SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०८१/७/२९ गते
    २८ &#२३४६;&#२३३५;&#२३२५;

    पोखरा । हाइकर्स क्लब नेपालको आयोजनामा शनिबार गरिएको हाइकिङको ५२ औं श्रृङ्खला पोखरा १३ बयरघारी देखि पोखरा २० मोहोरियासम्म हाइकिङ गरेर सम्पन्न भएको छ ।हाइकिङ समुहलाई काफलडाँडा आमा समुहका अध्यक्ष पूर्ण कुमारी गुरुङ सहितको आमाहरुले फुलमालाले स्वागत गरेका थिए ।

    हरेक महिनाको अन्तिम शनिबार स्वास्थ्य र पर्यटनकोलागि हाइकिङ भन्ने मुल नाराका साथ विगत ६ वर्षदेखि नियमित हुदै आएको हाइकिङले ग्रामिण भेगको प्रचारप्रसारमा टेवापुगेको गण्डकी प्रदेश निति तथा योजना आयोगका सदस्य दिपक भण्डारीले वताए । साथै उनले पर्यटकीय स्थालहरुको प्रवद्र्धनमा हाइकर्स क्लबले राम्रो कार्यहरु गरिरहेकोले आफु पनि आजिवन सदस्य वनेको वताएका थिए ।

    हिमालय मावि तथा काफलडाँडा टोलविकास संस्थाका अध्यक्ष हरि प्रसाद गुरुङ, मौजा विकास कोषका अध्यक्ष जुम बहादुर गुरुङले हाईकर्स समुहको टोलीलाई आफ्नो गाउँमा स्वागत गर्न पाउँदा अत्यन्त खुशी लागेका वताउँदै आगामि दिनहरुमा पनि स्वागत गर्ने मौका दिन अनुरोध गरेका थिए ।

    हाइकिङमा पहिलो पटक सहभागी होटल व्यवसायी किरण शेरचनले ग्रामिण परिवेशको अध्ययन गर्दै मनोरञ्जनका लिन सकिने साथै स्वास्थ्य प्रतिपनि सचेत भइने वताए ।

    त्यसै गरी पहिलो पटक सहभागि शर्मिला शर्मा र सरिता शर्माले पनि पैदल हिड्दै नयाँ ठाउँ, नयाँ गाउँ घर घुम्नुको छुट्टै आनन्द आएको अनुभव सुनाउदै नियमित हाइकिङमा सहभागि हुने वताए ।

    सो अवसरमा क्लबका अध्यक्ष कृष्ण रानाभाट, उपाध्यक्ष ज्योति हमाल, सदस्यहरु तिलक थापा र पितम सेन, ६८ वर्षिय शुशिला रानाभाट, जुना गुरुङ, पुर्व प्रनानि पुष्प कमल श्रेष्ठ, विद्यार्थीहरु, व्यवसायी तथा पर्यटन व्यवसायीहरुको सहभागिता रहेको थियो ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    आज वसन्त श्रवण,देशभर विद्याकी देवी सरस्वतीको पूजा आराधना गरिँदै

    काठमाडौं । प्रत्येक वर्ष माघ शुक्ल पञ्चमीका दिन मनाइने वसन्त पञ्चमी पर्व विद्याकी अधिष्ठात्री देवी...

    पर्वतमा कांग्रेसको क्षेत्रीय सम्मेलन माघ २२ मा , थापाले सम्बोधन गर्ने

    पर्वत । आगामी माघ २२ गते पर्वतमा नेपाली कांग्रेस क्षेत्र न २ (ख) को प्रथम...

    डी मोर्चा ब्याण्डका भोकलिस्टले फरक क्षमता भएका फ्यान लाई ज्याकेट र चस्मा उपहार

    पर्वत ।डी मोर्चा ब्याण्ड को भोकलिस्ट भाष्कध्वज श्रेष्ठले फरक क्षमता भएका फ्यान लाई आफ्नो ज्याकेट...

    सांस्कृतिक विविधताको संरक्षण र विकास गर्नु हामी सबैकोे दायित्वः प्रदेश प्रमुख भट्ट

    पोखरा। गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले सांस्कृतिक विविधताको संरक्षण र विकास गर्नु सबैको दायित्व रहेको...

    पौडेलको अध्यक्षतामा खौलालाँकुरी काठमाण्डौ सम्पर्क समाज गठन

    दुर्गा प्रसाद शर्मा,काठमाण्डौ। पर्वतको कुस्मा नगरपालिका वडा नं १३ खौलालाँकुरीबाट काठमाण्डौमा आइ बसोबास गरेका खौलाबासीको...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं