्रिया अगष्ट ३१ सम्म जारी रहने बताएको छ । अहिले पनि विमानस्थलमा अफगानिस्तान छोड्न चाहनेको ठूलो भिड रहेको छ ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    ५ वर्ष नवीकरण नभए गण्डकी प्रदेशमामा गाडी नै जफत

    पोखरा । गण्डकी प्रदेशमा दर्ता भएर नवीकरण नै नभएका सवारी साधनको संख्या ३० हजार पुगेको...

    ५० हजार एकमुस्ट भूकम्प प्रभावितलाई दिन सकिँदैन : गृहमन्त्री श्रेष्ठ

    काठमाडौं । उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठको जाजरकोट र रुकुमपश्चिमका भूकम्प पीडितलाई अस्थायी आवास बनाउन...

    २२ गतेदेखि आठौं पर्वतीय महोत्वस, यसवर्ष ५ दिन मनाइने

    पोखरा । नेपाल पर्वतारोहण संघले बर्सेनि गर्दै आइरहेको पर्वतीय महोत्सव यस वर्ष ५ दिन हुने...

    यज्ञ सापकोटाको लयमा सुरज अगस्ती धुर्व रेग्मी लक्ष्मी खड्काको चिसो हावाले..

    सुमन ढकाल,काठमाण्डौ। चिसो हावाले’ बोलको गीत अकला देवी म्युजिकबाट युट्युबमा विश्वभर सार्वजनिक भएको छ ।...

    परिवारलाई थाहा नै नदिई दुई महिनाअघि मात्रै भिजिट भिसामा रुस पुगेका थिए राजकुमार

    काठमाडौँ | दोलखाको मेलुङ गाउँपालिका–६ सुनारपानीका राजकुमार रोक्का भिजिट भिसामा रुस पुगेको दुई महिना मात्रै...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं