SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७८/५/४ गते
    ५७३ &#२३४६;&#२३३५;&#२३२५;

    काठमाडौं । कोरोना बिमा गराएकाहरुमध्ये करिब एक लाख जना बिमितहरुले अझै बिमा बापतको रकम भुक्तानी पाउन सकेका छैनन् निर्जीवन बिमा कम्पनीका प्रमुख कार्यकारी अधिकृतहरुको संस्था नेपाल बिमक संघले बिमा समितिलाई पत्राचार नै गरेर भुक्तानी गर्न नसकिने बताएको छ । बिमा समितिका सूचना अधिकारी निर्मल अधिकारीका अनुसार कोरोना मापदण्डमा भए अनुसार सरकराले भुक्तानी दिनु पर्ने रकम नदिएको भन्दै संघले भुक्तानी रोक्ने लिखित पत्राचार नै गरेको हो । संघका अध्यक्ष दीप प्रकाश पाण्डे प्रमुख कार्यकारी अधिकृत रहेको शिखर इन्स्योरेन्सले समेत ठूलो परिमाणमा भुक्तानी दिन बाँकी रहेको छ । बिमा समितिका अनुसार १ लाख ३७ हजारले १३ अर्ब अर्बको दाबी पेश गरेका थिए । यसमध्ये ५० हजार हाराहारीले मात्रै भुक्तानी पाएको समितिले जनाएको छ । यसमा पनि बिमा कम्पनीहरुले एक रुपैयाँ पनि आफ्नो रकम लगानी गरेका छैनन् ।

    भुक्तानी भएको ३ अर्ब मध्ये २ अर्ब सर्वसाधारणहरुबाटै उठाएको रकम भुक्तान गरिएको छ भने बाँकी १ अर्ब रकम बिमा समितिले दिएको भुक्तानी भएको हो । सरकारले बाँकी रकम दिने भने पनि अहिलेसम्म उपलब्ध नगराएको गुनासो बिमा कम्पनी सञ्चालकहरुको छ । बिमक संघका अध्यक्षको गैरजिम्मेवारीका कारण बिमितहरुको भुक्तानी रोकिएको गुनासो एक बिमा कम्पनीका सीईओले गरेका छन् ।

    ‘हाम्रै संघको अध्यक्ष ज्यूले पनि अर्थमन्त्रालयमा कुरा गर्नुपर्ने हो । उहाँले वास्तै गर्नु भएको छैन । बिमा समिति पनि सकारात्मक छैन,’ उनले भने, ‘यो गतिविधिले बिमा क्षेत्रकै बद्नाम हुन लागेको छ, यसको जिम्मेवार बिमक संघ र बिमा समिति हो ।’ एक लाख र ५० हजार रुपैयाँको कोरोना बिमा २० वटा निर्जीवन बिमा कम्पनीहरुले ‘पुल’ माध्यमबाट गर्दै आएका छन् ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    सन्दर्भ: ग्रामीण पर्यटन सफा अनि सुन्दर मार्फा गाउँ

    “क्या राम्रो स्याउ बारी मार्फा गावैमा ” स्व.बसन्ती लालचनको यो लोकप्रिय गीतले म भित्र मार्फा...

    भूमे मैदान बहुउद्धेश्यीय सामूदायिक समूह घार्मीकाे शुभकामना आदान प्रदान

    रामप्रसाद पौडेल पोखरा। भूमे मैदान बहुउद्धेश्यीय सामूदायिक समूह घार्मीले नेपालीहरुकाे महान चाड दशै तिहारकाे उपलक्ष्यमा...

    पर्बत समाज अमेरिकाको छैठौं अधिवेशन सम्पन्न, अध्यक्षमा रविन शर्मा सर्वसम्मत निर्वाचित

    अमेरिका । पर्बत समाज अमेरिकाको छैठौं अधिवेशनले अध्यक्षमा रविन शर्मालाई दोश्रो कार्यकालका लागि सर्बसम्मत निर्वाचित...

    क्षेत्री समाजले कलश यात्रा र महाआरती गर्ने

    शिशिर उजाड पोखरा । क्षेत्री समाज नेपाल पोखरा १६ ले नवदुर्गाको सप्तमीका दिन कलश यात्रा...

    हङकङमा दीप साँझ, पोखरेली ब्याण्ड “ओपन सी” र मेलिना राईको प्रस्तुति रहने

    हङकङ। हङकङमा दीप साँझ, पोखरेली ब्याण्ड “ओपन सी” र मेलिना राईको प्रस्तुति रहने हङकङ– नेपालीहरुको महान...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं