SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०८१/१०/१८ गते
    १०९ &#२३४६;&#२३३५;&#२३२५;

    पर्वत । कुश्मामा जारी गण्डकी प्रदेश स्तरीय खेलकुद महोत्सवमा आज दुर्गेश थापाले आफ्नो प्रस्तुती दिने भएका छन् । पछिल्लो समय सामाजिक सञ्जाल टिकटकमा बहुचर्चित बनेको गीत दुश्मन हेरेको हेर्यै गीतका गायक तथा डान्सर दुर्गेश थापाले आफ्नो प्रस्तुती राख्ने भएका हुन् ।

    बालबालिका र युवा पुस्ताका वीचमा लोकप्रिय थापाले गाएका ‘डन आयो डन’, ‘हामी पनि नाच्नुपर्छ वीच वीच्चमा’ लगाएतका गीतहरु चर्चित गीत हुन् । गायक भन्दा बढि डान्सरको रुपमा परिचित थापासंगै रीता केसीले समेत आज आफ्नो प्रस्तुती राख्नेछिन् ।

    https://youtu.be/T1jxeQEuAcg?si=vhg1WbtX7QOGP2ui

    गण्डकी प्रदेश स्तरीय खेलाडीहरुको छनौट प्रयोजनका लागि आयोजना गरिएको खेलकुद महोत्सवको शुरुवाती दिन देखी नै विभिन्न कलाकारहरुले आफ्नो प्रस्तुती राख्दै आएका छन् । महोत्सवको चौथो दिन कलाकार थापाको प्रस्तुती रहने महोत्सव मुल आयोजक समितिका संयोजक हर्कमान गुरुङले जानकारी दिए ।

    जिल्ला खेलकुद विकास समितिले आयोजना गरेको महोत्सवमा सांस्कृतिक कार्यक्रमसंगै विभिन्न खेल प्रतियोगीताहरुको समेत सञ्चालन भईरहेको छ । विहिबार महोत्सवको रात्रीकालीन प्रहरमा ¥यापर टुकीले आफ्नो प्रस्तुती राखेका थिए ।

    माघ १५ देखि शुरु भएको महोत्सव आगामी २४ गतेसम्म चल्नेछ ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    महाशिवरात्रीको चहलपहल शुरु, पशुपतिमा साधु सन्तसहित भक्तजनको भीड

    काठमाडौं । पशुपति क्षेत्रमा महाशिवरात्रीको चहलपहल शुरु भएको छ । पशुपति क्षेत्रमा साधु सन्तसहित भक्तजनहरुको...

    म्याग्दीको मङ्गला र बागलुङको ताराखोला जोड्ने सडक १५ वर्षपछि स्तरोन्नति

    म्याग्दी । म्याग्दीको मङ्गला र बागलुङको ताराखोला गाउँपालिका जोड्ने पखेर–बरङ्जा–महेश–धापुङ–ताराखोला सडक मार्ग खुलेको १५ वर्षपछि...

    ४ महिनामा महाशिला गाउँपालिका बाट ८५ लाख बराबरको तरकारी विक्री

    पर्वत । महाशिला गाउँपालिका बाट ४ महिनामा ८५ लाख बराबरको तरकारी विक्री र्वतको महाशिला गाउँपालिका...

    दरगाउँटारका १०० महिलाको पाठेघरको मुखको क्यान्सर परिक्षण

    पोखरा । रोटरी क्लब अफ पोखरा न्युरोड, रोटरी क्लब अफ नक्साल शक्ति र रोटरी क्लब...

    पोखरा ३१ द्वारा कृषकहरुलाई लहरे बालीको बीउ बितरण

    पोखरा ।पोखरा महानगरपालिका वडा नम्बर ३१ को कार्यलयले कृषकहरुलाई लहरे बालीको बीउ बितरण गरेको छ...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं