SuchanaKendra

  • Radio Kushum


    सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०८१/८/२१ गते
    २४ &#२३४६;&#२३३५;&#२३२५;

    पर्वत । पर्वत जिल्लामा रहेको नमुना आवसिय मा.बि मा अध्यनरत कक्षा ४ देखि १२ सम्मका ६०० जना बिध्याथी भाई बहिनीहरुलाई व्याबहारिक सिप सिकाई अन्र्तगत खाना पर्व अभ्यास कार्यक्रम आज सम्पन्न भएको छ । बिध्याथीहरुले धेरै मोबाइल हेर्ने र बाबा आमालाई घरायासी काममा ध्यान दिदैनन भन्ने अभिभाबकको धेरै गुनासो आएकाले बालबालिकाहरुलाई ब्याबहारिक ज्ञान दिने उदेश्यले उक्त  कार्यक्रम आयोजना गरिएको बिध्यालयका प्राचार्य इन्द्रमान खत्रीले बताउनुभयो ।

    यस कार्यक्रममा बालबालिकाले आफै सामान किन्ने,आगोमा खाना बनाउने, समुहमा कसरी काम गर्ने, खर्च समायोजन कसरी गर्ने आदि काम सिकाउन,र आगामि दिनमा सामान्य जिवन यापन गर्न सहजहृने आशा राखेको बिध्यालयका अध्यक्ष याम प्रसाद शर्माले बताउनुभयो । र्अमादीको फाटमा ७५ वटा गुरुप बिभाजन गरि आगोमा बिभिन्न परिकार पकाएर प्रयोगात्मक अभ्यास गरेका थिए ।

    आजको खाना पर्व अभ्यास कार्यक्रममा बिध्याथीहरुले गरेको मे्हिनतको मुल्याड्कन गरि नम्बर समाबेस गरिने उपप्राचार्य खेमराज शर्माले जानकारी दिनुभयो । बिध्यार्थीहरुले गरेको काम देखेर एकदमै रमाईलो लागेको शिक्षक इन्चार्ज जलन खत्रीले बताउनुभयो । यस्तो प्रकारको कार्यक्रम अधिल्लो बष पनि सञ्चालनमा आएको थियो र अभिभाबक बाट निकै राम्रो प्रतिक्रिया आए पछि शैक्षिक भितेपात्रोमै कार्यक्रम समाबेश गरिएको लेखापाल प्रेम प्रसाद शर्माले बताउनुभयो ।

    उक्त कार्यक्रमको अनुगमनको लागि आउनुभएका शिक्षा समुन्वय इकाई प्रमुख मोतीलाल चापागाइले भिन्न तरिकाले विधार्थी भाई बहिनी हरूको बनभोज मनोरञ्जन सगै व्यावहारिक शिक्षा अति नै उत्कृष्ट रहेको बताउनु भयो ।  राम्रो अतिरिक्त कार्यक्रम ले धेरै कुरा बालबालिकाल् सिक्न सक्ने शिक्षक पारु सापकोटाले बताउनु भयो । उक्त कार्यक्रमा बिध्यालयका शिक्षक कर्मचारीको उपस्थीति रहेका थियो ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    कुश्मा नगरपालिकाकामा माघ २२ गतेदेखि दश वर्षदेखि १४ वर्षसम्मका किशोरीहरुलाई एचपिभि खोप लगाईने

    पर्वत । पर्वतको कुश्मा नगरपालिकाका एक हजार पाँच सय किशोरी अर्थात छात्रालाई पाठेघरको मुखको क्यान्सर...

    शिक्षकलाई निजामती कर्मचारी सरह बनाउनु पर्छः सभापति थापा

    शिशिर उजाड,पोखरा । संघीय शिक्षा,स्वास्थ्य तथा सूचना प्रविधि समितिले देशका विभिन्न भागमा पुगी संघीय शिक्षा...

    अन्नपूर्ण गाँउ पालिका वडा नं. २ मा काँग्रेसको अभियान

    पोखरा । कास्कीको अन्नपूर्ण गाँउ पालिका वडा नं. २ मा नेपाली काँग्रेसको एक सय दिने...

    पोखरामा भोलिबाट राष्ट्रिय औद्योगिक व्यापार मेला एवं आइटी महोत्सव

    पोखरा । पोखराको नयाँबजारमा रहेको प्रदर्शनी केन्द्रमा भोलिबाट राष्ट्रिय औद्योगिक व्यापार मेला एवं आइटी महोत्सव...

    पोखरामा कांग्रेसको महानगरका प्रमुख, उपप्रमुख र प्रशासकीय अधिकृतको कार्यकक्षमा तालाबन्दी

    काठमाडौं। नेपाली कांग्रेस कास्कीले पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य, उपप्रमुख मञ्जुदेवी गुरुङ र प्रमुख प्रशासकीय...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं